North Korea ‘will test missiles weekly’, senior official tells BBC

North Korea will continue to test missiles, a senior official has told the BBC in Pyongyang, despite international condemnation and growing military tensions with the US.

We'll be conducting more missile tests on a weekly, monthly and yearly basis," Vice-Foreign Minister Han Song-ryol told the BBC.

He said that an "all-out war" would result if the US took military action.

Earlier, US Vice-President Mike Pence warned North Korea not to test the US.

He said his country's "era of strategic patience" with North Korea was over. Mr Pence arrived in Seoul on Sunday hours after Pyongyang carried out a failed missile launch.

On Tuesday, while visiting Tokyo, he called the North Korea regime "the most ominous threat" to the region. He reiterated that while the US and allies would exert economic pressure, "all options are on the table" in dealing with Pyongyang.

Tensions have been escalating on the peninsula, with heated rhetoric from both North Korea and the US.

बिर्तामोड युनाइटेड झापा पाँचथर गोल्डकपमा बिजयी

पाँचथर ।

पाँचथरको सदरमुकाम फिदिममा जारी प्रथम पाँचथर गोल्ड कप फुटबल प्रचियोगिता अन्तरर्गत मंगलबार आज भएको खेलमा बिर्तामोड युनाइटेड झापाले मिसन युनाइटेड ताप्लेजुङलाई एक गोलका बिरुछ पाँचथरको भारी अन्तरले पराजित गदै बिर्तामोड युनाइटेड पहिलो चरणको अन्तिम खेलबाट क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

मंगलबार फिदिम माबिको खेल मैदानमा भएको सो खेलमा झापाका खेलाडी बिशाल राई बि ले ह्याट्रिक गरेका थिए भने सोही टिमका निशान खड्का र बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए ।

यता मिशन युनाइटेड ताप्लेजुङका खेलाडी मन्जित लिम्बुले टिमकै तर्फबाट एक गोल मात्र गरे । भोलिको बुधबारको खेल एपिएफ पुर्बाञ्चल र पथरी स्पोटिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने भएको छ ।

सो प्रतियोगिताको आयोजना पाँचथर क्लबले पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले गरेको हो ।

साझा पार्टीका किशोर थापासँगै विवेकशीलले रञ्जुलाई मेयर उमेद्वार बनायो

काठमाडौं ।

साझा पार्टीले सरकारी सेवामा स्वच्छ छवि बनाएका तथा शहरी बिकासको अनुभव हासिल गरेका पाका उमेद्वार किशारे थापालाई काठमाडौंको मेयर उमेद्वार घोषणा गरेसँगै विवेशील नेपालीले रञ्जु दर्शनालाई उमेद्वार बनाउने घोषणा गरेको छ ।

२१ बर्षीय युवा दर्शनालाई काठमाडौंको मेयरमा उठाउने भएको विवेकशील नेपालीले जनाएको छ ।

२०५२ सालमा काठमाडौँमा जन्मिएकी रन्जु स्नातक तह अध्ययनरत छिन् ।

केही बर्षदेखी विवेकशील पार्टीसँग आवद्ध रहेर काम गर्दै आएकी रन्जुको मेयर उमेद्वारसँगै  उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिने पार्टीले बताएको छ ।

काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्न र त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले उनलाई चयन गरिएको हो विवेकशील नेपाली दलले भनेको छ ।

साझा पार्टी र विवेकशील पार्टी बाहेक अन्य कुनैपनि राजनीतिक दलहरुले काठमाडौंमा अहिलेसम्म मेयरको उमेद्वार घोषणा गरेका छैनन् ।

काठमाडौंको मेयरमा पूर्व सचिव तथा बागमती सरसफाई अभियन्ता किशोर थापाको उमेदवारी

पढाई हुने समयमा भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं ।

सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा धेरै शिक्षण संस्थाहरु रहेको भन्दै सो क्षेत्रमा अध्ययन अवरोध हुनेगरि भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले राजनीतिक दल, तीनका भ्रातृ संगठनले सभा सम्मेलन लगायतका कार्यक्रम गर्दा ध्वनी प्रदुषण, ट्राफिक अस्तव्यस्त भई आवतजावत र पढाई प्रभावित भएको भन्दै यस्तो आदेश दिएको हो ।

