धादिङमा हेटौंडा जाँदै र काठमाडौं आउँदै गरेको सवारी जुध्दा सर्लाहीका रामबावुको निधन

पुस १५, २०७४ मा प्रकाशित | 2431 views

धादिङ । पृथ्वी राजमार्गको अन्तरगत धादिङको जोगिमाराको तिक्रङ्ग खानी नजिकै भएको सवारी दुर्घटनामा परी एक जानको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सिराहा जिल्ला मिर्चैया निवारी –५३ वर्षीय रामबावु शाह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाईएको छ । दुर्घटनामा परि अन्दाजी–४० वर्षीय शोभादेवी शाह र राजकिरोर शाह गम्भिर घाईते भएका छन ।
काठमाण्डौबाट हेटौडातर्फ जाँदै गरेको ना ६ ख ००९४ नम्वरको ट्याङ्कर र विपरित दिशाबाट आउदै गरेको बा १४ च ६६६८ नम्वरको हाईलक्स जिप एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुबै सवारीका चालकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web