स्थानीय निकाय सञ्चालनको कानुन नहुँदा अन्योल

महेन्द्रनगर ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको ७ महिना वितेपनि कानुनी अड्चनका कारण सोचे अनुरुप जनताको सेवा गर्न नपाएको स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन् ।

राज्य पुर्नसंरचना सहित स्थानीय तहलाई शक्तिहाली नीकायको रुपमा स्थापित गर्न संविधानले २२ वटा अधिकार दिएको भएपनि नितीगत रुपमा वाझिएका कारण काम गर्न समस्या भएको हो । स्थानीय तहलाई अधिकार प्रदान गरिएका २२ वटा अधिकार मध्ये शिक्षा, स्वास्थ्य, भुमि कर, वन, सम्बन्धी काम गर्न सवै भन्दा बढी झन्झट भएको छ ।

स्थानिय सरकारको अधिकार र जिम्मेवारी का सम्बन्धमा कञ्चनपुरको स्थानीय तहका प्रमुखले कानुनी अड्चनका कारण काम गर्न समस्या भएको बताएका हुन । भीमदत्तनगरपालीका प्रमुख सुरेन्द्र विष्टले कानुनको अभावमा संविधानले ब्यवस्था गरेका कतिपय अधिकारको उपयोग गर्दा विकासका काम गर्न स्थानिय तहलाई अप्ठेरो परेको बताउनुभयो ।

उहाले भुमिकर, वन र शिक्षा सम्बन्धी जटिलता बढी रहको बताउनुभयो स्थानीय तहको कानुनी जटिलताका कारण चुनौति बढ्दै गएको बताउनुभयो । उहाले संविधानले तोकेका २२ वटा अधिकार समेत नितीगत रुपमा वाझिएका कारण समस्याको भएको जानकारी दिनुभयो । प्रदेश सरकारले कानुन नबनाई सकेको अवस्थामा केहि कानुन थप्नुपर्ने तथा केहि कानुन परिवर्तन गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।

स्थानिय तहमा काम गर्न सवालमा वन र भुमि सम्बन्धी समस्या भजनी नगरपालिकामा बढी देखिएको माहाकाली नगरपालिका मेयर विर वहादुर सुनारले बताउनुभयो । उहाले सुकुम्बासी, भुमिहिनका कारण वन क्षेत्र बढी अतिक्रमण भईरहेका कारण कानुनी समस्याले यसमा काम गर्न चुनौत रहेको बताउनुभयो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले गाउँपालिका र नगरपालिका लाई २२ वटा अधिकार प्रदान गरेपनि प्रदेश र प्रदेश सभाका कानुन निर्माण हुन नसकेकाले काम गर्न समस्या भएको वरिष्ट अधिवत्ता थानेश्वर भट्टले बताउनुभयो । उहाले अहिलेको अवस्थामा निर्माण गरिएका कानुन लाई कार्यान्वयन गदै अगाडी बढ्नु पर्ने बताउनुभयो ।

शिक्षा, मालपोत, वन र स्वास्थ्य क्षेत्रका विज्ञहरु संग स्थानीय तहले समन्वयन काम गनु अहिलेको आवश्यकता रहेको उहाको भनाई छ । स्थानीय तहको अधिकार कार्यान्वयनमा तत्काल देखा परेका कानुनी अड्चनले समस्या पैदा गरेपछि ७ महिना सम्म विकास निर्माणले गति लिन सकेको छैन् ।

त्यसैले यसको समाधानका लागी ९ वटै स्थानीय तहका प्रमख र उप प्रमुखलाई अभिमुखिकरण गर्ने आवश्यक देखिन्छ ।