नेपाल ल क्याम्पसका विद्यार्थीले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले शिक्षण संस्थाहरु सञ्चालन अवधिमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले प्रदर्शनीमार्गमा रहेका शिक्षण संस्था संचालन अवधिभर कुनै पनि दल, तीनका भ्रातृ संगठन, अन्य संघ संस्थालाई पठनपाठनमा अवरोध पुग्ने गरी कुनै कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

साथै शिक्षण संस्था संचालन नभएको समयमा कार्यक्रम गर्दा समेत ध्वनी प्रदुषण हुने साधन प्रयोग गर्न नदिन भनेको छ ।

भारतका ९ हजार करोडका ठगी उद्योगी माल्या लण्डनमा पक्राउ

काठमाडौं ।

भारतीय बैंकहरुबाट लिएको ९ हजार करोड भारु डुबाएर लण्डनमा बस्दै आएका भारती उद्योगपती बिजय माल्या पक्राउ परेका छन् ।

उनलाई प्रत्यर्पण वारेन्टका आधारमा मंगलबार विहान लण्डनमा पक्राउ गरिएको बताइएको छ ।

भारतमा उनि बिरुद्ध विलफुल डिफल्टर घोषणा गरेर ९ हजार करोड ऋण नतिरेको बताइरहँदा उनी पक्राउ परेका छन् ।

धुर्मुस सुन्तली साँझको तयारी पुरा, मह जात्रा पछिको भव्य भन्दै अप्रिल ३०

जापान ।

हाँस्य कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सहित चर्चित गायक दिपक बज्राचार्य समेतको सहभागीतामा अप्रिल ३० तारिखमा राजधानी टोकियोमा हुन लागेको धुर्मस सुन्तली साँझको तयारी पूरा भएको छ ।

आयोजक सनराईज कर्पोरेशनले जानकारी दिए अनुसार हालसम्ममा ८ सय टिकट विक्रि भएको छ ।

आन्तरिक तयारी पूरा गरेर २८ तारिखसम्म मात्र टिकट विक्रि गरेर कार्यक्रम स्थलमा मात्रै बाँकी टिकट विक्रिको तयारी गरिरहेको आयोजकले कार्यक्रमको लागि सबै कलाकार नेपालबाट आउनको लागि व्यवस्था गरिसकेको जनाएको छ ।

यसैगरि २० वटा बढी टिकट लिने संघसंस्था र व्यक्तिलाई सह आयोजकमा राखिरहेको आयोजकले कम्तिमा १५ सय व्यक्तिको सहभागीताको लक्ष्य राखिएको बताएको छ ।

'यो मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन' आयोजक सनराईज कर्पोरेशनका प्रमूख रबिन्द्र गोर्खालीले भन्नुभयो-'समाज रुपान्तरण र सेवामा काम गरिरहेकाहरुलाई सहयोग गर्ने पूण्य अवसर पनि हो त्यसैले जापानमा रहनुभएका सबै नेपालीहरुको सहभागीता र सहयोग पाउने विश्वास गरेका छौं ।'

कार्यक्रम सफल पार्न टिकट तथा प्रचारमा सबैतिरबाट अपेक्षा गरे भन्दा राम्रो सहयोग पाइरहेको भन्दै प्रमुख श्रेष्ठले धुर्मुस सुन्तलीको सामाजिक अभियानमा सहयोग पनि सोही अनुसार अप्रिल ३० का दिन जुट्ने अपेक्षा गरेका छौं ।

यसैबिच आयोजक सनराईज कर्पोरेशनले ३० तारिखमा हुने ुधुर्मुस सुन्तली साँझ २०१७ु को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ ।

लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारेको छ । तर यो लक्की ड्र भने सिटि एक्सप्रेसले आफ्नो मनि टान्सफरबाट नेपाल पैसा पठाउनेहरुबाट गर्ने छ ।

साथै अप्रिल ३० मा सम्पन्न हुने धुर्मुस(सुन्तली साँझमा सहभागीहरुले टिकटको अर्धकट्टी लिएर आउनेले सिटी एक्सप्रेसबाट नेपालका शाखाहरुमा पैसा पठाउँदा सर्भिस चार्ज नलाग्ने सुविधा सिटी एक्सप्रेसले बताएको छ ।

नेपालमा भूकम्प पीडित तथा अन्य दुखि गरिवहरुलाई सहयोग गर्ने उदेश्यले अघि बढेको धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस(सुन्तली साँझ २०१७’ आयोजना गरिएको आयोजक कम्पनी सनराईज कर्पोरेसन लिमिटेडले जनाएको छ ।

