२६ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।
यसैगरी नेकपा एमालेको भात्री संगठन अखिल नेपाल किसान महासंघको छौठौ महासम्मलेलनको शुक्रवार काठमाण्डौमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले बहु संख्यक किसान जनताको सेवा तथा सुविधाका लागि सरकारले आगामी बजेट मार्फत विभिन्न कार्यक्रम ल्याउन लागेको पनि उल्लेख गर्नु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको पनि उल्ल्ेख गर्नु भयो ।
दुई दिन सम्म काठमाण्डौमा जारी रहने महासम्मैलनमा देशभरका विभिन्न जिल्लाका किसान प्रतिनिधिहरको सहभागिता रहेको सम्मेलनले महासंघको नयाँ नेर्तत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । टि-२० विश्वकपको शुरुवाती वेष्टईण्डिज टोलीमा नरहेका लेण्डल सिमन्सले भारत बिरुद्धको सेमीफाईनलमा बिष्फोटक ब्याटिङ गर्दै आफ्नो टोलीलाई फाईननलमा पुर्याएका छन्। ५१ बलमा ५ छक्का र ७ चौकाको मदतले ८२ रन बनाएका सिम्नसले १९३ को लक्ष्य पच्छयाउन वेष्टईण्डिजलाई मदत गरेका थिए।
भारतिय बलरहरुको अनुशासनहिन बलिङको फाईदा दुईपटक सिमन्सले पाएका थिए। ६.५ ओभरमा आश्विनले गरेको बलमा बाहिरी किनारा लागेर क्याच भएका थिए तर आश्विनको नोबल भएको थियो। त्यो समय सिमन्स १८ रनमा खेलिरहेका थिए। १४.५ ओभरमा हार्दिक पाण्डयाको बलमा सिमन्स फेरि क्याच भए र फेरि पनि उनलाई नोबलले बचायो, त्यती खेर सिमन्सले ५० रनमा थिए।
भारतिय बलरहरुले प्रतियोगितामा गरेको अनुशासित बलिङ सेमीफाईनलमा गरेका थिएनन्। फाष्ट बलरले नोबल गर्नु सामान्य मानिए पनि स्पिनरले नोबल गर्नु आफैमा अचम्म पर्ने कुरा हो। भारतिय बलिङ आक्रमणका प्रमुख बलर आश्विनले नोबल गरेका थिए।
अनिश्चितताले भरिएको खेल क्रिकेटमा ती दुई नोबल नभएका भए सायद परिणाम अर्कै आउन सक्थ्यो ।
सिमन्स वेष्टईण्डिजको प्रारम्भिक टोलीमा परेका थिएनन्। टोलीका अर्का बिष्फोटक ब्याट्सम्यान आन्द्रे फ्लेचर घाईते भएपछि टोलीमा बोलाईएका सिमन्स एकदिन अगाडीमात्र मुम्बई आईपुगेका थिए। मुम्बई ईन्डियन्सबाट आईपिएल खेल्ने सिमन्सकालागि उक्त पीच र मैदान घरेलु थियो। उनलाई आईपिएलको खेलहरुमा मुम्बईका दर्शकहरुले समर्थन गर्ने गरेका थिए तर वेष्टईण्डिजबाट खेलेर भारतलाई हराएका सिमन्सका कारण वानखेडे मैदान केही समय शान्त भएको थियो। वेष्टईण्डिजको जीत पछि केही समय शान्त रहे पनि मुम्बईका क्रिकेट प्रशंकहरुले वेष्टईण्डिजको तारिफ गरेका थिए।
वेष्टईन्डिजलाई जिताउने क्रममा सिमन्सले जेरेमी चार्लससँग ९७ रनको साझेदारी गरेकाथिए भने आन्द्रे रशेलसँग ६.३ ओभरमा ८० रनको साझेदारी गरेका थिए।
प्रारमभिक बिष्फोटक ब्याट्सम्यान क्रिस गेललाई दोस्रो ओभरमा गुमाएको वेष्टईन्डिजलाई सिमन्स-चार्लस-रसेलले जीतको बाटो देखाएका थिए।
भारतको हारमा रहाणे दोषी ?