आज सबैभन्दा लामो रात-भोलीदेखि दिन बढने, सुदुरपश्चिम क्षेत्रमा पुषे १५ मनाईदै

कञ्चनपुर ।
आजको रात सवै भन्दा लामो हुने र भोली देखि रात घट्ने र दिन वढ्ने भएकाले जसले आजको रातभरी जाग्रम वस्न सक्छ उसको मनोकामना पुरा हुने धार्मीक विश्वासका अनुसार कञ्चनपुर लगाएत सुदुरपश्चिम क्षेत्रमा आज पुषे १५ मनाउने गरिन्छ ।
आज रातभरी गाउका मानिसहरु नजिकको मटमन्दिहरुमा भेला भै १५ हात लामो काठको मुडो वाली अगेटो वनाई भजनकृतन गर्ने,तरुल खाने र देविदेवताको गाथा गाएर रात काट्ने भोली पल्ट विहान नजिकको ईनार ,नदि र धारामा गएर नुहाएर आफ्नो कुल देवताको पुजा गर्ने गर्दछन ।
तर आज भोली पश्चात्य संस्कृतको सिको गर्दै युवायुवतहरु भेला भै नाच गाना गर्न गर्दछन ।

धादिङमा हेटौंडा जाँदै र काठमाडौं आउँदै गरेको सवारी जुध्दा सर्लाहीका रामबावुको निधन

धादिङ । पृथ्वी राजमार्गको अन्तरगत धादिङको जोगिमाराको तिक्रङ्ग खानी नजिकै भएको सवारी दुर्घटनामा परी एक जानको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सिराहा जिल्ला मिर्चैया निवारी –५३ वर्षीय रामबावु शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाईएको छ । दुर्घटनामा परि अन्दाजी–४० वर्षीय शोभादेवी शाह र राजकिरोर शाह गम्भिर घाईते भएका छन ।
काठमाण्डौबाट हेटौडातर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्वरको ट्याङ्कर र विपरित दिशाबाट आउदै गरेको बा १४ च ६६६८ नम्वरको हाईलक्स जिप एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुबै सवारीका चालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिईएको छ ।

तमु, ग्याल्पो, मन्जुश्री, सोनाम सहित अँग्रेजी नयाँ बर्ष पारेर कुर्दिस्तानमा साँस्कृतिक कार्यक्रम

कुर्दिस्तान ।

प्रबासी नेपाली एकता समाज कुर्दिस्तानको आयोजनामा नेपालीहरुको तमु, ग्याल्पो, मन्जुश्री, सोनाम सहित अँग्रेजी नयाँ बर्ष पारेर बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रबासी नेपाली एकता समाज कुर्दिस्तानको बैठकले आउँदै गरेको तमु ल्होछार, सोनाम ल्होछार र ग्याल्पो ल्होछार संयुत्त रुपमा यही आउदो २०७४ माघ ०५ गते शुक्रबार अर्थात जनवरीको १९ तारिख शुक्रबारको दिन कार्यक्रम गर्ने निर्णय गरेको समाजका अध्यक्ष नविन कुमार लामाले जानकारी दिनुभयो ।

कार्यक्रम यसअघि समेत गरिदै आएको होली नवरोज हलमा गरिने र कार्यक्रम बिहान १० बजेदेखी साँझ ७ बजेसम्म जारी रहेने लामाको भनाई छ ।

सांस्कृतिक कार्यक्रम केही साता अघि सुलेमानियामा मोटरसाईकल दुर्घटनामा मृत्यु हुनुभएका झापा जिल्लाका जितेन सुब्वाको नामले चिनिने जीत बहादुर लिम्बु र केही हप्ता अघि मात्र कुर्दिस्तान प्रान्तको क्षेत्र अधिकार भन्दा बाहिर अर्थात बग्दाद शहरमा घरायसी कामका सिलसिलामा घर मालिकबाट पिडादायि जीवन बिताएर असक्त्त भई नेपाल फर्किन सफल भई हाल धरानमा उपचारत भोजपुर निवासी शान्ता राई र नेपालबाट अनाथ बालबालिकाको निम्ति सहयोग अनुरोध भएकाले कार्यक्रममा सामाजिक कामको लागि उठने सहयोग रकम सम्वन्धित व्यक्ति, परिवार र संस्थालाई वितरण गरिने लक्ष्य राखिएको लामाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

