काठमाडौँ ।

पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरूको नाम घोषणा गरेको छ ।

‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ आँैं स्मृति दिवसका अवसर पारेर केन्द्रले ती सम्मान घोषणा गरेको हो ।

केन्द्रका सदस्य सचिव स्नेह साय्मिकाअनुसार ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेत्री शशि श्रेष्ठ र ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई गरिने निर्णय भएको छ ।

सबै सम्मानमा रु १५ हजार राशिको पुरस्कार रहेको छ ।

24.41¡ÆC