दुवईमा नेपाली युवाबिच ग्याङ फाइट

पुस १५, २०७४ मा प्रकाशित | 1706 views

युएई ।
युएईको राजधानी दुवईमा अपरिचित नेपाली युवाहरुले एक नेपाली पत्रकारिमाथि सामुहिक आक्रमण गरेका छन ।

दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो ।

अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो ।

आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारी सहितको उजुरी दिएको पत्रकार बुढामगरले जानकारी दिनुभयो ।

लामो समय युएईमा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा लेखक बुढामगर यसै साता विदामा नेपाल फर्किंने तयारीमा हुनुहुन्थ्यो ।

शुक्रबार पार्क घुमेर नजिकै रहेको क्यारिफोरमा सामान किनेर फर्किंदै गर्दा उहाँमाथि आक्रमण भएको हो ।
शुक्रबार बेलुकी नै बरदुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट भएको छ ।

अघिल्लो हप्ता पनि त्यही ठाउँमा पत्रकारमाथि आक्रमण भएको थियो । पछिल्लो समय बरदुबईको सार्वजनिक ठाउँमा रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web