सामाजिक सहयोग सँगै नेपालीहरुबिच हुन लागेको भेटघाट र सांस्कृतिक कार्यक्रममा कुर्दिस्तान र वरपर रहनुभएका सबै नेपालीमा उपस्थितिको लागि अनुरोध गर्दै प्रबासी नेपाली एकता समाजले यसअघि जस्तै संस्थाको आयोजनामा हुन लागेको कार्यक्रम भव्य र सभ्य रुपमा सफल हुने अपेक्षा गरेको जानकारी दिएको छ ।

शेरबहादुर देउवाले अध्यादेश देखाएर सत्ता नछाडने भएपछि एमाले पछि हट्यो

काठमाडौं ।
एमाले चुनावमा सर्वाधिक ठूलो पार्टी बने पनि उसलाई अध्यादेश अड्काउन राष्ट्रपति उक्साउँदै आएको आरोप लागेको थियो। देउवाले अध्यादेशलाई बहाना बनाएर सत्ता लम्ब्याउने खतरा बढेको निष्कर्ष निकाल्दै एमाले स्थायी समिति बैठकमा नेताहरूले अब विकल्प खोज्नुपर्ने बताएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

माओवादी अध्यक्ष दाहालले पनि अध्यादेशका नाममा गतिरोध लम्ब्याउँदा बाहिर सन्देश राम्रो नजाने भन्दै ओलीलाई सम्झाएपछि उनले अडान छाड्ने संकेत दिएका थिए। राष्ट्रपतिले एमाले नेता नेम्बाङसँग शुक्रबार बिहान शीतल निवासमा भेट्दै आफूले अध्यादेशको विवाद टुंग्याउन गरेका भेटघाटबारे जानकारी गराएकी थिइन्।

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाट हुनुपर्छ भन्दै अडान लिने एमाले एकाएक सहमतिनिकट पुग्नुको कारणबारे जिज्ञासा राख्दा स्रोत भन्छ, ‘देशको आवश्यकता वामपन्थी गठबन्धनको सरकार चाँडोभन्दा चाँडो बन्नु, अध्यादेशकै नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल रोक्नु, अध्यादेशको पक्षमा रहेको कांग्रेस बाहेकका संघीय फोरम र राजपासँग निकट हुनु हो। कांग्रेस, संघीय फोरम, राजपा अध्यादेशको पक्षमा थिए भने एमाले र माओवादी बहुमतीय प्रणालीका पक्षमा उभिँदै आएका थिए।

‘अध्यादेश जारी भयो। राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्यो। सरकार निर्माणसँग यसको सरोकार नरहेकाले अब चाँडोभन्दा चाँडो ताजा जनादेशअनुसार सरकार गठन हुनुपर्छ,’ एमले नेत सुवास नेम्वाङले भने, ‘राष्ट्रपतिलाई निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक मतपरिणाम बुझाउँदै सरकार निर्माण प्रक्रिया खोलिदिनुपर्छ।’

बुधबार एमाले अध्यक्ष केपी ओली र दाहालबीचको ‘वान् टु वान्’ वार्ता भएपछि बिहीबार बिहान दाहाल र राष्ट्रपतिबीच डेढ घण्टा लामो वार्ता भएको थियो । सोही साँझ बालकोटमा ओली र दाहालबीच फेरि वार्ता भयो। ओलीले दाहालसँग कुरा गरेपछि एमालेका नेता नेम्वाङसँग टेलिफोनमा परामर्श गरे।

त्यसपछि नेम्वाङले दाहाललाई टेलिफोन गरे। त्यसै दिउँसो एमाले स्थायी समितिको बैठक बस्यो । त्योसँगै माओवादी सचिवालयको बैठकमा दाहालले एमालेसँग अध्यादेशको अवरोध खुलाउनेबारे विस्तारमा कुराकानी भएको स्रोतको दाबी छ।

