२० अप्रिल, मलेसिया ।

मलेसियाली नागरिकको हत्या आरोपमा पक्राउ परेका एक नेपालीले यहाँको अदालतवाट न्याय पाएका छन् । सिन्धुपाल्चोकको किमे–९, गुम्थाङ घर भएका लालबहादुर तामाङ अदालतको आदेशपछि मृत्युदण्ड पाउनबाट जोगिएका हुन् ।

तामाङ मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

उनीमाथि ड्युटी समयमा मलेसियन नागरिक माथुभेलु ए गोविन्दनको हत्या गरेको आरोप थियो । यही आरोपमा १० नोभेम्बर २०१६ मा उनी पक्राउ परेका थिए ।तामाङ पक्राउ परेसँगै मृत्युदण्ड सजायको माग गर्दै पेनलकोर्टमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतमा मुद्दा परेसँगै मलेसियास्थित नेपाली दूतावासले झुठा मुद्दा लगाइएको भन्दै १४ जुन २०१६ मा अदालतमा निवेदन पेश गरेको थियो । मार्च ८ मा उच्च अदालत शाहआलमले उनी निर्दोष रहेको फैसला सुनाएको थियो ।

निर्दोष ठहरिएका लामा नेपाली राजदूतावासको पहलमा वैशाख ६ गते नेपाल फर्किएका छन ।

अठार जनाको एकै दिन उद्धार

उता, वुधवार नै नेपाली राजदूतावास मलेसियाले अवैधानिक अवस्थामा पक्राउ परी डिटेन्सन सेन्टरमा रहेका १८ नेपालीको उद्दार गरेको छ । वुकित जलिल क्याम्पमा रहेका उनीहरुलाई उद्धार गरिएको हो ।

केही दिन अगाडि मात्रै नुवाकोटका विफ लामा, सिन्धुलीका लिला भोलन, भोजपुरका जयकुमार खवास, झापाका पदमवहादुर तामाङ, धनकुटाका धिरेन्द्र याक्खा, तनहुँका कमलवहादुर भुजेललाई पनि उद्धार गरी नेपाल पठाइएको थियो ।

नेपाल सरकारबाट उपलब्ध बजेटबाट हवाई टिकट खरिद गरेर नेपाल पठाइएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

16.49¡ÆC