कञ्चनपुर ।
आजको रात सवै भन्दा लामो हुने र भोली देखि रात घट्ने र दिन वढ्ने भएकाले जसले आजको रातभरी जाग्रम वस्न सक्छ उसको मनोकामना पुरा हुने धार्मीक विश्वासका अनुसार कञ्चनपुर लगाएत सुदुरपश्चिम क्षेत्रमा आज पुषे १५ मनाउने गरिन्छ ।
आज रातभरी गाउका मानिसहरु नजिकको मटमन्दिहरुमा भेला भै १५ हात लामो काठको मुडो वाली अगेटो वनाई भजनकृतन गर्ने,तरुल खाने र देविदेवताको गाथा गाएर रात काट्ने भोली पल्ट विहान नजिकको ईनार ,नदि र धारामा गएर नुहाएर आफ्नो कुल देवताको पुजा गर्ने गर्दछन ।
तर आज भोली पश्चात्य संस्कृतको सिको गर्दै युवायुवतहरु भेला भै नाच गाना गर्न गर्दछन ।
21.12¡ÆC