विराटलाई तेल ल्याउन दिन खड्काको योजनामा फेरी इन्धन अभाव

काठमाडौं,चैत १९ ।  नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले विराट आयललाई इन्धन बिक्री–वितरण गर्ने वातावरण मिलाउनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गरेको खुलेको छ ।
भारतबाट दैनिक २२ लाख लिटर इन्धन आइरहेको र इन्डियन आयल कर्पोरेसनले इन्धनको मूल्य घटाउन मिल्ने गरी मूल्यसूची पठाए पनि खड्काकै कारण बजारमा इन्धनको कृत्रिम अभाव गराइएको छ ।

खड्काकै निर्देशनमा राजधानीका पेट्रोल पम्पले इन्धन बिक्री–वितरण नगरी बन्द गरेर बसेका छन् । खड्कालाई कमिसन बुझाउने र उनकै निर्देशनमा चलेका पम्पले इन्धन वितरण नगरी त्यत्तिकै बसेका हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको पेट्रोल पम्पबाट इन्धन बिक्री–वितरण भए पनि अत्यधिक मागका कारण समस्या खडा भएको छ ।

निगमका प्रमुख खड्काले सहज रुपमा इन्धन वितरण नगर्न दिएकै निर्देशनका कारण राजधानीमा इन्धनको चरम अभाव भएको सम्बद्ध पक्षको भनाइ छ । प्रमुख खड्काले थानकोट डिपोका प्रमुखलाई पनि समयमा इन्धन नदिन भनेका छन् । ‘जताततै हाहाकार गराएर विराटलाई इन्धन बिक्री वितरण गराउने मार्ग प्रशस्त गर्न यस खालको प्रयत्न गरिएको हो,’ निगमका एक उच्च अधिकारीले बताए ।
ती अधिकारीकाअनुसार इन्धन अभाव भए पनि उपभोक्ताले बढी मूल्य तिरेर भए पनि इन्धन खरिदका लागि तयार हुने र सोही समयमा विराटको तेल कारोबार गर्ने मार्ग प्रशस्त गर्ने योजनामा खड्का रहेका छन् । सम्वद्ध स्रोतकाअनुसार विराटमा खड्काको ३३ प्रतिशत हिस्सा रहेको छ । निगमलाई डुबाएरै भए पनि विराटलाई अगाडि बढाउने दाउमा खड्का रहेका छन् ।
यद्यपि, मन्त्रिपरिषद्ले विराटलगायत इन्धन ल्याउन नसकेका दुई दर्जनभन्दा बढी कम्पनीको इजाजतपत्र खारेज गरिसकेको छ । इजाजतपत्र खारेज भएको भए पनि जस्केलाबाट प्रस्ताव लगेर खड्का विराटलाई पुनः अनुमतिपत्र दिलाउने खेलमा लागेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको आफन्त पर्ने रोहिणी थपलियाको कम्पनीलाई भने सरकारले खारेज गरेको छैन । सोही कम्पनीको नाममा विराटलाई समेत मिसाएर इन्धन कारोबारका लागि मार्ग प्रशस्त गर्ने अभियानमा खड्का लागेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

 

समुद्री सुरुङ छिचोल्दै जापानको बुलेट ट्रेन संञ्चालनमा

१५ चैत, टोकियो ।
ड्रिम प्रोजेक्टको रुपमा जापानले सञ्चालन गरेको संसारमै लामो समुन्द्र पार गरेर होकाइदो द्वीपमा बुलेट ट्रेन पुर्याउने महत्वाकांक्षि योजना साकार पारेको छ ।

जापनले उत्तरमा रहेको होकाइदो द्धीपसम्म राजधानी टोकियोबाट बुलेट रेल सञ्चालनमा ल्याएको छ । होकाइदोको लागि शनिवार राजधानी टोकियोबाट पहिलो रेल सञ्चालन भएको थियो ।

होकाइदो द्वीपको सिन 'होकादेत' होकुतो शहरका लागि एकैदिन ३२ वटा ट्रेन सञ्चालनमा आएको बताइएको छ ।

