झापा । झापाको कन्काई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएको छ ।
वर्षेनी कन्काई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयबासी तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका छन् ।
शिवसतासीधाम–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनिमा ५ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माणको काम भइरहेको छ ।
कन्काईले वर्षेनी कैंयौं बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौं घर डुबान र बाढीले बगाउँदा मानवीय क्षति समेत हुने गरेको छ ।
19.12¡ÆC