धुर्मुस सुन्तली साँझका लागि कलाकार तथा कार्यक्रम संचालक दिनेश डिसी, पप गायक दिपक बज्राचार्य, हास्य कलाकार धुर्मुस, सुन्तली र बाङ्गे बाको विशेष प्रस्तुतीका लागि जापान आउँदै छन् । धुर्मुस सुन्तली सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर र धुर्मुस सुन्तली साँझ २०१७ कार्यक्रमका इभेन्ट स्पोन्सर समेत हुन् ।

राजधानी टोकियोको नाकानो स्थित नाकानो जिरो हलको १५ सय सिट क्षमताको हलमा हुन लागेको कार्यक्रम गत बर्ष भएको हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह साँझ जस्तै भव्य बनाउने तयारी भइरहेको आयोजकले बताएको छ ।

मैना सुनुवारको बलात्कार गरेर जिउँदै गाड्ने सेनालाई जन्मकैदको सजाय

बनेपा ।

सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।

काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको चारदिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा बलात्कार गरेर चरम यातना दिएर हत्या गरेको थियो ।

तीन खेल हारेरपनि पारसको धनगढी टिम प्लेअफमा पुग्न सफल

धनगढी ।

सुरुका तीन खेल हारेर पनि धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ । अंक तालिकाको पुछारमा रहेको धनगढीले प्रतियोगितामा अपराजित रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै अन्तिम चारमा नाम लेखाएको हो ।

रुपन्देही च्यालेन्जर्सले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । धनगढीका लागि कप्तान पारस खड्काले ४२ र पृथु बाँस्कोटाले नटआउट १५ रन बनाए । २१ बल खेलेका पारसले ७ चौका र २ छक्का प्रहार गरे । राजु रिजाल र अमर रौटेलाले १३/१३ रन बनाए । धनगढीका लागि साहब आलमले दुई तथा कृष्ण कार्की र दुर्गेश दत्तले एक एक विकेट लिए ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेको धनगढी र कप्तान पारस दुवैले सोमबार राम्रो प्रदर्शन गर्दै टिमलाई प्ले अफका लागि छनौट गर्न सफल भए । धनगढी प्लेअफमा छानिएसंगै ज्ञानेन्द्र मल्ल नेतृत्वको अत्तरिया र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक पहिलो चरणबाटै बाहिरिएका छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसका लागि प्रकाश केसीले ४९ र अन्तिम थापाले ११ रन बनाए । धनगढीका लागि ललित राजवंशीले चार तथा सौरभ खनाल र सुशन भारीले एक एक विकेट लिए ।

सोमबारको खेलसँगै प्लेअफको समिकरण पनि पूरा भएको छ । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्स, शरद भेषावकर नेतृत्वको विराटनगर किङ्गस् र बसन्त रेग्मी कप्तानीमा रहेको काठमाण्डौं गोल्डेन्स यसअघि नै प्रतियोगिताको प्ले अफका लागि छनौट भइसकेका छन् । प्लेअफका खेल बुधबारदेखि हुनेछन् ।

भारतद्धारा नेपालको अपमान । राष्ट्रपतिको स्वागत गर्न राज्यमन्त्री पठायो

नयाँ दिल्ली ।

भारतीय निम्तोमा राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्दै भारतले उसको राज्यमन्त्रीलाई लिन बिमानस्थल पठाएको छ ।

१० दिनअघि मात्र बंगलादेशी प्रधानमन्त्री भारत भ्रमणमा आउँदा आफैं लिन गएका प्रधानमन्त्री नरेन्द्र मोहीले नेपालको अपमान गर्दै राष्ट्रपति भण्डारीको स्वागत गर्न मन्त्रीपरिषदकै तल्लो तहको राज्यमन्त्री पठाएको हो ।

भारतीय राष्टपति प्रणव मुखर्जीको निमन्त्रणामा ५ दिने भारत भ्रमणमा आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत सरकारको तर्फबाट इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतको महिला तथा वालबालिका विकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि विमास्थलमा भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी लगायत उपस्थित थिए ।

यसअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपालको तर्फवाट उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एंव संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको थियो ।

भ्रमण षड्यन्त्रमूलक

राष्ट्रपतिको भ्रमण पूर्व निर्धारित हुन्छ र हुनुपर्छ । त्यसमा प्रक्रियागत रुपमा सबै कार्यक्रम निर्धारित गरिएका हुन्छन् । स्वागत कसले गर्ने देखी कतिबजे कहाँ जाने र भेट्ने अनि कसले भेट्न पाउनेसम्मको पनि ।

