बामदेव गौतमले लेखेको ‘नव नेपाल निर्माण अभियान’ पुस्तक विमोचन

काठमाडौं ।
प्रमुख दलका शीर्ष नेताहरुले राजनीतिक स्थायीत्व र विकासको गतिलाई तीब्र रुपमा अघि बढाउनु अबको प्रमुख आवश्यकता भएको बताउनु भएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले लेख्नु भएको नव नेपाल निर्माण अभियान नामक पुस्तकको आज विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासमा धेरै पछि परेकोले नेपालले विश्वको विकासको गतिलाई समात्न पनि तीब्र गति आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकले शान्ति, सुशासन, आर्थिक विकास र सम्वृद्धिको योजना कार्यान्वयन गर्ने बेला आएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले जनताको चाहनाको रुपमा रहेको विकास र सम्वृद्धिलाई अगाडि बढाउने कार्य अब बन्ने सरकारको काँधमा आएको बताउनु भयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले उहाँले अब राजनीतिक विवाद थाती राख्दै संविधानको मर्म र भावना अनुरुप देशको विकास र जनताको सेवा गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा डा युवराज संगौला, डा मोदनाथ प्रश्रित, डा डिल्लीराज खनाल र डा सूर्यराज आचार्य लगायतका वक्ताहरुले पुस्तककले लामो समय देखिको नेपालको विकासको आवश्यकतालाई अघि बढाएको र पुस्तक वर्तमान सन्र्दभमा निकै उपयोगी र नयाँ दस्तावेजको रुपमा आएको बताउनु भयो ।

पुस्तकको उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका नेता रामचन्द्र पोडेल, माधव कुमार नेपाल लगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको यियो ।

अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीपमा नेपाललाई ऐतिहासिक सफलता

नयाँदिल्ली ।

भारतको राजधानी नँया दिल्लीमा सम्पन्न तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगितामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्य गरेको जापान गोजुरीयो कराते डो मिशन संघका २१ खेलाडीहरु सबैले पदक जित्न सफल भए ।

नेपाली टोलीले १६ स्वर्ण सहित ४ रजत र १ काश्य पदक जिती नेपाली टिम च्याम्पियन समेत हुन सफल भएको थियो ।

एपिएफ कप भलिबलको उपाधि पुरुष तर्फ सेनालाई, महिला तर्फ सशस्त्रलाई

काठमाडौं ।
पुरुष तर्पm नेपाली सेना र महिला तर्पm सशस्त्र प्रहरीको ए पि क्लबले ए पि यफ कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
पोखरामा शनिबार सम्पन्न पुरुष फाईनलमा नेपाली सेनाले सशस्त्र प्रहरीको ए पि क्लबलाई ३ सोझो सेटमा पराजित गरेको हाम्रा पोखरा समाचारदाता हेमराज बरालले जनाएका छन् ।
यसैगरि पोखरामा शनिबार नै सम्पन्न महिला फाईनलमा सशस्त्र प्रहरीको ए पि क्लबले मध्यमाञ्चलको भालिबल टोलीलाई ३ सोझो सेटमा पराजित गरेको थियो ।

औद्योगीक प्रदर्शनीमा जुत्ताको फेसन शो

काठमाडौं ।

राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ ।

सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमानै आयोजना गरिएको हो ।

सो अवसरमा मेलामा आएका हजारौ आगन्तुकहरुले अभिरुची पुर्वक फेसन शो अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यो प्रदर्शनी पौष १३ गते देखि शूरु भएको हो ।

प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ । हालसम्म प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गरिसकेका छन् ।

प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् ।

यसै सिलसिलामा मेलामा आज पुर्वमन्त्री तथा सांसद विष्णु पौडेल, पम्फा भुसाल, आनन्द पोखरेल, भानुभक्त ढकाल, एलपी साँवा लिम्बु लगायतको उपस्थीती रहेको थियो । त्यसै गरी काठमाडौ जील्लाका प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माका साथै नेपाल प्रहरीका पुर्व आईजीपी कुवेर सिंह रानाले समेत मेला अवलोकन गरेका छन् ।

यस मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ ।

यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला/पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । यो मेला पौष १८ गतेसम्म चल्नेछ ।

