खोटाङका दश वटै स्थानीय तह सडक सञ्जालमा जोडिए

पुस ८, २०७४ मा प्रकाशित | 630 views

खोटाङ । खोटाङ जिल्लाका दशवटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन् ।

यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय ३ दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए ।

गत मंसीर ८ गतेदेखि दूधकोशीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पूल सञ्चालनमा आएपछि खोटाङ, राजधानी काठमाडौं लगायत अन्य जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।

मध्यपहाडी लोकमार्गमा गर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डमा अहिले कालोपत्रे गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web