टि-२० विश्वकपको सेमीफाईनलमा वेष्टईण्डिज बिरुद्धको हारलाई लिएर भारतमा निकै ठुलो टिका-टिप्पणी शुरु भएको छ। क्रिकेटलाई संस्कृतिको रुपमा आत्मसाथ गरिसकेको भारतमा हार पचाउन जहिले गाह्रो हुने गरेको छ।
आफ्नै मैदानमा हार खेप्नु त भारतकालागि मरेतुल्य हुने गरेको नै छ र जहिले हारका पछाडीका कारण खोज्ने हुनाले कोही न कोही बलिको बोको हुने गरेको छ।
सामाजिक संजाल फेसबुक र ट्विटरमा भारतियहरुको टिप्पणी हेर्दा अजन्के रहाणेलाई दोष दिईराखेका छन्। भारतिय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवनका ठाउँमा आएका रहाणेले वेष्टईण्डिज बिरुद्धको सेमीफाईनलमा ३५ बलमा बनाएको ४० रन धेरै नै थौरै भएको र त्यही कारणले भारतले राम्रो रन बानउन नसकेको आंकलन भारतीय समर्थकहरुले गरेका छन्। ४ खेलमा ४३ रन बनाएका धवनको ठाउँमा आएका रहानेले एकै खेलमा ४० रन बनाएका हुन्।
रहाणेका बारे धोनीले बोलेका छन्-'रहाणेलाई हारमा दोष दिन मिल्दैन्। उनलाई जुन भुमिका निभाउन भनिएको हो उक्त भुमिका उनले निभाएका छन्। रहाणे न कोहली हुन् न रोहित शर्मा जो आवश्यक्ता अनुसार छिटो-ढिलो खेल्न सकुन्'। धोनीले रहाणेको बचाउ गरे पनि सामाजिक संजालमा देखिएको प्रतिकृयाले हारको जिम्मेवार रहाने हुन् भनेर अधिकांश भारतिय समर्थक विश्वस्त भएको देख्न सकिन्छ।
– hamrakura.com
टोकियो,चैत १९ । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा ६ म्याग्निच्यूडमाथिको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ । भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।
मदन पाठक-२४ चैत, टोकियो ।
जापानकी शाही राजकुमारी र प्रधानमन्त्री पत्नीले यहाँ आयोजित एक प्रदर्शनीमा नेपाली स्टलको अवलोकन सहित नेपाली सामान खरिद गरेका छन् ।
४० औं एसिया प्यासेफिक फेस्टिभल र च्यारिटि बजार २०१६ नेपाली राजदूतावास जापानको पहलमा राखिएको स्टलमा जापानी शाही राजकुमारी हिताचीले रुची पूर्व अवलोकन गरेकी हुन् ।
सो अवसरमा राजकुमारी हिताचीले नेपाली सामानहरुबारे जानकारी लिंदै केही सामान समेत खरिद गरेकी थिइन् ।
नेपाल सहित २६ मुलुकको सहभागीता रहेको प्रदर्शनीमा नेपाली सामानहरुले दर्शकहरुलाई निकै आकर्षण गरेको देखिन्थ्यो ।
सोही कार्यक्रममा जापानी प्रधानमन्त्री सिन्जो आवे पत्नी अकि आवेको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री पत्नी आवेले पनि नेपाली स्टलको अवलोकन सहित रुची पूर्वक जानकारी लिएकी थिइन् । साथै उनले पनि नेपाली सामानहरु खरिद गरेकी छिन् ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सहित हजारौं जापानीहरुको सहभागीता रहेको कार्यक्रममा कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।
सो क्रममा राजदूत भण्डारीले शाही राजकुमारी तथा प्रधानमन्त्री पत्नि सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई स्टलमा राखिएका सामान सहित नेपालबारे विभिन्न जानकारी गराउनुभएको थियो ।

सो कार्यक्रममा स्विकृती भण्डारीले मिस नेपालको भूमिका निभाएकी थिइन् ।
यस्ता कार्यक्रमले नेपाली खाना एव. नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्न उपयुक्त एवं महत्वपूर्ण अवसर प्रदान गर्ने कार्यबाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको भनाई छ ।

प्रदर्शनीमा नेपालका हस्तकलाका सामान तथा खाना लगायत विभिन्न नेपाली उत्पादनहरु राखिएको थियो ।

