बामदेव गौतमले लेखेको ‘नव नेपाल निर्माण अभियान’ पुस्तक विमोचन

पुस १५, २०७४ मा प्रकाशित | 1165 views

काठमाडौं ।
प्रमुख दलका शीर्ष नेताहरुले राजनीतिक स्थायीत्व र विकासको गतिलाई तीब्र रुपमा अघि बढाउनु अबको प्रमुख आवश्यकता भएको बताउनु भएको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले लेख्नु भएको नव नेपाल निर्माण अभियान नामक पुस्तकको आज विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासमा धेरै पछि परेकोले नेपालले विश्वको विकासको गतिलाई समात्न पनि तीब्र गति आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकले शान्ति, सुशासन, आर्थिक विकास र सम्वृद्धिको योजना कार्यान्वयन गर्ने बेला आएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले जनताको चाहनाको रुपमा रहेको विकास र सम्वृद्धिलाई अगाडि बढाउने कार्य अब बन्ने सरकारको काँधमा आएको बताउनु भयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले उहाँले अब राजनीतिक विवाद थाती राख्दै संविधानको मर्म र भावना अनुरुप देशको विकास र जनताको सेवा गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा डा युवराज संगौला, डा मोदनाथ प्रश्रित, डा डिल्लीराज खनाल र डा सूर्यराज आचार्य लगायतका वक्ताहरुले पुस्तककले लामो समय देखिको नेपालको विकासको आवश्यकतालाई अघि बढाएको र पुस्तक वर्तमान सन्र्दभमा निकै उपयोगी र नयाँ दस्तावेजको रुपमा आएको बताउनु भयो ।

पुस्तकको उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका नेता रामचन्द्र पोडेल, माधव कुमार नेपाल लगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको यियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web