१६ चैत, काठमाडौं ।
एक जापानी दम्पत्तीले नेपालमा विद्यालय निर्माण गरि हस्तान्तरण गरेका छन् ।
जापानी श्रीमान र श्रीमतीले झापाको विर्तामोडमा ५१ लाख रुपैयाँको लागतमा ४ कोठे विद्यालय भवन बनाएर हस्तान्तरण गरेका हुन् ।
झापा विर्तामोड ५ स्थित बुटटावारीमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई जापानी दम्पतीले झापाको विर्तामोडमा ५१लाख रुपैयाको ४ कोठे पक्की विद्यालय भवन बनाइ सहयोग गरेका हुन् ।
जापानका हाछेई होरोता र तोसुरो होरोताले गरिव तथा चिया वगानमा कार्यरत मजदुरका छोरा छोरी अध्ययनरत सरस्वती माध्यामिक विद्यालयलाई पक्की भवन सँगै फर्निचर, पाटी लगाएतका सवै पुर्वाधार सहितको भवन बनाएर सहयोग गरेका हुन् ।
जापानी नागरिक दाता हाछेई होरोता र तोसुरो होरोता विर्तामोडका स्थानियबासी सहित विद्यार्थी र अभिवावकले भव्य स्वागत गरेका थिए ।
झापामा संचालनमा आएको घनश्याम स्मृति प्रतिष्ठानको सहयोगमा यो हिरोता डिम् भवन निर्माण गरिएको बताइएको छ ।
19.67¡ÆC