काठमाडौं ।

बलिउडका सुपरस्टार सलमान खानको फिल्म टाईगर जिन्दा है भारत सहित विश्वका विभिन्न देशमा प्रदशर्न भइरहँदा यो नेपालमा पनि प्रदर्शन भइरहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कारण नेपालमा विगत एक महिना यता राम्रा नेपाली र कुनैपनि बिदेशी चलचित्र नचलेका कारण यसले नेपालबाट राम्रो कमाइ भारत लैजाने देखिएको छ ।

यही समयमा नेपाली चलचित्र ब्याड व्वाई पनि प्रदर्शनमा छ । तर नेपाली चलचित्रले हल नपाउँदा भारतीय चलचित्र टाइगर जिन्दा है भने देशभर प्रदर्शन भइरहेको छ ।

त्यस्तै, नेपालि चलचित्र ‘ब्याड ब्वाई’ पनि एक्सन प्रधान चलचित्र हो । ‘ब्याड ब्वाई’लाई बरुण अधिकारिले नेर्देशन गरेका हुन् भने मनोज थापा र प्रकाश सिटौलाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

समाजमा रहेको विकृतिबारे र त्यसमा प्रेमकथा पनि मिश्रीत रहेको बताइएको ‘ब्याड ब्वाई’का लेखक माधव शर्मा हुन् । चलचित्रमा राजेश ढुङ्गाना, मनोज थापा, सुमित्रा श्रेष्ठ, हरिष दाहाल, रञ्जु सिलवाल, बिरेश दहाल, नानिकाजि ढंगोल, रोशनी घिमिरे लगायत कलाकारका अभिनय रहेको छ ।

प्रेम र एक्सनले भरिएको भनिएको फिल्म टाईगर जिन्दा है भने अहिले अनलाइनमा एचडिमै लिक हुन पुगेको छ ।
भारतीय र पाकिस्तानी नर्सहरुलाई बचाउनको लागि गरिएको मिसनमा आधारित फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् भने फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

‘टाइगर जिन्दा हे’ २०१२ मा रिलिज भएको सुपरहिट फिल्म ‘एक था टाइगर’को सिक्वेल हो ।

यहाँ हेर्नुहोस सित्तैमा टाइगर जिन्दा है

19.12¡ÆC