काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तमू ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तमू ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधता युक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज दिनुभएको सन्देशमा बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै अध्यक्ष ओलीले एक विज्ञप्ति जारी एकअर्काको चाडपर्वमा रमाइलो गर्नु, र ती चाडपर्वको विशेषता सबैले अंगीकार गर्नु नेपालीको मौलिकता र धार्मिक सहिष्णुता भएको बताउनुभयो ।

19.12¡ÆC