जापानमा सन् १९७३ देखि बुलेट ट्रेन संञ्चालनमा आएको थियोभ ने ९ बर्ष पछि यो महत्वाकांक्षि परियोजनाको सुरुवात गएिको थियो ।

सन् १९८२ को आर्थिक संकटपछि स्थगित हुन पुगेको यो परियोजना पुन सञ्चालन गरिएको थियो । टोकियोबाट होकाइदो सम्मको लम्बाई १४५ किलोमिटर रहेको छ । जसमा ५३ किलोमिटर लामो सेइकेन सुरुङ रहेको छ ।

करिव साँडे पाँच सय अर्ब नेपाली रुपैयाँ खर्चेर सम्पन्न गरेको यो बुलेट रेल २६० किलोमिटर प्रति घण्टाका दरले कुद्छ ।

भारत र इयुलाई नैतिक अधिकार पनि छैन-उप प्रम कमल थापा

२० चैत, काठमाडौं ।
उपप्रधानमन्त्री कमल थापाले नेपालको संविधानबारे भारत तथा युरोपेली सङ्घ 'इयु' लाई टिप्पणी गर्ने कुनै नैतिक आधार नभएको बताउनुभएको छ ।

बीरगन्जमा आयोजित कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले ३३ प्रतिशत महिला आरक्षणको सुनिश्चितता गरेको नेपालको संविधानको जस्तो व्यवस्था भारत तथा इयु मुलुकले समेत नगरेकाले तिनलाई नेपालको आन्तरिक मामिलामा बोल्ने कुनै नैतिक अधिकार नभएको बताउनु भयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहनु भएको उपप्रधानमन्त्री थापाले मधेसवादी दलले उठाएको विषय राजनीतिक तवरबाट समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।

मधेसवादी दलले उठाएको विषय नेपालको आन्तरिक मामिला भएको प्रस्टयाउँदै उपप्रधानमन्त्री थापाले यस मामिला समाधान गर्न नेपालका राजनीतिक दल र सरकार सक्षम भएको ठोकुवा गर्नुभयो ।

युरोपेली सङघ–भारतको वक्तव्यप्रति सरकारको ध्यानाकर्षण

युरोपेली सघं र भारतबीचको शिखर सम्मेलनपछि संयुक्त वक्तव्यमा नेपालको संविधान तथा राजनीतिक स्थितिबारे गरिएको अभिव्यक्तिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चारमन्त्री शेरधन राईले आज जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपालमा जननिर्वाचित  सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतन्त्रका विश्वव्यापी मान्यता  आत्मसात् गरेको संविधान जारी भई कार्यान्वयन भइरहेको  र नेपालमा कुनै खाले संवैधानिक समस्या नरहेको स्पष्ट गरिएको छ ।

फलेवासमा खानेपानी समस्या

२१ चैत, पर्वत ।
जिल्लाका बिभिन्न बिकट गाउँमा खानेपानीको अभाव भएको खबर आईरहेका बेला जिल्लाको समथर भुभाग र सुगम मानिने फलेवासमा पनी खानेपानीको समस्या भएको छ ।बर्षायम सँगै पानीको मुल बढेको भएपनि उचित संरक्षण र व्यवस्थापनमा ध्यान नदिंदा खानीपानीको समस्या भएको हो । फलेवास क्षेत्रमा पर्ने खानीगाउँ र देविस्थानका गाविसमा एक हप्ता देखी धारामा पानी नआउँदा यहाँका नागरिकहरु पानीको अभावमा रहेका छन् ।