औषधि उत्पादकलाई सहुलियत दिने सरकारको तयारी

काठमाडौं– सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारको तयारी छ ।
स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयु तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । ‘नेपाली औषधि उत्पादकलाई सरकारले सहुलियत दिने भनिसकेको छ,’ औषधि व्यवसायी संघ बागमतीको साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘तर गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’
मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’
मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैया“का दरले दिने भनिएको जिविकोपार्जन भत्ता सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ उनले भने ।
नेपालमा करिव १८ हजार बिरामी मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने धारणा राखे । उनले भने, ‘औषधि सस्तो गर्न नारामात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’
औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउ“दै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।
औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने धारणा राखे ।

प्रचण्ड भन्छन-‘सरकार गठन अघि नै एकता’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताउनु भएको छ।
शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पछाडि फर्कने पुल भत्काइसकेका छौं। हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो। नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्गाउने प्रयास गरेका छौं, अब छिटै पार्टी एकता हुन्छ।”
“बाम गठबन्धनलाई जनताले अत्याधिक मतले जिताएका छन्। यो हाम्रा लागि अवसर मात्र होइन, चुनौति पनि हो” प्रचण्डले भन्नुभयो, “जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, अब पनि भ्रष्टाचार, अब पनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन। यो शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएको ठूलो मौका हो, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं।”
शनिबार दिउँसो नै एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको जनादेश बामपन्थीका लागि अग्निपरीक्षा भएको बताउनु भयो। प्रचण्डले भन्नुभयो, “जनताले हामीलाई विश्वास गरेका छन्। अबको बहस विकासको बहस हो, समृद्धिको बहस हो, विकास र समृद्धिमा गुणात्मक छलाङ् जरुरी छ, त्यसका लागि बामदेवजीको पुस्तकले महत्वपूर्ण प्रेरणा दिनेछ।”
“हामी सफल भए देशको विकासको नयाँ युगतिर जान्छ। ५० वर्षअघि हाम्रै हाराहारीमा रहेका सिङ्गापुर, कोरिया र मलेसिया आज विकासको नयाँ युगमा छन्” प्रचण्डले भन्नुभयो, “हामी पनि विकासको नयाँ युगमा प्रवेश गर्दैछौं। त्यसका लागि शान्ति, सुशासन र समृद्धिको बलियो संकल्प चाहिन्छ। अब हाम्रो सम्पूर्ण ध्यान त्यही दिशातिर केन्द्रित हुनुपर्छ।”

धनकुटालाई राजधानी बनाउन दलहरुलेनै आन्दोलन थाले

धनकुटा ।

मंसिर २९ गतेबाट संघर्ष समितिले धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउने गरेको आन्दोलनको नेतृत्व अब धनकुटाका राजनैतिक दलहरुले  गर्ने भएका छन् ।

स्थानिय तहको निर्वाचन,प्रदेश र प्रतिनीधि सभाको चुनावमा दलहरुको मुख्य एजेण्डा धनकुटालाई राजधानी बनाउने भएकोले आन्दोलनको नेतृत्व राजनैतिक दलहरुले गर्नुपर्ने माग आएपछि अबको आन्दोलन दलहरुले गर्ने भएका हुन् ।

संघर्ष समितिले शनिबार दल तथा सरोकारवालाहरु संगको बैठक तथा परामर्श पछि दलका जिल्ला प्रतिनीधिहरुले आन्दोलनको नेतृत्व लिएका हुन् ।

सर्बपछिय बसेको उक्त बैठकबाट नेकपा एमालेका तर्फबाट सचिव सुरेन्द्र पौडेल,नेपाली कांग्रेसका तर्फबाट जिल्ला सदस्य,बिष्णु पौडेल, नेकपा माओवादी केन्द्र का तर्फबाट सचिवालय सदस्य तिलक प्रसाद राई र संघिय समाजवादी फोरमका तर्फबाट नगर ईन्चार्ज सरोज आठपहरीयाले आन्दोलनको नेतृत्व लिएका छन् ।

सर्वपक्षिय बैठक पछि थप आन्दोलनको कार्यक्रम गर्न सहकार्य गर्नका लागि दलहरुले आपसि परामर्श गर्ने जानकारी दिएका छन् ।

बैठकले दलहरुले भोली आईतबार १२ बजे पछि धनकुटा बजार बन्द गरेर धनकुटा बजारमा जनप्रदर्शन गर्ने तथा दैनिक रुपमा चरणवद्ध आन्दोलन निर्णय गरेको छ ।

कार्यक्रममा यहि पौस १६ गते धनकुटाका जनप्रतिनीधिहरुको नेतृत्वमा काठमाण्डौंको माईतिघर मण्डला र १७ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम जानकारी दिईएको छ ।

राजधानी बनाउन धनकुटा उपयुक्त भएपनि यस बिषयमा गलत सूचना गएकोले धनकुटाले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जानकारी दिएको छ ।

