जापान ।

हाँस्य कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली सहित चर्चित गायक दिपक बज्राचार्य समेतको सहभागीतामा अप्रिल ३० तारिखमा राजधानी टोकियोमा हुन लागेको धुर्मस सुन्तली साँझको तयारी पूरा भएको छ ।

आयोजक सनराईज कर्पोरेशनले जानकारी दिए अनुसार हालसम्ममा ८ सय टिकट विक्रि भएको छ ।

आन्तरिक तयारी पूरा गरेर २८ तारिखसम्म मात्र टिकट विक्रि गरेर कार्यक्रम स्थलमा मात्रै बाँकी टिकट विक्रिको तयारी गरिरहेको आयोजकले कार्यक्रमको लागि सबै कलाकार नेपालबाट आउनको लागि व्यवस्था गरिसकेको जनाएको छ ।

यसैगरि २० वटा बढी टिकट लिने संघसंस्था र व्यक्तिलाई सह आयोजकमा राखिरहेको आयोजकले कम्तिमा १५ सय व्यक्तिको सहभागीताको लक्ष्य राखिएको बताएको छ ।

'यो मनोरञ्जनात्मक कार्यक्रम मात्र होइन' आयोजक सनराईज कर्पोरेशनका प्रमूख रबिन्द्र गोर्खालीले भन्नुभयो-'समाज रुपान्तरण र सेवामा काम गरिरहेकाहरुलाई सहयोग गर्ने पूण्य अवसर पनि हो त्यसैले जापानमा रहनुभएका सबै नेपालीहरुको सहभागीता र सहयोग पाउने विश्वास गरेका छौं ।'

कार्यक्रम सफल पार्न टिकट तथा प्रचारमा सबैतिरबाट अपेक्षा गरे भन्दा राम्रो सहयोग पाइरहेको भन्दै प्रमुख श्रेष्ठले धुर्मुस सुन्तलीको सामाजिक अभियानमा सहयोग पनि सोही अनुसार अप्रिल ३० का दिन जुट्ने अपेक्षा गरेका छौं ।

यसैबिच आयोजक सनराईज कर्पोरेशनले ३० तारिखमा हुने ुधुर्मुस सुन्तली साँझ २०१७ु को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ ।

लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारेको छ । तर यो लक्की ड्र भने सिटि एक्सप्रेसले आफ्नो मनि टान्सफरबाट नेपाल पैसा पठाउनेहरुबाट गर्ने छ ।

साथै अप्रिल ३० मा सम्पन्न हुने धुर्मुस(सुन्तली साँझमा सहभागीहरुले टिकटको अर्धकट्टी लिएर आउनेले सिटी एक्सप्रेसबाट नेपालका शाखाहरुमा पैसा पठाउँदा सर्भिस चार्ज नलाग्ने सुविधा सिटी एक्सप्रेसले बताएको छ ।

नेपालमा भूकम्प पीडित तथा अन्य दुखि गरिवहरुलाई सहयोग गर्ने उदेश्यले अघि बढेको धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस(सुन्तली साँझ २०१७’ आयोजना गरिएको आयोजक कम्पनी सनराईज कर्पोरेसन लिमिटेडले जनाएको छ ।

धुर्मुस सुन्तली साँझका लागि कलाकार तथा कार्यक्रम संचालक दिनेश डिसी, पप गायक दिपक बज्राचार्य, हास्य कलाकार धुर्मुस, सुन्तली र बाङ्गे बाको विशेष प्रस्तुतीका लागि जापान आउँदै छन् । धुर्मुस सुन्तली सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर र धुर्मुस सुन्तली साँझ २०१७ कार्यक्रमका इभेन्ट स्पोन्सर समेत हुन् ।

राजधानी टोकियोको नाकानो स्थित नाकानो जिरो हलको १५ सय सिट क्षमताको हलमा हुन लागेको कार्यक्रम गत बर्ष भएको हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह साँझ जस्तै भव्य बनाउने तयारी भइरहेको आयोजकले बताएको छ ।

22.58¡ÆC