काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी नेकपा माओवादी केन्द्रको कोटाबाट समानुपातीक सांसदमा सिफारिस भएकी छिन ।

अयोधीकी बुहारी प्रमिलाकुमारी यादव नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यम हुन सफल भएकी छिन् ।

प्रमुख आयुक्त डा यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो ।

प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । आजको नागरिकमा खबर छ ।

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

19.12¡ÆC