काठमाडौं,बैशाख १ । २०७० साल फागुन १४ गते ऊर्जामन्त्रीमा नियुक्त हुने बित्तिकै राधा ज्ञवालीले नेपालीलाई आश्वासन दिइन् ‘तीन वर्षभित्र मुलुक लोडसेडिङमुक्त हुनेछ।’१९ महिने कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा उनले भनिन्,‘मलाई काम गर्न दिइएन।’
सुशील कोइरालापछि प्रधानमन्त्री बनेका केपी ओलीले तत्काल घोषणा गरे ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ।’ ओलीको यो भनाईलाई आंशिक साथ दिँदै उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने,‘प्रधानमन्त्रीज्यूले नै एक वर्षभित्रमा भनिसक्नु भएको छ, मैले पनि भन्नै पर्यो। होइन भने पद छाड्नुपर्यो।’
गत कात्तिकमा गठन भएको ओली सरकारले ६ महिना बिताउँदा भन्न थालेको छ,‘एक वर्षभित्र महसुुस हुने गरी, अर्को बर्ष २०७१ भित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य हुनेछ।’प्रधानमन्त्री र ऊर्जामन्त्रीले दिएको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो छ।
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ – ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार देश भित्रका र नेपाल-भारत अन्तर्देशीय प्रसारण लाइनमा गर्नैपर्ने सुदृढीकरण्ण नभए २०७३ सालमा पनि लोडसेडिङ दैनिक ११ घन्टा भन्दा बढी हुनेछ।
२१ चैत, एजेन्सी ।
बलिउड चर्चीत र विवादास्पद जोडी सलमा र कट्रिना फेरी एकपटक एकसाथ देखा पर्ने भएका छन् ।
यो जोडी एकसाथ स्कृन सेयर गर्दै गरेको खबरले बलिउड तातेको छ । भारतको एक प्रतिष्ठित दैनिक पत्रिकाले लेखेको समाचार अनुसार भेट्रान मेकर करण जोहरको अपकमिङ प्रोजेक्टको लागी सलमान र कट्रिना राजी भएका छन् ।
जुन विषयमा करणले दुबै जनासँग कुरा समेत गरिसकेको समाचारमा उल्लेख छ ।
पछिल्लो पटक फिल्म ‘एक था टाईगर’मा इकसाथ स्कृन सेयर गरेपछि यो जोडीको फिल्म आएको छैन् भने प्रेममा पनि छैन्न ।
सुशान्त सिंह राजपुतसमेत रहनेगरी बन्न लागेको अनटाईटल प्रोजेक्ट कहिले बन्छ त्यो भने सार्वजनिक गरिएको छैन् । जे होस, सलमान र कट्रिना एनः एकसाथ पर्दामा आउँदैगर्दा भने बलिउड गर्मिनेमा शंका छैन् ।
२१ चैत, काठमाडौं । केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवसा पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आयतबार आठ जिल्लाका आठ गाउँमा सार्वजनिक गरिदैँछ ।
सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् ।
अघिल्लो वर्ष बैशाख १२ गते भूकम्पपछि राहत वितरणका लागि गृह मन्त्रालयले वितरण गरेको परिचयपत्रप्रति अविश्वास जनाउँदै दाता र सरकारले तथ्यांक विभागमार्फत इन्जिनियर र सामाजिक परिचालक गाउँमा पठाएर पुनर्निमाणका लागि लगत संकलन गर्न लगाएका थिए ।
प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँमा भने आइतबार सूची सार्वजनिक गरिने छैन ।
प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।
अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।
त्यसपछि सम्वन्धित घरधनीले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ । त्यसपछि बैंक खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ जम्मा हुनेछ ।
एजेन्सी,चैत १७ । दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत भएको खेलमा ब्राजिल र पाराग्वेले २-२ गोलको बराबरी खेलेका छन्। पाराग्वेले आफ्नो घरेलु मैदानमा भएको भिडन्तमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनु परेको हो । खेलको ७९औं मिनेटसम्म दुई गोलले पछि परेको ब्राजिलले दुई गोल फर्काउँदै खेल बराबरी गर्दै लगभग गुमाईसकेको अंक बाँड्न सफल भएको हो। स्टार खेलाडी नेयमार र डेविड लुईज बिना मैदानमा ओर्लेको ब्राजिलकालागि यो खेल कठिन रहेको थियो।
