काठमाडौं, चैत १७ । प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले बुधबार लगातार दोश्रो जित हात पारेको छ । नेपालले राउन्ड रोविन लिगको दोश्रो खेलमा माल्दिभ्सलाई ७७–३६ ले पराजित ग¥यो । नेपालको जितमा स्नेहा श्रेष्ठले २४ अंक योगदान गरिन् ।
चौथो क्वाटरमा १२–१७ ले पछि परेको नेपाल अन्यमा भने अगाडि रह्यो । नेपालले पहिलोमा २२–०, दोश्रोमा १९–१३ तथा तेश्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
यसअघि श्रीलंकाले भुटानलाई ११२–३१ ले हरायो । सबै क्वाटरमा हावी रहेको श्रीलंकाले क्रमशः ३१–६, २८–११, ३१–१२ र २२–२ अंक जोड्यो । श्रीलंकाको पनि यो लगातार दोश्रो जित हो ।
प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीच खेल हुनेछ ।
२१ चैत, गुल्मी ।
नेपाली जनबोलीमा रक्सी र पैसाको धरै पछि नलाग्नु भनेजस्तै भयो विशाला गाहाको लागि । सँगै साथिसँग रक्सी खाएर हिँड्ने बेलामा सामान्य विवाद हुँदा गुल्मी हर्दिनेटाका गाहा मारिएका छन् ।
प्रहरीका अुनसार हर्दिनटा गाविस ६ का २२ वर्षीय विशाल गाहाको आफ्नै साथीले दाउराले टाउकोमा हानेर हत्या गरेका हुन् ।
स्थानिय २० वर्षीय किशोर झाँक्रीले सामान्य विवादमा दाउराले हानेर हत्या गरेका हुन् ।
बुधबार साँझ बिशाल सहित अन्य ४ जना बसेर एक होटलमा मदिरा सेवन गरेका र अन्य साथी हिँडेपछि झाँक्री र गाहाबिच सामान्य विवाद हुँदा झाँक्रीले दाउराले हानेर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उनले हत्या आरोप स्विकारेका छन् ।
२४ चैत, काठमाडौं ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्को आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन् ।
मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीले प्रतिकुल अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई भारतले फिर्ता लिएको उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।
ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तराष्ट्रिय जगतको व्यापक आलोचना आफनो देशभित्रको चर्को दवाब, मधेश आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटाएको बताएका छन् ।
कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप बान्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जारी गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन् ।
उनले नाकाबन्दीको बिषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उनले उल्लेख गरेका छन् ।
संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई बान्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन ।
पार्टी अध्यक्षको हैसियतले प्रतिवेदन पेश गर्दै ओलीले नाकाबन्दीले राष्ट्रिय स्वाधीनतालाई चुनौती दिएपनि त्यसको बिरोधमा सिंगो राष्ट्र एकताबद्ध भएको पनि प्रतिबेदनमा उल्लेख गरेका छन् ।
२४ चैत, टोकियो ।
ओटेल कम्पनीले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा छुट सहितको नयाँ अफर सार्वजनिक गरेको छ ।
स्प्रिङ अफरको रुपमा ओटेलले आफ्नो रिचार्जमा दश प्रतिशत सम्मको बोनश दिने बताएको छ ।
ईन्टरनेट मार्फत विश्वभर कल गर्न सकिने ओटेलका प्रिपेड भौचर, पे पल र स्मार्टपिट बाट ओटेल फ्रिमा गरिने हरेक रिचार्जमा दश प्रतिशत बोनस पाइने छ ।
ओटेल कम्पनीले जनाए अनुसार पेपलबाट ओटेल फ्रि रिचार्ज गर्दा बोनश रकम २४ घण्टा भित्र प्रयोगकर्ताको एकाउन्टमा थपिनेछ भने प्रिपेड भौचर र स्मार्टपिट बाट रिचार्ज गर्दा बोनश रकम तत्कालै थपिनेछ ।