यसबारेमा भारतले नेपाल सरकारलाई पूर्व जानकारी गराएको हुनुपर्छ र होला । त्यस्तो अवस्थामा जानकारि पाएर पनि देशकै अपमान हुनेगरि राष्ट्रपतिलाई भारत भ्रमणमा पठाउनु पुष्पकमल दाहाल सरकारको योजना र षड्यन्त्र देखिन्छ ।

यस्तै राष्ट्रपतिको भ्रमणबारे सरकार मात्र होइन राष्ट्रपति कार्यालय देखी प्रमूख प्रतिपक्षिदल नेकपा एमालेले पनि जानकारी पाएको छ र हुनुपर्छ । त्यस्तो अवस्थामा उसले आफ्नै पार्टीबाट राष्ट्रपति बनेकी भण्डारीको भ्रमण लजास्पद हुनेगरि पठाउनु उसको पनि भारतप्रतिको दास प्रवृत्ति नै झल्केको देखिन्छ ।

यस्तो अवस्थामा एमालेले मुख नखोल्नु सरकारले प्रतिक्रिया नजनाउनु अनि परराष्टमन्त्री जस्तो व्यक्ति डा. प्रकाश शरण महत आफ्ना राष्ट्रपतिको बेइज्जतीपूर्ण ढंगले विमानस्थलमा स्वागत हुँदा मुस्काउनुले यसमा काँग्रेसी योजना र भारतीय दासतासँगै पुष्पकमल दाहाल सरकारको भारतीय लम्पसारवादी सोच प्रष्ट झल्किएको छ । जसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाएर एमालेले देशको शिर नुहाउने काम गरेको देखिन्छ ।

सरकारले यसको तत्काल प्रतिक्रिया नजनाएपनि सामाजिक सञ्जालमा यसको चर्को र व्यापक बिरोध सुरु भएको छ ।

एमालेबाट राष्ट्रपति बनेको भएपनि उनी नेपालको प्रमूख व्यक्ति भएको भन्दै भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाउँदै अपमान गरेको भन्दै राष्ट्रपति भण्डारीको भ्रमण स्थगित गरि नेपाल बोलाउनुपर्ने माग हुन थालेको छ । सँगै सरकारले देशकै अपमान हुनेगरि राष्ट्रपतिलाई भारत भ्रमणमा पठाएको भन्दै सरकारको समेत चर्को आलोचना सुरु भएको छ ।

क्यान्सरका बिरामीको उपचारका लागि पाँच लाख सहयोग गर्ने सरकारको तयारी

भक्तपुर,बैशाख ४ । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताए ।

सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल एक लाख दिँदै आएको छ । मन्त्री थापाले भने, “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पुर्याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छौं, मन्त्रालयले यसलाई स्वीकृत गर्यो भने यो सहयोग बिरामीले पाउनेछन् ।”

सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उनले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताए ।  “कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा सुविधालाई प्रभावकारी र सुदृढ गर्न काम गरिरहेका छौँ”, मन्त्री थापाले भने, “औषधि पनि सस्तो गर्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक सङ्कट उत्पन्न भइ गरिबी बढने अवस्था रोक्न सकिन्छ ।”

उपचारका लागि अब काठमाडौँ नै धाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले जिल्ला जिल्लाका अस्पतालको सेवा, सुविधा र गुणस्तरीयतामा वृद्धि गर्न लागेको बताउँदै उनले भने, “गङ्गालाल अस्पताल काठमाडौँमा छ तर गङ्गालालको सेवा भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दिने गरी सेवा सुरु गरेको छौं, जनकपुर अञ्चल अस्पतालबाट पनि यो सेवाका लागि प्रारम्भिक काम गरेका छौँ, क्यान्सर रोगको सेवा दिन गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगन्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छौं, पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छौं ।”

सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको छ भन्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्ने, बलियो बनाउने र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार रु पाँच लाखभन्दा कममै हुनसक्ने बताए ।  भक्तपुर क्यान्सर अस्पतालका लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कानुनसहितको प्रस्ताव आगामी ७ गते बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्री थापाले मन्त्रिपरिषद्ले यसलाई पारित गरेलगत्तै पूर्वाधारको विकासमा लाग्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य लागू हुने बताए ।  मन्त्री थापाले भने, “स्वास्थ्य बिमा लागू भएपछि प्रिमियम पनि तिर्न नसक्ने अतिविपन्न नागरिकको प्रिमियम सरकारले तिर्छ, बाँकी सबैले परिवारकै बिमा गर्नुपर्छ, त्यसपछि उपचारका लागि मलाई एक लाख, दुई लाख देउ भन्ने अवस्था आउँदैन, उपचार बिमाले गर्छ ।”

कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा चार करोड सहयोग पुर्याउने काठमाडौं बागबजार निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गरेका थिए ।

चार करोड ८० लाखको लागतमा निर्माण भएको भवनका लागि थप ८० लाख भने विभिन्न दाताबाट सङ्कलन गरिएको थियो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रकाशराज न्यौपानेले १५ शै्यया र १५ कर्मचारीबाट सुरु भएको यो अस्पताल अहिले १५० शै्ययामा विस्तार भएको र २०० कर्मचारीले एकवर्षमा ६० हजारसम्म बिरामीलाई सेवा दिँदै आएको बताए ।

अहिले पनि ४० प्रतिशत विपन्न बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालमा आवश्यक केही पूर्वाधारको विकास र उपकरणका लागि सरकारले सहयोग गरे क्यान्सरको सम्पूर्ण उपचार यहीबाट गर्न सकिने उनले बताए ।

अनुदान बृद्धि र प्रविधिमा सहयोग भए सरकारले तोकेको शुल्कभन्दा पनि कम शुल्कमा सेवा सकिने मेडिकल डाइरेक्टर न्यौपानेले दाबी गरे ।

रासस

कांग्रेसको टिकटमा जिल्ला सभापतिले हस्ताक्षर गर्न नपाउने,कसको चल्छ हस्ताक्षर (विवरण सहित)

काठमाडौं,बैशाख ४ । नेपाली कांग्रेसमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा टिकट वितरणको हस्ताक्षर अधिकार तोकिएको छ । नेपाली कांग्रेसको विधान प्रादेशिक संरचनाअनुसारको नभएको हुँदा कसले टिकट वितरण गर्ने भन्नेमा देखिएको विवाद मिलाउँदै उम्मेदवारहरू छान्ने काम सुरु भएको छ । नेपाली कांग्रेसको विधानमा गाउँ र नगर क्षेत्रको टिकट सम्बन्धित गाउँ या नगरको सिफारिसका आधारमा क्षेत्रीय समितिले दिने व्यवस्था छ ।

तर अहिले कतिपय नगरपालिका र गाउँपालिका नै दुईवटा क्षेत्रमा परेको, स्थानीय तह ठूलो भएको हुँदा पनि टिकट वितरण कसले गर्ने भन्नेमा विवाद देखिएको थियो । जिल्ला सभापतिहरुले टिकट वितरणमा हस्ताक्षर गर्न नपाउने भएपछि नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई पदाधिकारी सरहको अधिकार दिई टिकट वितरणमा खटाउने भएको छ । यसका लागि काँग्रेसले आफ्ना नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ ।

कुन जिल्लामा कसको चल्छ हस्ताक्षर

निर्वाचन आयोगमा काँग्रेसले बुझाएको विवरण अनुसार ताप्लेजुङमा डा. डिला संग्रौला, पाँचथरमा सुजाता परियार, इलाममा डा.मिनेन्द्र रिजाल, झापामा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा सरिता प्रसाई, भोजपुरमा विश्वप्रकाश शर्मा, धनकुटामा भीष्मराज आङदम्बे, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा केशवकुमार बुढाथोकी, खोटाङमा बलबहादुर केसी, ओखलढुंगामा गुरुराज घिमिरे, उदयपुमार आनन्द ढुंगाना, सप्तरीमा डा.शेखर कोइराला, सिराहामा महेन्द्र यादव, दोलखामा किरण यादव, रामेछापमा उमाकान्त चौधरी, सिन्धुलीमा रामकृष्ण यादव, धनुषामा चित्रलेखा यादव, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा विमलेन्द्र निधि, रसुवामा डा.प्रकाशशरण महत, धादिङमा डा. रामशरण महत र नुवाकोटमा प्रकाशमान सिंहले हस्ताक्षर गर्नेछन् ।

