काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ३६.९९ अंकले घटेर अन्तिम दिन १४७२.१५ अंकमा पुगेको छ ।

यो साता स्टकको कारोबार रकम पनि गत साताको भन्दा ११.९२ प्रतिशतले घटेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १७७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २४६५५ कारोबारहरुबाट २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ व्यापार समूह बाहेकका अन्य सबै समूहको कारोबार घटेको छ ।

यो साता कारोबार रकमको आधारमा नेपाल दुरसंचार कम्पनी लिमिटेड, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

24.12¡ÆC