बर्षातको समयमा पर्याप्त पानी भएपनि फागुनदेखि असारसम्म सो समस्या झेल्नु परेको छ । भौगोलिक बनावटले निकै समथर भू–भाग रहेको उक्त ठाउँमा सुख्खा याममा आकासे पानी र साझा पानी ट्याङँकीको सिमित पानीले कष्टकर जीवन गुजार्नु पर्ने बाध्यता रहेको खानीगाउँका यूवा मोहन थापाको भनाई छ । करिब ४ सय घरधुरी रहेको खानीगाउँ गाविस र देविस्थान गाविसमा अहिले करिब १ दर्जन धाराहरुमा मात्रै पानी आउने गरेको छ । विहान वेलुका खानेपानीको जोहो गर्न लाईनै बस्नुपर्ने समस्या रहेको देविस्थानकी बर्षा श्रेष्ठले गुनासो गर्नुभयो ।

खाना पकाउने, पिउने लगायत घरायसि प्रयोजनका लागी पानीको व्यवस्थापन गर्न गाउँका वृद्धा गृहिणीहरु डोकोमा गाग्री मार्फत खानेपानीको जोहो गर्दा आफुहरुलाई असहज भएको बताउँछन् । विहानको समय सवै खानेपानीको व्यवस्थापनमा खर्चीनु पर्दा अन्य घरको काम गर्न नपाउने समस्या देखीएको स्थानिय लकास सुवेदीले गुनासो छ । गाविसमा रहेका स्रोतको संरक्षण गर्न नसक्दा खानेपानीको समस्या वर्षेनी सृजना भएको स्थानिय वासीको भनाई छ ।

पानीको स्रोत भएपनि पानीमा भल पस्ने,पाईप चुहावट हुने,पहिरोले मुहान र पाईपमा क्षती पु¥याउँदा खानेपानीको अभाव भएको स्थानिय यामवहादुर परियारले बताउनु भयो । खानेपानीको व्यबस्थापन प्रभावकारी नहुँदा मानिसलाई पिउने गाईवस्तु ख्वाउने पानीका लागि कुवा र खोलामा जानुपर्ने बाध्यता रहेको छ ।

पानी लिनको लागि लमायखोला,फुलवारी ,खरिया ,सत्तल लगायतका ठाउँमा पुगेको स्थानीय वासीले वताएका छन । हप्ताऔ देखी धारामा पानी नआउँदा समेत खानेपानी उपभोक्ता समितीले उचित किसिमको पहल नगरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । उपभोक्ता समितीले पानी आउन नसक्नुको कारण पत्ता लगाउन नसकेको वताएको छ ।स्थानिय उपभोक्ता समितीले पानीको व्यबस्थापन तर्फ ध्यान दिन नसकेको टिप्पणी हुन थालेको छ ।

शरफराज अहमद पाकिस्तानी टी-२० क्रिकेट टिमको नयाँ कप्तान

एजेन्सी,चैत २३ । निवर्तमान कप्तान शाहिद अफ्रिदीले राजिनामा दिएको ४० घण्टा नवित्दै पाकिस्तान क्रिकेट बोर्डले शरफराज अहमदलाई टी-२० क्रिकेटको कप्तानको जिम्मेवारी दिएको छ । विश्वकपमा गरेको कमजोर प्रदर्शनपछि पाकिस्तानी अफ्रिदीले विहिवार राजिनामा दिएका थिए ।  शरफराज अहमद यस अघि देखि नै वानडे टिमको कप्तान रहँदै आएका छन् । पाकिस्तानी टेष्ट टिमको कप्तान भने मिसबाह उल हक छन् ।

देश बिगार्ने नेतामा अक्कल उतैबाट आउँछ : सम्झना ‘सानु’

 

गजल

,,,,,,,,,,,,,,,,,,,
देश बिगार्ने नेतामा अक्कल उतैबाट आउँछ ।
हाम्रा समस्याको गलत हल उतैबाट आउँछ ।
,,,,,,,,,,,,,,,
नेपाली हौं भनेर मात्रै अझै कति गर्व गर्ने ?
नुन,बेसार ,दाल,चामल उतैबाट आउँछ ।
,,,,,,,,,,,,,,,,
शिरमा सगरमाथा मनमा बुद्ध राखी हिड्नेथें ,
शिरको टोपी पाउको चप्पल उतैबाट आउँछ ।
,,,,,,,,,,,,,,,,
हामीमाथिकै आकाश नि हाम्रो हैन जस्तो लाग्छ ,
मडारिदैं त्यो कालो बादल उतैबाट आउँछ ।
,,,,,,,,,,,,,,,,,
आजभोलि त शृङ्गार गर्नतिर ध्यानै जाँदैन,
सिन्दुर,पोते,टीका,गाजल उतैबाट आउँछ ।