जिल्ला सभापतिहरुले टिकट वितरणमा हस्ताक्षर गर्न नपाउने भएपछि नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई पदाधिकारी सरहको अधिकार दिई टिकट वितरणमा खटाउने भएको छ ।

यसैगरी, काठमाडौंमा डा. शशांक कोइराला, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेत, काभ्रेमा मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, मकवानपुरमा अजयकुमार चौरसिया, रौतहटमा फरमुल्लाह मन्सुर, बारामा रमेश रिजाल, पर्सामा महालक्ष्मी उपाध्याय डिना, चितवनमा डा.प्रकाशशरण महत तोकिएका छन्।

त्यसैगरि गोरखामा मानबहादुर विश्वकर्मा, मनाङमा जीवनबहादुर परियार, लमजुङमा शंकर भण्डारी, कास्कीमा रामचन्द्र पौडेल, तनहुँमा कमला पन्त, स्याङ्जामा चीनकाजी श्रेष्ठ, गुल्मीमा पुष्पा भुसाल, पाल्पामा देवेन्द्रराज कँडेल, अर्घाखाँचीमा डा.नारायण खड्का, नवलपरासीमा सुरेन्द्र पाण्डे, रूपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण, मुस्ताङमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा रत्न शेरचन, बाग्लुङमा गोविन्द भट्टराई, पर्वतमा प्रदीप पौडेल, रुकुम र रोल्पामा हृदयराम थानी, प्युठानमा पार्वती डीसी चौधरी, सल्यानमा र जाजरकोट दीपक गिरी, दाङमा ईश्वरी न्यौपाने तोकिएका छन् ।

यसैगरि डोल्पा र मुगुमा जीवनबहादुर शाही, जुम्लामा लक्ष्मी परियार, कालीकोटमा गगनकुमार थापा, हुम्लामा बहादुरसिंङ लामा, दैलेखमा नवीन्द्रराज जोशी, सुर्खेतमा मिन विश्वकर्मा, बाँकेमा किशोरसिंह राठोर, बर्दियामा पूर्णबहादुर खड्का, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङमा वीरबहादुर बलायर, कैलाली र बैतडीमा एनपी साउद, दार्चुलामा बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरेले उम्मेदवारहरूको टिकटमा हस्ताक्षर गर्नेछन् ।

काठमाडौंमा फेरि भेटियो स्वाइनफ्लूका बिरामी,सचेत रहन चिकित्सकको सुझाव

काठमाडौं,बैशाख ४ । काठमाडौंमा फेरी स्वाइनफ्लूका बिरामी भेटिएका छन्। डेढ हप्ता अगाडि ज्वरो आउनका साथै छाती दुखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका ३० वर्षीय पुरुषमा परीक्षण गर्दा स्वाइनफ्लू भएको पुष्टि भएको हो ।

काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् । गत फागुनको पहिलो सातामा ज्वरो आएर अस्पताल पुगेका ५० वर्षका एक पुरुषमा स्वाइनफ्लूको भाइरस भएको पुष्टि भएको थियो ।

स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढिरहेको छ। अझ स्वाइनफ्लू हावाको माध्यमबाट छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले सचेत रहनुपर्छ।’

‘पहिले पहिले नेपालमा देखा परेको स्वाइन फ्लू क्यालिफोर्निया राज्यबाट आएको हुदाँ त्यसले त्यति हानी पुर्‍याएको थिएन’ उनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइन फ्लू नेपालमा समेत आएको हुन सक्ने हुदाँ यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’

के हो स्वाइनफ्लू रोग ?

स्वाइन फ्लू भाइरसबाट सर्ने सरुवा रोग हो । अहिले यो भाइरस संसारका करिब दुई सय देशमा फैलिसकेको छ । पहिला पहिला पनि देखा पर्ने गरेको भएपनि यो सन् २००९ मा मात्र विश्वव्यापी भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रुपमा सन् २०१० मा प्रमाणित गरेपछि यसको नाम एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो ।

भाइरसबाट सर्ने रोग भएकाले यसको प्रभावकारी उपचार र औषधी छैन । सुरुमा सुँगुरबाट फैलिएको हुनाले कतै कतै यसलाई सुँगुर ज्वरोसमेत भनिन्छ । चिकित्सकले यसलाई सामान्य रुघाखोकी बताउँदै आएका छन् । स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकी जस्तै सामान्य भएकाले आत्तिनुनपर्ने स्वास्थ्यकमीहरु बताउँछन । तर, आफू सर्तक भने रहनु पर्ने हुन्छ ।