पारसको विराटनगरले जित्यो ईपीएलको उपाधि

बिराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग ई पि एल को उपाधि हात पार्न सफल भएको छ ।

कीर्तिपुर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा शनिबार सम्पन्न फाईनलमा बिराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गरेको थियो ।

टस जित्दै पहिलो ब्याटिङ्ग गरेको बिराटनगर वारियर्सले २० ओभरमा ७ विकेटको क्षेतीमा १ सय ४९ रन बनाएको थियो ।
बिराटनगरका लागि अन्सुमन रथले सर्वाधिक ४१ रनको योगदान गरेका थिए ।

१० ओभर सम्म जित्ने बलियो सम्भावना देखिएको भैरहवा ग्ल्याडियटर्सले त्यस पछि लगातार विकेट गुमाउन पुग्दा हारको सामना गर्नु प¥यो ।
२० ओभरमा ९ विकेटको क्षेतीमा भैरहवा ग्ल्याडियटर्सले १ सय ४८ रन बनायो ।

बिराटनगर वारियर्सका लागि सवार्धिक तिन विकेट लिएका कप्तान पारस खड्का फाईनल खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

प्रथम हुँदै बिराटनगर वारियर्सले २१ लाख रुपैँया पुरस्कार प्राप्त गरेको थियो भने दोस्रो भएको भैरहवा ग्ल्याडियटर्सले ८ लाख रुपैँया पुरस्कार प्राप्त गरेको थियो ।

यस प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेएर भैरहवा ग्ल्याडियटर्सका रोहित कुमार पौडेल घोषित भएका थिए ।
यसैगरि प्रतियोगिताको प्लेएर अफ दि सिरिज बिराटनगर वारियर्सका बबर हायात घोषित भएका थिए ।

प्रतियोगितामा सार्वाधिक रन बनाएका बबर हायातलाई प्लेएर अफ दि सिरिजका लागि एउटा टिभियस आपाचे मोटरसाईकल पुरस्कार प्रदान गरिएको थियो ।

दुवईमा नेपाली युवाबिच ग्याङ फाइट

युएई ।
युएईको राजधानी दुवईमा अपरिचित नेपाली युवाहरुले एक नेपाली पत्रकारिमाथि सामुहिक आक्रमण गरेका छन ।

दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो ।

अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो ।

आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारी सहितको उजुरी दिएको पत्रकार बुढामगरले जानकारी दिनुभयो ।

लामो समय युएईमा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा लेखक बुढामगर यसै साता विदामा नेपाल फर्किंने तयारीमा हुनुहुन्थ्यो ।

शुक्रबार पार्क घुमेर नजिकै रहेको क्यारिफोरमा सामान किनेर फर्किंदै गर्दा उहाँमाथि आक्रमण भएको हो ।
शुक्रबार बेलुकी नै बरदुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट भएको छ ।

अघिल्लो हप्ता पनि त्यही ठाउँमा पत्रकारमाथि आक्रमण भएको थियो । पछिल्लो समय बरदुबईको सार्वजनिक ठाउँमा रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको छ ।

जाजरकोटमा ५० प्रतिशतले मह उत्पादन घट्दा किसान मर्कामा

जाजरकोट ।
विगत बर्षमा ४५ मेट्रीक टन बढी मह उत्पादन हुने जाजरकोटमा यो बर्ष भने आधाले घटेको छ । मह उत्पादन घटेपछि मौरीपालक किसान मर्कामा परेका छन् । त्रिबेणी नलगाड नगरपालिकाको डाडागाउ, लहँ, खगेनकोट र भेरी नगरपालिकाको पिपे, मैदे लगाएत क्षेत्रमा मह उत्पादन घटेको हो । उत्पादन घटे्पछि महको मुल्य पनि आकासिएको छ ।
गत बर्षको तुलनामा ५० प्रतिशतले मह उत्पादन घटेको त्रिबेणी नलगाड नगरपालिका १, कल्पतका मौरीपालक सेते बुढाले बताउनु भयो । गतबर्ष ७५ घार मौरीबाट ८ सय किलो मह उत्पादन गरेर ५ लाख आम्दानी भएकोमा यो बर्ष ४ सय किलो मात्र उतपादन भएको बुढाले बताउनु भयो । विभिन्न रोग लागेर मौरी मर्ने गरेको कारण यो बर्ष ३५ घार मात्र मौरी भएको उहाँले बताउनु भयो । मौरीमा रोग फैलिएर मह उत्पादन घटेपछि जाजरकोटका ३ सय बढी ब्यबशायिक मौरीपालक किसान मर्कामा परेका छन् । मह उत्पादनमा कमी आउनुको कारण रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नु लगाएत भएको बुढाले बताउनु भयो ।
बन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगाएत कारण मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्रीराम घिमिरेले बताउनु भयो ।
विगतमा प्रति किलोको ५ सय मुल्य पर्ने मह यो बर्ष ७ सय पुगेको छ । महको माग बढी छ, उत्पादन कम छ । मह उत्पादन घट्दा मुल्य बढेको हो ।