जुनसुकै देशबाट एसएमएस, ओटेल फ्रिको सशुल्क टेलिफोन वा ब्यालेन्स ट्रान्सफर पनि गर्न सकिने व्यवस्था समेत गरेको ओटेलले २०१६ अप्रिल १ देखि अप्रिल ३० सम्म मात्र नयाँ अफर लागू हुने बताएको छ ।
कम्पनीकाले निशुल्क अडियो तथा भिडियो कल, ग्रुपकल र च्याट लगायतका सुविधाहरु यथावत राखिएको जनाउँदै थप जानकारी कम्पनीको आधिकारीक वेवसाइट र फेसबुक पेजबाट लिन सकिने बताएको छ ।
१८ चैत, काठमाडौं ।
वरिष्ठ संगीतकार अम्बर गुरुङ भारतमा दुई महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रियगानका संगीतकारसमेत रहेका गुरुङ भारतको हरियाणास्थित मेदान्त अस्पतालमा सफल उपचारपछि बुधबार दिउँसो नेपाल फर्किएका हुन् ।
झण्डै दुई महिनाअघि खाना नलीमा समस्या आएपछि उपचारका लागि गुरुङलाई मेदान्त अस्पताल लगिएको थियो । उनको आन्द्राको तल्लो भागमा ट्युमर र नशा सम्बन्धी रोग ‘पार्किन्सन्स’ लागेको थियो । ट्युमरका कारण गुरुङलाई आन्द्रा साँघुरिएर खाना नजाने समस्या भएको थियो ।
मुखबाट खाना खाने स्थिति नभएपछि इन्डोस्कोपी गरी उनको खाना नलीमा अर्को कृतिम नली राखेर खाना खुवाइएको थियो । खाना खाने नलीको ट्युमरका कारण रेडियोथेरापी र किमोथेरापीबाट उनको उपचार गरिएको थियो । ‘अहिले धेरै सुधार आएको छ, दुइ महिनाअघि खाना खुवाउन जति समस्या थियो अहिले त्यस्तो छैन, सामान्य रुपमा खाना खुवाउने अवस्था छ ।’ गुरुङका छोरा राजुले भने ।
गुरुङलाई पार्किन्सनको पनि समस्या भएकोले गर्दा हिडडुलको समस्या छ । ७९ वर्षिय गुरुङको उमेरका कारण पनि आन्द्रा ट्युमरको सर्जरी गरिएको थिएन । नशा सम्बन्धी रोगका कारण हिड्न समस्या भएपछि गुरुङ ह्वीलचेयरमार्फत त्रिभुवन विमानस्थल झरेका थिए ।
गुरुङको स्वागतमा विमानस्थलमा राष्ट्रियगान गाएर उपस्थितहरुले सम्मान व्यक्त गरेका थिए । पत्रकारहरुसँग कुरा गर्दै गुरुङले सबैको शुभेच्छाले आफू स्वस्थ भएर स्वदेश फर्कनसकेको बताए ।
सरकारले वरिष्ठ संगीतकार गुरुङको उपचार खर्च ब्यहोर्ने यसअघि नै निर्णय गरिसकेको छ । नेपाल सांगीतिक क्षेत्रमा महासंगीतकारको उपमा पाएका गुरुङले हजार भन्दा बढी गीतको संयोजन तथा ७ सय गीतमा शब्द र स्वर दिएका छन् ।
Via :अशोक महर्जन/hamrodoctor.com
पप्पु गुरुङ्, २८ चैत्र, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा टिनको छानो भएको एक गोठमा आगलागी हुदा ४ लाख बराबरको धनमाल स्वाँह भएको छ् । आगलागीबाट गोठमा बाधेको चौपाया समेत जलेर मृत्यु भएको प्रहरीले जनाएको छ् । आज अपरान्ह १२ बजे घरमा कोही नभएको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, गिरीटोल निवासी राम गिरीको गोठमा अचानक गोठमा आगलागी भई डिप बोरिङ्ग ईन्जिन जलेर नष्ट भएको छ भने, १ बाच्छी जलेर मृत्यु भएको छ, भने २ गोरु र एक गाई जलेर गम्भिर घाईते भएको छ् । गोठमा रहेको चिरान गरिएको काठ समेत जलेर नष्ट भएको परिवारजनले जनाएको छ् । घरमा सबै परिवार गहुँ काट्न गएको अवस्थामा अचानक गोठमा आगो लागेको परिवारजनले जनाएको छन् । गोठमा आगो लाग्दा करिब ४ लाख बराबरको क्षती भएको दोधारा बाबाथान प्रहरी चौकीले जनाएको छ् ।
काठमाडौं,चैत २३ । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबियाको टोली बैशाख २ गते नेपाल आउने भएको छ । नेपालसँग अगामी बैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सहभागि हुने नामिवियाको क्रिकेट टोली नेपाल आउन लागेको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेल तालिका अनुसार दुई खेलका लागि नामिवियाको टोली अप्रिल १४ (बैशाख २) मा नेपाल आइपुग्ने आइसीसीका एशिया डेभलपमेन्ट म्यानेजर बर्नापुरा बन्दुलाले जानकारी दिए ।
