तेस्रो मुलुकबाट सामान ल्याउन भारतले बल्ल दियो बैकल्पिक रेल मार्ग

बैशाख ५, २०७४ मा प्रकाशित | 1383 views

बीरगञ्ज ।

नेपालमा तेस्रो मुलुकबाट आउने मालसामानका लागि भारतीय रेल्वेले बैकल्पिक रेल मार्ग संचालनमा ल्याएपछि यस प्रभाव नेपालको आयात निर्यात व्यापारमा परेको छ ।

बैकल्पिक रेल मार्गका कारण महिनौ देखि रेल्वे जाममा परेका नेपाली कन्टेनरहरु छिटोछरितो नेपालमा भित्रिन थालेपछि मासिक लाखौ डलरको बचत भएको व्यवसायिहरुले बताएका छन ।

नेपाली कार्गो बोकेर वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा आउने रेल सेवालाई विशेष प्राथमिकतामा राखेर बैकल्पिक रेल मार्ग प्रयोग गर्ने व्यवस्था भारतीय रेल्वेले मिलाएको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताउनु भयो ।

हाल कोलकताबाट बीरगंज आउने रेल्वे कन्टेनर ’रेल्वे ट्राफिकमा बढी जाम हुने रुटहरुमा बैकल्पिक मार्ग प्रयोग गरी आउने गरेको चौधरीले बताउनुभयो ।

बैकल्पिक रेल्वे मार्गको रुमा कोलकोता समस्तीपुर बीरगंजविचमा दुईवटा फरक रेल मार्गबाट हालै भारतीय रेल्वेले नेपाली कार्गो ओसार्न अनुमति दिएपछि  रेल्वे ट्राफिकमा नेपाली कार्गो नफस्ने र यसबाट बाटोमा लाग्ने समय बच्ने मात्र होइन डेमरेज, डिटेन्सनमा जाने पैसा पनि जोगिएको बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनु भयो ।

नेपालका लागि भारतीय रेल्वेले बैकल्पिक रेल मार्ग संचालनका लागि अनुमति दिएपछि अहिले बीरगंजमा रेल मार्फत कन्टेनर मगाउने क्रम बढेर गएको छ ।

गत चैत्र महिनामा मात्रै  बीरगंजमा कोलकोता बन्दरगाहबाट तेश्रो मुलुकबाट आयात गरिएका सामान बोकेका २ हजार ६ सय ४६ वटा कन्टेनर भित्रिने गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web