आश्वासनमा सिमित भयो लोडसेडिङ अन्त्यको कुरा

बैशाख २१, २०७३ मा प्रकाशित | 1311 views

Default News Image

काठमाडौं,बैशाख १ । २०७० साल फागुन १४ गते ऊर्जामन्त्रीमा नियुक्त हुने बित्तिकै राधा ज्ञवालीले नेपालीलाई आश्वासन दिइन् ‘तीन वर्षभित्र मुलुक लोडसेडिङमुक्त हुनेछ।’१९ महिने कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा उनले भनिन्,‘मलाई काम गर्न दिइएन।’ 
 
सुशील कोइरालापछि प्रधानमन्त्री बनेका केपी ओलीले तत्काल घोषणा गरे ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ।’ ओलीको यो भनाईलाई आंशिक साथ दिँदै उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने,‘प्रधानमन्त्रीज्यूले नै एक वर्षभित्रमा भनिसक्नु भएको छ, मैले पनि भन्नै पर्यो। होइन भने पद छाड्नुपर्यो।’
 
गत कात्तिकमा गठन भएको ओली सरकारले ६ महिना बिताउँदा भन्न थालेको छ,‘एक वर्षभित्र महसुुस हुने गरी, अर्को बर्ष २०७१ भित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य हुनेछ।’प्रधानमन्त्री र ऊर्जामन्त्रीले दिएको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो छ।
 
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ – ऊर्जा मन्त्रालयका  एक अधिकारीका अनुसार देश भित्रका र नेपाल-भारत अन्तर्देशीय प्रसारण लाइनमा गर्नैपर्ने सुदृढीकरण्ण नभए २०७३ सालमा पनि लोडसेडिङ दैनिक ११ घन्टा भन्दा बढी हुनेछ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web