सल्यान ।

महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। आजको राजधानीमा खबर छ ।

सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो।

पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका दरले प्रोत्साहन रकम वितरण गरेको हो। प्रोत्साहन रकम पाउनेमा शारदा नगरपालिका–२ का गोकर्णप्रसाद उपाध्याय, ३२ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशमप्रकाश शर्मा र ४ का नारायण गौतम छन्।

नगरका प्रमुख सुरेश अधिकारीले अन्य २० जनालाई पनि यही आर्थिक वर्षभित्र प्रोत्साहनवापत रकम वितरण गर्ने बताए। कृत्रिम गर्भाधान गराइएका पशुले दूध पनि धेरै दिने र बाच्छाबाच्छी पनि उन्नत खालका निस्कने किसानहरूले बताए।

लामो समयदेखि पशुहरूमा कृत्रिम गर्भाधान गराउँदै आएका शारदा नगरपालिका –३ का बुद्धिराज विष्टले भने, ‘पहिलाको जस्तै स्याहारसुसार गरे पनि दूध उत्पादन बढ्ने भएकाले म त संधै कृत्रिम गर्भाधान नै गराउँछु।’ उनका अनुसार एकपटक कृत्रिम गर्भाधान गरेर जन्माएको बाच्छीमा फेरि कृत्रिम गर्भाधान गराए बिगासीजस्तै हुने रहेछ।

18.12¡ÆC