कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादनमा कमी

पुस ८, २०७४ मा प्रकाशित | 981 views

Default News Image

स्याङ्जा । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ ।

चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ ।

पानीको बहाव घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले जानकारी दिनुभयो । ‘हिउँदमा प्रायःगरी उत्पादन घट्ने भए पनि यस पटक ५५ प्रतिशतभन्दा पनि बढी घटेको छ’ उहाँले भन्नुभयो, ‘वर्षायाम जस्तो फुल फेजको प्रोडक्सन भएको छैन ।’

पाण्डेले कालीगण्डकी मात्र नभई अन्य सहायक नदी र मूल सबैमा पानी घटेकाले असर परेको बताउनुभयो ।

उक्त आयोजनामा वर्षायाममा ३ वटै टर्बाइनबाट विद्युत् उत्पादन हुने र तर अहिले एउटा मात्र टर्बाइनबाट विद्युत् उत्पादन हुने गरेको छ । पानीको सतह कम हुँदा हिउँदमा २ टवाईन बन्द हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web