भ्रष्टाचार आरोपीत गणेश थापाद्धारा दाईलाई जिताउन नसकेपछि राप्रपा मकवानपुरबाट राजीनामा

काठमाडौं ।
अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्ष रहँदा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप खेप्दै आएका गणेश थापाले आफनै दाजु तथा पार्टी अध्यक्ष कमल थापालाई जिताउन नसकेपछि मकवानपुर राप्रपाबाट राजीनामा दिएका छन ।

प्रतिनिधिसभा सदस्यमा कमल थापा पराजित भएपछि राप्रपा मकवानपुर जिल्ला सभापतिबाट गणेश थापाले राजीनामा दिएको घोषणा गरेका छन् ।

कमल थापाका कान्छा भाइसमेत रहेका गणेश थापाले पार्टी अध्यक्षजस्तो राष्ट्रिय व्यक्ति मकवानपुरबाट चुनावमा पराजित हुनु जिल्लाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

सक्दो प्रयास गर्दा पनि अध्यक्षलाई चुनाव जिताउन नसकेकोमा आत्मग्लानी भएको भन्दै उनले हारको नैतिक जिम्मेबारी लिन तयार रहेको पनि उल्लेख गरेका छन् ।

पार्टीको जिम्मेबारीबाट राजीनामा दिएपछि पार्टी र कार्यकर्ताको संरक्षण तथा हकहितका लागि सदैव तयार रहेको थापाले बताएका छन् ।
उनले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक तथा मतदाताप्रति आभारी व्यक्त गरेका छन् ।

उनले आफ्नो राजीनामा र पार्टीको हारबाट बिचलित नभई संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्तामा आहृवानसमेत गरेका छन् ।

गणेश थापालाई यसअघि कमल थापाले समानुपातिक सुचिबाट नियुक्त गरेर सांसद समेत बनाएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधी यादवकी बुहारी माओवादी कोटामा सांसद

काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी नेकपा माओवादी केन्द्रको कोटाबाट समानुपातीक सांसदमा सिफारिस भएकी छिन ।

अयोधीकी बुहारी प्रमिलाकुमारी यादव नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यम हुन सफल भएकी छिन् ।

प्रमुख आयुक्त डा यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो ।

प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । आजको नागरिकमा खबर छ ।

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

ओलीको अडानका बिच प्रचण्डको अग्रसरतापछि यसरी जारी भयो अध्यादेश

काठमाडौं ।

एमालेले बहुमतीय बाटोबाट राष्ट्रियसभा चुनाव हुनुपर्ने भनी लिएको अडानबीच सरकारले भने एकल संक्रमणीय विधिबाट चुनाव गर्न अध्यादेश अघि बढाएको थियो। दुई दलबीच यो विवादले ‘इगो’ को रूप लिँदै गएपछि अघि सरे, माओवादी अध्यक्ष दाहाल। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बुधबार एमाले अध्यक्ष केपी ओली र दाहालबीचको ‘वान् टु वान्’ वार्ता भएपछि बिहीबार बिहान दाहाल र राष्ट्रपतिबीच डेढ घन्टा लामो वार्ता भएको थियो। सोही साँझ बालकोटमा ओली र दाहालबीच फेरि वार्ता भयो। ओलीले दाहालसँग कुरा गरेपछि एमालेका वरिष्ठ नेता सुवास नेम्बाङसँग टेलिफोनमार्फत परामर्श गरे। त्यसपछि नेम्बाङले दाहाललाई टेलिफोन गरे। त्यसै दिउँसो एमाले स्थायी समितिको बैठक बस्यो। त्योसँगै माओवादी सचिवालयको बैठकमा दाहालले एमालेसँग अध्यादेशको अवरोध खुलाउनेबारे विस्तारमा कुराकानी भएको स्रोतले जानकारी दियो।

