जापानमा शक्तिशाली भूकम्प

बैशाख २१, २०७३ मा प्रकाशित | 936 views

टोकियो,चैत १९ ।  जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा  ६ म्याग्निच्यूडमाथिको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ । भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web