देश बिगार्ने नेतामा अक्कल उतैबाट आउँछ ।
हाम्रा समस्याको गलत हल उतैबाट आउँछ ।

जापानमा नेपाली विद्यार्थी १६ हजार नाघे

मदन पाठक-१९ चैत, टोकियो ।
अध्ययनका लागि जापान आउने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै बढी देखिएको छ । एक तथ्यांकका अनुसार हाल जापानमा १६ हजार २ सय ५० नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

करिव ६० हजार नेपाली रहेको जापानमा नेपाली सँगै अन्य देशबाट समेत अध्ययनका लागि आउने संख्या बढीरहेको पाइएको छ ।

जापान विद्यार्थी सर्भिसेज अर्गनाईजेशन नामक सस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार भियतनामी र नेपाली विद्यार्थीहरुको सख्या अन्य देशको तुलनामा अत्याधिक वढेको छ ।

अन्य देशको तुलनमा यि दुई देशबाट पछिल्लो बर्ष १३.२ प्रतिशत विद्यार्थीको आगमन बढेको पाइएको छ ।
जापान विद्यार्थी सर्भिसेज अर्गनाईजेशन जासौका अनुसार जापानमा २ लाख ८ हजार ३ सय ७९ जना विदेशी विद्यार्थी अध्ययनरत छन । जसमा सबैभन्दा बढी चीनका रहेका छन् । चीनका ९४ हजार १सय११ जना रहेका छन ।

जापानमा भीयतनामका मात्रै ३८ हजार ८ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपालीको सख्या भने अघिल्लो वर्षको तुलनामा ५५.५ प्रतिशतले वृद्धि भएको छ ।
जापानको शिक्षा मन्त्रालयका अधिकारीका अनुसार भियतनामा वढेको व्यवसायीक लगानीका कारण भियतनामी विद्यार्थीहरुलाई भाषा तथा व्यवसायीक शिक्षा पायक र बढेको बताइएको छ ।

कस्तो छ तपाईको २०७३ साल ? हेर्नुहोस् बर्षभरीको राशिफल

मेषः– वर्षारम्भ गुरुदेवको थोरै अनुकुलताले पढाई लेखाई एवं अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना पनि देखिन्छ । अढैया शनिले काम काजमा विलम्ब गराउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । विशेष गरेर नसा एवं उच्च रक्त चापले सताउनेछ । सन्तानबाट सुख कम मिल्न छ । श्रावणबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ भने बैदेशिक क्षेत्रबाट लाभान्वित हुनु हुनेछ । स्वव्यवसायमा समस्या आउने छन् । नोकरीबाट सन्तुष्टि मिल्ने छैन ।। व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा सोच विचार गर्नु होला नत्र डुब्न सक्छ । परिवारजनबाट अपेक्षित सहयोग मिल्ने छैन ।

वृषः– सामान्य वर्ष रहेको छ । मान्यजनको आशिर्वाद तथा इष्टमित्रको सहयोगले आर्थिक क्षेत्रमा सुधार आउनेछ । साझेदार व्यवसाय भन्दा एकलौटी व्यवसायबाट बढि लाभ लिन सकिनेछ । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । आत्मबल,आत्मविश्वास बढ्नेछ जसका कारण नविन कार्य योजना अगाडि बढ्नेछन् । आहार विहार मिलाउन नसके स्वास्थ्यमा लगानी बढ्न सक्छ । घरमा धार्मिक कार्य हुनेछन् । दामपत्य जीवनमा भने केहि अप्ठ्यारा आउन सक्छन् । वैदेशिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ । कृषि कर्म र शैक्षिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ ।

