संसदीय चुनाव गरेर मात्र सत्ता छाड्छु-प्रधानमन्त्री ओली

२६ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।

यसैगरी नेकपा एमालेको भात्री संगठन अखिल नेपाल किसान महासंघको छौठौ महासम्मलेलनको शुक्रवार काठमाण्डौमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले बहु संख्यक किसान जनताको सेवा तथा सुविधाका लागि सरकारले आगामी बजेट मार्फत विभिन्न कार्यक्रम ल्याउन लागेको पनि उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको पनि उल्ल्ेख गर्नु भयो ।

दुई दिन सम्म काठमाण्डौमा जारी रहने महासम्मैलनमा देशभरका विभिन्न जिल्लाका किसान प्रतिनिधिहरको सहभागिता रहेको सम्मेलनले महासंघको नयाँ नेर्तत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

TOP