बर्दिबासका शिक्षक सैनिक विद्यालयको उत्कृष्ट शिक्षकबाट सम्मानित

बर्दिबास ।
महोत्तरीको बर्दिबासका शिक्षक गिरिराज भट्टराई(मधु) पोखरामा सैनिक आवसीय महाविद्यालयको उत्कृष्ट शिक्षकबाट सम्मानित हुनुभएको छ । पोखरा स्थित सैनिक आवासीय महाविद्यालय लेखनाथ— ११ पोखराको १३ औं वार्षिवकोत्सवको अवसरमा शिक्षक भट्टराई सम्मानित हुनुभएको हो ।
वार्षिवकोत्सवको अवसरमा शिक्षक भट्टराईले अभिभावकत्वको भुमिका निर्वाह गर्दै विद्यालयको छवि र प्रष्ठिता उच्च राख्नुका साथै उच्च जिम्मेवार भएर कार्य गरेको ठहर गर्दै उहाँलाई सैनिक महाविद्यालयले उत्कृष्ठ शिक्षक घोषणा गर्दै सम्मान गरेको थियो । कार्यक्रममा नेपाली सेनाको प्रदेश नम्बर —४ का पृतनापती देवेन्द्रबहादुर मेधासीले उत्कृष्ठ शिक्षाको प्रंशास गर्दै उक्तकृष्ट शिक्षकबाट सम्मानित गर्नुभएको थियो ।
सैनिक आवासीय महाविद्यालयमा २०६९ सालदेखी शिक्षक भट्टराई अग्रेजी बिषयको अध्यापन गराउँदै आउनुभएको छ ।

महोत्तरी मनहर्वा स्थित मुसहर बस्तीमा न्यानो लुगा र खाद्यान्न वितरण

महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिका ७ मनहर्वा स्थित मुसहर बस्तीमा न्यानो लुगा र खाद्यान्न वितरण गरिएको छ । शितलहरबाट प्रभावित मुसहर बस्तिमा न्यानो बाडिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौंले मनहर्वा मुसहर बस्तिका १ सय दुई परिवारलाई न्यानो लुगा र खाद्यन्न वितरण गरेको हो । चिकित्सालयले शुक्रबार करिब दश लाख रुपैया बराबरको खाद्यन्न र न्यानो कपडा वितरण गरेको थियो । तराईको कठ्याग्रिदो शितलहरबाट बच्न बस्तीका बालबालिका, महिला, पुरुष र वृद्धवृद्धालाई न्यानो हुने कबल, म्याट, ट्रयाकसुट वितरण गर्नुका साथै दन्तमन्जन, चालम जस्ता समाग्री वितरण गरको हुन् ।
आगोको साहारमा शितलहरमा रात काट्दै आएका मुहसर बस्तीमा न्यानो लुगा र खाद्यन्न वितरण भएपश्चात ६५ बर्षीय लकरी मुसहरले न्यानोले खुशी थपिदिएको बताउनुभयो । यस्तो शितलहरमा जाडोबाट बच्न न्यानो कपडा पाएकोमा आफूहरु एकदमै खुशी भएका बताउनुभयो । मुसहर बस्तिमा न्यानो राहत लिएर पुगेका छत्रपाटी निःशुल्क चिकित्सालयका व्यवस्थान समितिका अध्यक्ष बिजयबहादुर मालीले गरिब तथा विपन्न मुसरलाई सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभएको छ । पुस्तौंदेखी शितलहरको चपेटामा रहेका महोत्तरीको फुलकाँहा स्थित मनहर्वा मुसहर बस्तीका मुसहरले शुक्रबार न्यानो लुगाफाटा पाएका हुन् ।
महोत्तरीको फुलकाँहा स्थित मनहर्वा मुसहर बस्तीमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एक रात बाँस बस्नुभएको थियो । पाँच बर्ष अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मुसहर बस्तीकै सरबसीयाको घरमा बास बसेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web