मिथुनः– ग्रह गोचरबाट यो बर्ष अनुकल देखिन्छ । धेरै राम्रा काम हुने छन् । इष्टमित्र घर परिवारबाट सहयोग, सहानुभूति मिल्नेछ । सुख,शान्ति मा वृद्धि हुनेछ । अध्ययन अध्यापन मार्गमा सफलता मिल्नेछ । न्याय मार्ग र वैतनिक मार्ग पनि सफल नै देखिन्छ । सामाजिक काममा अभिरुची बढ्नेछ । आर्थिक क्षेत्र मजवुत हुनेछ । स्वव्यवसायबाट प्रचुर मात्रामा धन कमाउन सकिनेछ । नयाँ नयाँ कार्य योजनाहरु अगाडि बढ्नेछन् । धार्मिक यात्राको सम्भावना देखिन्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । राजनीतिमा सफलता मिल्नेछ । जागिरको अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न ।

कर्कटः– यो बर्ष ग्रह गोचर मध्यम देखिन्छ । हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । सन्तानपक्ष दूर्वल रहेकोछ । पढाई लेखाइमा उतार चढाव आउनेछ । घर परिवारमा सुख,शान्ति अल्प मिल्नेछ । स्वव्यवसायमा स्तरोन्नति कम हुनेछ । मिलेर गरेका कामले फाइदा दिने छैन । आफन्तका कारण धनमाल नोक्सान हुनसक्छ । पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ । अनुसन्धान ,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । द्वितीय राहु र अष्टम केतुले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । धार्मिक कार्य अगाडि बढ्ने छन् ।

सिंहः– अध्ययन अध्यापन र सामाजिक क्षेत्र सामान्यतया राम्रो देखिए पनि अढैया शनि र राहु केतुको प्रभावले भौतिक सम्पतिको नास एवं स्वास्थ्यमा समस्या आउनेछ । जन्मको शनि खराव भएमा धेरै राम्रा कामको आशा गर्नु गलत हुनेछ । घर परिवारमा समस्या आउने तथा धन सम्पतिको नास हुने देखिन्छ । आफन्तबाट सहयोग भन्दा असहयोग बढि हुनेछ । काम गर्दा कठिनाई भोग्नु पर्ने छ । जोखिमपूर्ण काममा हात नहाल्नु यो बर्ष बढि उचित हुनेछ । नयाँ काममा लगानी बढाउनु पनि राम्रो देखिन्न । नोकरी,राजनीतिमा पनि त्यति उचित वर्ष देखिन्न । मुद्धा मामिलाको सम्भावना पनि देखिन्छ ।

कन्याः– सामान्यतया यो वर्ष अनुकुल वर्ष रहने देखिन्छ । विशेष गरेर शनि र गुरु अनुकुलताको कारण गरेका कामबाट उचित फल मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । घर परिवार तथा आत्मियजनबाट सहयोग मिल्नेछ । पेशा व्यवसायमा नयाँ नयाँ अवसर आउनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । सहज र सरल तरिकाले काम बन्नेछन । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राज्यबाट सम्मान पुरस्कार मिल्न सक्ने कुरालाई पनि नकार्न सकिन्न । पशु पालन,कृषि जस्ता व्यवसायबाट पनि लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगतिको वर्ष रहनेछ ।

तुलाः– जन्म समयमा शनि र राहु ग्रह प्रतिकुल भएमा खासै यो वर्ष तपाईको लागि अनुकुल देखन्नि । फाल्गुन महिनासम्म शनि ग्रहको प्रभाव बढि रहन्छ । विभिन्न समस्या सँग जुद्धनु पर्ने छ । राम्रो गर्न खोज्दा नराम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सोच विचार गर्नु होला नत्र विग्रिने सम्भावना बढि रहन्छ । इष्ट,मित्र तथा आफन्तजनको सहयोगमा कमी आउनेछ । नयाँ लगानीका क्षेत्रमा हात नहाल्नु होला डुब्नने सम्भावना बढि देखिन्छ । शरीरिमा बायुविकार जस्ता रोगले सताउनेछ । शैक्षिक एवं वौद्धिक क्षेत्र पनि त्यति सन्तोषजनक देखिन्न । सन्तानको लागि धन खर्च बढि गर्नु पर्ला । झुट्टा कुराले सताउनेछ ।

