अलविदा ! प्रकाश दाहाल

मंसिर ३, २०७४ मा प्रकाशित
Published at 2017-11-19

13021 views

पढ्ने लेख्ने उमेरमा उनी बन्दूक बोकेर बुबालाई साथ दिन हिँडे । शान्ति प्रक्रियामा आएपछि निरन्तर कहिले प्रचण्डको ड्राइभर त कहिले स्वकीय सचिवको भूमिकामा उनी क्रियाशील रहे । जनसम्पर्क स्थापित गर्ने खुबी भएका प्रकाश कुनै न कुनै रुपमा चर्चामै रहे । मानवीय स्वाभावका कारण हुने कतिपय कमजोरी बाहेक आम रुपमा प्रकाशले कसैलाई खराबी गरेनन् । राजा र ठूला नेताका सन्तानका गतिविधिप्रति अवश्य पनि दुनियाँको नजर परेको हुन्छ । त्यसक्रममा उनी कतिपय सन्दर्भमा विवादमा पनि परे । तर, पछिल्लो समय उनले आफ्ना कमजोरी आफैं सच्याउँदै आफूलाई रुपान्तरण गरेको कुरा हामीसँग पनि बताउँथे । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनले जसरी सचिवालय व्यवस्थापन, जनसम्पर्क र मिडिया परिचालनको भूमिका निर्वाह गरे, प्रचण्डको सफलतामा प्रकाशको मुख्य भूमिका थियो । प्रकाश परिपक्व बन्दै थिए । तर, मृत्यु निकै कठोर बन्यो, उसले शनिवार मध्यरातमा प्रकाश दाहाल उर्फ साकारलाई हामीबाट सधैंका लागि खोसेर लग्यो । उनी कहिल्यै नफर्किने गरी अनन्त यात्रामा लीन भइसकेका छन् । अलविदा प्रकाश दाहाल १ हामी सम्झिरहनेछौं तिमीलाई । तिम्रा दुई छोराहरुले अब प्रचण्ड परिवारलाई तिम्रो न्यास्रो मेटाउन् । अकल्पनीय शोकको यो घडीमा प्रचण्ड परिवारप्रति हार्दिक समवेदना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.