विशेष गरी रुघाखोकीलाई ३ समूहमा बाँडिएको छ । समूह ए,समूह बी र समूह सी । यी समूह मध्ये ए र बी बढि संवेदनशील मानिन्छ ।रुघाखोकी अन्र्तगत समूह एमा अहिले नेपालमा २ वटा भाइरस सक्रिय छन् । एचवान एनवान र एचथ्री वानटू । यी भाइरस सधैं एकै क्षेत्रमा भने देखा पर्दैनन् । कहिले कुन ठाउँ कहिले कुन ठाउँमा सक्रिय हुने गरेका छन् ।

रुघाखोकीको अर्को समूह बी पनि संवेदनशील मानिन्छ । यसबाट कहिलेकाही प्रकोप नै देखा पर्न सक्छ । तर समयमै बिरामीको उपचार भएको अवस्थामा रोग निको हुन्छ । स्वास्थ्य संस्थामै यसको उपचार संभव भएको कारण यसबाट हुने मृत्युदर न्यून रहेको  हुन्छ  ।सी समूहको रुघाखोकी भने सामान्य मानिन्छ । यो सामान्यतया २/३ दिनमै निको हुने भएकाले चिकित्सकहरुले यसलाई समान्य मान्ने गरेका छन् ।

कसरी फैलिन्छ स्वाइन फ्लू ?

सुँगुरबाट मानिसमा सरेको हुँनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा भाइरस सर्ने संम्भावना बढि हुन्छ । हावाको माध्यमबाट पनि प्रभावित रोगी व्यक्तिबाट अर्को निरोगी व्यक्तिमा सर्न सक्छ । रोगीले खोक्दा, हाछ्युँ गर्दा किटाणु फैलिन्छ । साझा रुमाल, रेलिङ, रिमोर्ट, सवारीसाधनका समात्ने ठाउँहरुमा पनि भाइरस हुन सक्छन् जुन व्यक्तिको सम्र्पकमा आउँनाले सर्न सक्छ ।

यस्ता छन् यसका लक्षण

स्वाइन फ्लूका लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातारजसो हाछ्युँ आउँछ । शरिरमा कमजोरी, आलशयता, औषधी सेवन गरेपनि विरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरिरको कुनै कुनै अंगले काम नगर्नु र अन्त्यमा विरामीको मृत्युसमेत हुन सक्छ ।

अन्य साधारण रुघाखोकीका विरामीले ३/४ दिन आराम गरे निको हुने भएकाले आराम गरे मात्र पुग्छ । बालबालिका, बुढाबुढी र दिर्घरोगका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा संक्रमणको जोखिम बढी हुन्छ ।

स्वाइन फ्लूले विशेष गरी मुटु, कलेजो, मृगौला, छातीको रोग भएका, मधुमेह, एचआइभी एड्स रोग लागेका, बढी रक्सी पिउने, गर्भवती, बढि मोटोपना भएका विरामीलाई असर गर्ने चिकित्सकले बताएका छन् । यो रोग लाग्दैमा ज्यान जान्छ भन्ने होइन तर यस्ता विरामीले बढि सचेत बन्नुपर्छ ।

कुन सिजनमा सर्ने बढी सम्भावना हुन्छ ?

नेपालमा स्वाइन फ्लू दुई सिजन भदौ र असोज तथा फागुन चैतमा देखा पर्ने गरेको छ । अहिले मौसम परिर्वतनको समय भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । मौसम फेरबदल हुँदा मौसमी फ्लू अर्थात मौसमी इन्फ्लूएन्जा स्वाइन फ्लूको खतरा हुने गर्छ ।

जोखिममा हुने समूह

यो रोगले बच्चा, युवा, बूढाबूढी सबैलाई रुघाखोकीले सताउने गर्छ। युवाको रोगसँग लड्ने क्षमता बढी हुने भएकाले अर्थात् उनीहरूको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन। तर, यो रोग केही खास वर्गका व्यक्तिलाई भने बढी जोखिमका रूपमा लिने गरेको पाइन्छ। पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मुटु र मिर्गौलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ।

त्यसैगरी, मधुमेह भएका तथा एचआईभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ। यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जस्तोसुकै रोगले चाँडै समाउन सक्छ । यी समूहका मानिसले यो रोगमा हेलचेक्य्राइँ गरेमा मृत्युसमेत हुन सक्छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web