वृश्चिकः– यो बर्ष भरि नै मध्य तथा अन्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि समय त्यति अनुकुल नहुन सक्छ । हेलचक्र्याई गरेर काम गरेमा ठुलो नोक्सान हुनेछ । घर परिवारमा समस्या देखिने छन् । झुट्टा कुराले सधै पिरोल्नेछ । आत्मिय जनबाट पनि सहयोग मिल्ने छैन उल्टो टाढा हुने अवस्था आउन सक्छ । गुरुदेव अनुकुल हुदा भने अध्ययन अध्यापन क्षेत्रमा प्रगति तथा व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाहो हुनेछ । झुट्टा कुराले बढि पिरोल्नेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुनेछ ।

धनुः– आद्य तथा मध्य साढेसाती शनि ग्रहको प्रभावले गर्दा यो वर्ष कामबाट धेरै उपलब्धि हासिल नहुने देखिन्छ । हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने हुन्छ । मानसिक एवं आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक क्षेत्रका कामबाट लाभान्वित हुनुहुनेछ । काम गर्दा विचार पु¥याउन नसके धन सम्पतिको नास हुनसक्छ । आफन्तबाट टाढा हुने अवस्था आउन सक्छ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग पनि देखिन्छ । नोकरीमा नयाँ अवसर आउन सक्छ ।

मकरः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अष्टम गुरु श्रावणबाट नवम हुने हुदा पढाई लेखाई र धार्मिक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग स्वल्प होला । एकादश शनिको प्रभावले गर्दा सहज रुपमा काम बन्ने छैनन तर प्रयत्न गरेमा आफ्नो लक्ष्यमा पुग्न सकिनेछ । गरिरहेका व्यवसायबाट लाभ लिन सकिनेछ भने नयाँ काम शुरु गर्नु त्यति उचित हुने छैन । अष्टम केतुले शरीरमा वायु विकारको प्रकोप बढाउनेछ । भने द्वितीय राहुले पूख्र्यली सम्पतिमा मुद्धा मामिला पर्न सक्छ । परिवारमा सामान्य मनमुटाव पनि बढाउनेछ ।

कुम्भः– यो वर्ष सामान्य अनुकुल देखिन्छ । उपलब्धिका काम हुनेछन् तर अर्थ अभावले सताउन छोड्ने छैन । पाप ग्रहको वाहुल्यताका कारण काम गरेर जश कम मिल्नेछ तर योजना बनाएर गरेका काम सफल हुनेछन् । नोकरी तथा राजनीतिमा प्रतिश्पर्धा बढि गर्नु पर्नेछ । मिलेर गरेका काम त्यति उपलब्धिमूलक रहने छैनन । स्वतन्त्र व्यापार व्यवसायबाट राम्रै लाभ लिन सकिनेछ । धार्मिक कुरामा अरुची बढ्ने छ । बर्षको उत्तराद्र्धमा केहि उपलब्धि हासिल हुनेछन । जग्गा जमिनको काममा सामान्य सफलता मिल्नेछ ।

मिनः– यो साल हरेक क्षेत्रमा सधार आउनेछ । बाह्रौ र केतुको कारण आर्थिक विषमता बढ्ने देखिन्छ तर छैठौ राहुले बल प्रधान गर्नेछ । शत्रु कमजोर बन्ने छन् । व्यापार व्यवसायमा ऋण लगानी उधारो कारोवार गर्दा धन डुब्न सक्छ । अध्ययन अध्यापन मार्ग सामान्य सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । सामाजिक काम काजमा अभिरुची बढ्नेछ । कृषि पशु चौपायबाट आम्दानी सामान्य हुने नै छ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्ने नै छ । नयाँ नयाँ कामको अवसर आउनेछ । व्यवसाय परिवर्तनको सम्भावना पनि त्यत्तिकै देखिन्छ । साझेदारी कामबाट फाइदा हुनेछ ।

