धनगढी ।

सुरुका तीन खेल हारेर पनि धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको प्लेअफमा पुगेको छ । अंक तालिकाको पुछारमा रहेको धनगढीले प्रतियोगितामा अपराजित रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै अन्तिम चारमा नाम लेखाएको हो ।

रुपन्देही च्यालेन्जर्सले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । धनगढीका लागि कप्तान पारस खड्काले ४२ र पृथु बाँस्कोटाले नटआउट १५ रन बनाए । २१ बल खेलेका पारसले ७ चौका र २ छक्का प्रहार गरे । राजु रिजाल र अमर रौटेलाले १३/१३ रन बनाए । धनगढीका लागि साहब आलमले दुई तथा कृष्ण कार्की र दुर्गेश दत्तले एक एक विकेट लिए ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेको धनगढी र कप्तान पारस दुवैले सोमबार राम्रो प्रदर्शन गर्दै टिमलाई प्ले अफका लागि छनौट गर्न सफल भए । धनगढी प्लेअफमा छानिएसंगै ज्ञानेन्द्र मल्ल नेतृत्वको अत्तरिया र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक पहिलो चरणबाटै बाहिरिएका छन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसका लागि प्रकाश केसीले ४९ र अन्तिम थापाले ११ रन बनाए । धनगढीका लागि ललित राजवंशीले चार तथा सौरभ खनाल र सुशन भारीले एक एक विकेट लिए ।

सोमबारको खेलसँगै प्लेअफको समिकरण पनि पूरा भएको छ । शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्स, शरद भेषावकर नेतृत्वको विराटनगर किङ्गस् र बसन्त रेग्मी कप्तानीमा रहेको काठमाण्डौं गोल्डेन्स यसअघि नै प्रतियोगिताको प्ले अफका लागि छनौट भइसकेका छन् । प्लेअफका खेल बुधबारदेखि हुनेछन् ।

27.12¡ÆC