संघरप्रदेशको चुनाव परिणाम घोषणा भएको तीन साता बितिसक्दा पनि अध्यादेशको विवाद कायमै रहँदा अन्योल बढ्न सक्ने देखेपछि दाहाल अग्रसर भएका हुन्। अध्यादेश गठनका कारण नयाँ सरकार गठन र वाम एकतामै असर पर्ने देखेपछि उनी सहमति खोज्नका लागि हतारिएको माओवादी उच्च स्रोत बताउँछ। उनीनिकट एक नेताले भने, ‘गतिरोध तोड्न कसै न कसैले अग्रसरता गर्नै पर्ने थियो, दुई ठूला दलको नेतृत्व तयार नभएपछि अध्यक्ष अघि बढ्नुभएको हो।’

एमाले चुनावमा सर्वाधिक ठूलो पार्टी बन्न सफल बने पनि उसलाई अध्यादेश अड्काउन राष्ट्रपति उक्साउँदै आएको आरोप लागेको थियो। देउवाले अध्यादेशलाई बहाना बनाएर सत्ता लम्ब्याउने खतरा बढेको निष्कर्ष निकाल्दै एमाले स्थायी समिति बैठकमा नेताहरूले अब विकल्प खोज्नुपर्ने बताएका थिए। माओवादी अध्यक्ष दाहालले पनि अध्यादेशका नाममा गतिरोध लम्ब्याउँदा बाहिर सन्देश राम्रो नजाने भन्दै ओलीलाई सम्झाएपछि उनले अडान छाड्ने संकेत दिएका थिए।

राष्ट्रपतिले एमाले नेता नेम्बाङसँग शुक्रबार बिहान शीतल निवासमा भेट्दै आफूले अध्यादेशको विवाद टुंग्याउन गरेका भेटघाटबारे जानकारी गराएकी थिइन्। राष्ट्रपतिका स्वकीय सचिव जिवत्स साहले भने, ‘राष्ट्रपतिले ठूला पार्टीसँग परामर्श गर्नुभयो र प्रधानमन्त्री देउवासँग एक घन्टा लामो विशेष परामर्शपछि अध्यादेश जारी गर्नुभयो।’

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाट हुनुपर्छ भन्दै अडान लिने एमाले एकाएक सहमतिनिकट पुग्नुको कारणबारे जिज्ञासा राख्दा स्रोत भन्छ, ‘देशको आवश्यकता वामपन्थी गठबन्धनको सरकार चाँडोभन्दा चाँडो बन्नु, अध्यादेशकै नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल रोक्नु, अध्यादेशको पक्षमा रहेको कांग्रेस बाहेकका संघीय फोरम र राजपासँग निकट हुनु हो। कांग्रेस, संघीय फोरम, राजपा अध्यादेशको पक्षमा थिए भने एमाले र माओवादी बहुमतीय प्रणालीका पक्षमा उभिँदै आएका थिए।

एमाले नेता नेम्बाङले अध्यादेशको विषय यसरी लम्बिनु, जटिल बन्दै जानमा सरकारको गैरजिम्मेवारी कारक रहेको बताए। उनले भने, ‘स्थानीय तहको मतगणना जारी भएपछि हतास भएर बहुमतीय प्रणालीबाट एकल संक्रमणीय प्रणालीमा जानु राम्रो भएन।’ सरकारले सहमतिका लागि लिनुपर्ने न्यूनतम अग्रसरताबाट समेत पछि हटेको भन्दै नेम्बाङले आलोचना गरे। ‘अध्यादेश जारी भयो। राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्यो। सरकार निर्माणसँग यसको सरोकार नरहेकाले अब चाँडोभन्दा चाँडो ताजा जनादेशअनुसार सरकार गठन हुनुपर्छ,’ नेम्बाङले भने, ‘राष्ट्रपतिलाई निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक मतपरिणाम बुझाउँदै सरकार निर्माण प्रक्रिया खोलिदिनुपर्छ।’