– ज्योतिषीः श्री वेदनिधि तिमिल्सिना

आजदेखी  हप्तामा ७७ घण्टामात्रै लोडसेडिङ (तालिका सहित)

१६ चैत, काठमाडौं  । 
नेपाल विद्युत प्राधिरणले  बिहीवारबाट सुरु हुन लागेको  एसएलसी परीक्षालाई मध्यनजर गर्दै  दैनिक एक घण्टा लोडसेडिङ  घटाएको छ । यसअघि हप्तामा ८४ घण्टा हुँदै आएको लोडसेडिङ आजदेखी अब हप्तामा ७७ घण्टामात्रै हुने विद्युत प्राधिकरणले जनाएको छ। 

नेपाल बारमा कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी,एमाले बढारियो

काठमाडौं,चैत २६ । नेपाल बार एसोसियसनको अध्यक्षमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् । बारको २५ पदका लागि भएको निर्वाचनमा अध्यक्ष शेरबहादुर केसी सहित २० पदमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । 

शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार केसीले आफ्नो प्यानलको दुईतिहाई बहुमतसहित जित निकालेका छन् । लोकतान्त्रिक समूहले अध्यक्ष, महासचिव, चार उपाध्यक्ष र कोषाध्यक्षसहित १८ पदमा जित निकाल्दै दुईतिहाई बहुमत हात पारेको हो । बारमा २५ सदस्यीय केन्द्रीय समिति रहेको छ । 

बाबुरामको नयाँ शक्ति नेपालले जेठमा पार्टी स्थापना राष्ट्रिय भेला गर्ने

२४ चैत, काठमाडौं ।
नयाँ शक्ति नेपालको केन्द्रिय सचिवालयको बैठकले आगामी २०७३ साल जेठ २९, ३० र ३१ गते पार्टी स्थापना राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

चैत्र २२ र २३ गते केन्द्रिय कार्यालय बबरमहलमा बसेको केन्द्रीय सचिवालयको बैठकले अव संगठन विस्तार अभियानलाई व्यापक बनाउने निर्णय पनि गरेको छ ।

बैठकको समापन गर्दै संयोजक डा। बाबुराम भट्टराईले व्यापक सदस्यता विस्तार अभियानमा लाग्न र पार्टी स्थापना राष्ट्रिय भेलामा कुनै पनि गाउँ, कुनै पनि वडाका संस्थापक सदस्यहरु नछुट्ने गरी काठमाडौंमा हर्षोल्लासका साथ भेला हुने बाताबरण सिर्जना गर्न दिर्नेशन दिएका छन् ।

दक्षिण एशियाली महिला बास्केटबल : नेपालको लगातार दोश्रो जित

काठमाडौं, चैत १७  । प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले बुधबार लगातार दोश्रो जित हात पारेको छ । नेपालले राउन्ड रोविन लिगको दोश्रो खेलमा माल्दिभ्सलाई ७७–३६ ले पराजित ग¥यो । नेपालको जितमा स्नेहा श्रेष्ठले २४ अंक योगदान गरिन् ।

चौथो क्वाटरमा १२–१७ ले पछि परेको नेपाल अन्यमा भने अगाडि रह्यो । नेपालले पहिलोमा २२–०, दोश्रोमा १९–१३ तथा तेश्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।

यसअघि श्रीलंकाले भुटानलाई ११२–३१ ले हरायो । सबै क्वाटरमा हावी रहेको श्रीलंकाले क्रमशः ३१–६, २८–११, ३१–१२ र २२–२ अंक जोड्यो । श्रीलंकाको पनि यो लगातार दोश्रो जित हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीच खेल हुनेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web