डारियो लेजकानो र एडगर बेनिटेजले गोल गर्दै पाराग्वेलाई २ गोलको अग्रता दिलाएका थिए । ब्राजिलका रिकार्डो ओलिभेरीले ७९औ मिनेटमा गोल गर्दै २-१को स्थितीमा लेराएका थिए भने डेनी आल्भेसले अन्तिम मिनेटमा गोल गर्दै केल बराबरीमा पुर्याएका थिए।
यो जितसँगै ब्राजिल ६ खेलबाट ९ अंकसहित समूहको छैटौं स्थानमा रहेको छ । यो समूहमा समान ६ खेलबाट समान १३ अंकसहित उरुग्वे पहिलो र इक्वेडर दोस्रो तथा ११ अंकसहित अर्जेन्टिना तेस्रो र १० अंकसहित चिली चौथो स्थानमा छन् ।
काठमाडौं,चैत २० । । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्। लैनचौरस्थित भारतीय दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त विज्ञप्तिमा ‘मात्र नेपालको मन्त्रिपरिषदले पुसमा गरेको निर्णयलाई उल्लेख’ गरेको बताए। बेल्जियमको राजधानी ब्रसेल्समा १३ औँ इयु–भारत सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिको १७ नम्बर बुँदामा संविधानमा देखिएको विवादको समयसीमामा रहेर दिगो र समावेशी संवैधानिक समाचान खोज्न भन्दै नेपाललाई दबाब दिइएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले बिहीवार नै विज्ञप्ति जारी गर्दै इयु–भारतले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको वडापत्रको मूलय मान्यता उल्लघंन गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको थियो।
‘नेपाललाई यो विषय किन ठूलो लागिरहेको छ, त्यो मैले बुझ्न सकेको छैन, विज्ञप्तिमा त केबल नेपाल सरकारले गरेको निर्णयलाई पुनरार्वत्ति गरिएको मात्र हो,’राजदूत रेले पुस ७ गते मन्त्रिपरिषदले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्न गरेका निर्णय स्मरण गर्दै भने।
उनले थप स्पष्ट पारे,‘प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सबै असमझदारी हटेको बताइसक्नु भएको छ तर अचानक अहिले यो क्रोधित प्रतिक्रिया आएको छ। यसको कारण के हो? हामी एकदम चकित परेका छौं।’ नागरिक दैनिकमा समाचार छ।
काठमाडौं,चैत १९ । सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो । १४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।
अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् । संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।
१६ चैत, काठमाडौं ।
एक जापानी दम्पत्तीले नेपालमा विद्यालय निर्माण गरि हस्तान्तरण गरेका छन् ।
जापानी श्रीमान र श्रीमतीले झापाको विर्तामोडमा ५१ लाख रुपैयाँको लागतमा ४ कोठे विद्यालय भवन बनाएर हस्तान्तरण गरेका हुन् ।
झापा विर्तामोड ५ स्थित बुटटावारीमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई जापानी दम्पतीले झापाको विर्तामोडमा ५१लाख रुपैयाको ४ कोठे पक्की विद्यालय भवन बनाइ सहयोग गरेका हुन् ।
जापानका हाछेई होरोता र तोसुरो होरोताले गरिव तथा चिया वगानमा कार्यरत मजदुरका छोरा छोरी अध्ययनरत सरस्वती माध्यामिक विद्यालयलाई पक्की भवन सँगै फर्निचर, पाटी लगाएतका सवै पुर्वाधार सहितको भवन बनाएर सहयोग गरेका हुन् ।
जापानी नागरिक दाता हाछेई होरोता र तोसुरो होरोता विर्तामोडका स्थानियबासी सहित विद्यार्थी र अभिवावकले भव्य स्वागत गरेका थिए ।
झापामा संचालनमा आएको घनश्याम स्मृति प्रतिष्ठानको सहयोगमा यो हिरोता डिम् भवन निर्माण गरिएको बताइएको छ ।