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अन्ततस् राष्ट्रपतिले अध्यादेश जारी गर्नु सरकार निर्माणका लागि बाटो खोल्नु रहेको जानकारी दिए। अध्यादेश संसद् बसेको एक महिनाबीच पारित गर्नुपर्ने र त्यसो गर्दा संशोधन गरे हुने कुरामा ठूलो विवादको औचित्य नरहेको महराले स्पष्ट गरे।

अब सुत्केरी पशुलाई पनि २५ सय भत्ता

सल्यान ।

महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। आजको राजधानीमा खबर छ ।

सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो।

पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका दरले प्रोत्साहन रकम वितरण गरेको हो। प्रोत्साहन रकम पाउनेमा शारदा नगरपालिका–२ का गोकर्णप्रसाद उपाध्याय, ३२ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशमप्रकाश शर्मा र ४ का नारायण गौतम छन्।

नगरका प्रमुख सुरेश अधिकारीले अन्य २० जनालाई पनि यही आर्थिक वर्षभित्र प्रोत्साहनवापत रकम वितरण गर्ने बताए। कृत्रिम गर्भाधान गराइएका पशुले दूध पनि धेरै दिने  र बाच्छाबाच्छी पनि उन्नत खालका निस्कने किसानहरूले बताए।

लामो समयदेखि पशुहरूमा कृत्रिम गर्भाधान गराउँदै आएका शारदा नगरपालिका –३ का बुद्धिराज विष्टले भने, ‘पहिलाको जस्तै स्याहारसुसार गरे पनि दूध उत्पादन बढ्ने भएकाले म त संधै कृत्रिम गर्भाधान नै गराउँछु।’ उनका अनुसार एकपटक कृत्रिम गर्भाधान गरेर जन्माएको बाच्छीमा फेरि कृत्रिम गर्भाधान गराए बिगासीजस्तै हुने रहेछ।

गुरुङ समुदायको तमु ल्होसारमा राष्ट्रपति देखी दलका नेता सम्मको शुभकामना

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तमू ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधता युक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज दिनुभएको सन्देशमा बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै अध्यक्ष ओलीले एक विज्ञप्ति जारी एकअर्काको चाडपर्वमा रमाइलो गर्नु, र ती चाडपर्वको विशेषता सबैले अंगीकार गर्नु नेपालीको मौलिकता र धार्मिक सहिष्णुता भएको बताउनुभयो ।

गुरुङ समुदाय नयाँ वर्ष अर्थात तमु ल्होसार मनाउँदै

काठमाडौं ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइने गरिन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तमू ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधता युक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज दिनुभएको सन्देशमा बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै अध्यक्ष ओलीले एक विज्ञप्ति जारी एकअर्काको चाडपर्वमा रमाइलो गर्नु, र ती चाडपर्वको विशेषता सबैले अंगीकार गर्नु नेपालीको मौलिकता र धार्मिक सहिष्णुता भएको बताउनुभयो ।

यि हुन माओवादी केन्द्रको प्रदेशसभाका ३५ सांसद (नामावली सहित)

काठमाडौं ।
नेकपा माओवादी केन्द्र०ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको छ ।

यस्तै प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदालाई चयन गरिएको छ । प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ ।

माओवादी केन्द्रका अनुसार प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी ९गुरुङ० दिलमाया रोका मगर ९गौतम० लाई चयन गरिएको छ । प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन ९गहतराज०, लौटी थारु, दीपा विक, सुष्मा यादव सिफारिश हुनुभएको छ ।

त्यसैगरी प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा पर्नुभएको छ । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल ९जोशी०, कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको छ ।
पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिश गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कूल ३५ जनामा पाँच जना मात्रै पुरुष सिफारिशमा परेका छन् । प्रदेश नं २ मा दुई र प्रदेश नं ३ मा तीन पुरुष सिफारिशमा परेका छन् । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।

निर्वाचन आयोगले आजसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो । सोही समयभित्रै आयोगलाई उम्मेदवारको नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web