आईसीसीले यसअघि पपुवा न्यूगिनीसँगको खेल पनि नेपालमा गर्ने तय गरेको थियो । तर सुरक्षा, भौतिक संरचनाको सुधार लगायतका कारण देखाउँदै उक्त खेल यूएईमा खेलाइएको थियो । भूकम्पपछि भौतिक पूर्वाधार सुधारको सर्त राख्दै आइसीसीले नेपाललाई उक्त खेल आयोजनाको जिम्मा दिए पनि नेपालले समयभित्र पूर्वाधार सुधार गर्न नसक्दा उक्त अवसर गुमाएको थियो ।
। विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा नेपालले चार खेल खेलेको छ र सबै खेल गुमाएको छ । नेपालले पहिलो चरणमा स्कटल्याण्डसँग दुई खेल गुमाइसकेको छ । त्यस्तै पपुवा न्यूगिनीसँग पनि दुई खेल हारेको नेपाल अंकतालिकामा खाता खोल्न सकेको छैन् । घरेलु मैदानमा हुने खेलमा नेपालले च्याम्पयनसीपमा जितको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ देखि सुरु भएको प्रतियोगिता २०१७ सम्म चल्नेछ । यसबीचमा नेपाल लगायत ८ एशोसियट मुलुकका टोलीले होम एण्ड अवेको आधारमा १४ खेल खेल्नेछन् ।
२१ चैत, काठमाडौं ।
स्वरसम्राट् नारायणगोपालको स्मृतिमा राष्ट्रिय युवा सेवा कोषद्वारा २०४८ सालमा स्थापित ‘नारायणगोपाल युवा सङ्गीत’ पुरस्कार यस वर्षका लागि गायक तथा सङ्गीतकार दीपक लिम्बू र बिबी अनुरागीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषद्वारा २०५७ सालमा स्थापित ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि चित्रकारद्वय राजनकुमार पन्त र सौरगङ्गा दर्शनधारीलाई संयुक्त रुपमा प्रदान गरिने छ ।
एजेन्सी,चैत १६ । इजिप्ट एयरको विमान अपहरणकारीले आत्मसर्मपण गरेका छन् । बेलायती वेबसाइट मिररका अनुसार संकास्पद अपहरणकारीले हात उठाएर विमानबाट बाहिर आई आत्मसमर्पर्ण गरेका हुन् । साइप्रसको विदेश मन्त्रालयले विमान अपहरणकारी पक्राउ परेको घोषणा गरेको हो । उनको बारे थप बताइएको छैन ।
२४ चैत, काठमाडौं ।
नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ ।
पर्व, दिवस, जात्रा, जयन्ती, दसै, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको आजको राजधानी दैनिकमा समाचार छ ।
२०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका मुल ५१ दिन सार्वजनिक बिदा भएपति सवबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ ।
तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले बताए ।
२०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ । यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन् ।
काठमाडौं,चैत २३ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट एमाले कोटाबाट नियुक्त भएका हुन् । उनी एमाले सुनसरीका नेता समेत हुन् । अहिले युवा तथा खेलकुद मन्त्री पनि एमालेकै सत्यनारायण मण्डल छन् । एउटै पार्टीका भएकाले यी दुईबीचको सम्बन्ध निकै राम्रो हुनुपर्ने हो । तर मन्त्री र सदस्यसचिव सम्बन्ध भने निकै तिक्ततापूर्ण छ । सदस्य सचिव विष्टको कार्यशैलीबाट मन्त्री मण्डल चरम रुष्ट छन् । पछिल्लो समय घटेको एउटा रमाइलो घटनाले मन्त्री मण्डल र सदस्य सचिव विष्टबीचको सम्बन्ध झनै बिग्रिएको छ ।
कुरा पुरानै भएपनि अहिले आएर खुलेको छ । गत पुसको पहिलो साता मन्त्रीलाई लिएर सदस्य सचिव केशव विष्ट पोखरा गएका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यक्रममा दुवै जना पोखरा गएका थिए । क्षेत्रीय खेलकुद विकास समितिको स्वागत कार्यक्रमपछि दुवै जनालाई एउटै होटलमा राखेका थिए । होटलमा मन्त्री मण्डलले खेलकुद क्षेत्रको बारेमा बिष्टसँग छलफल गर्न खोजेका थिए । तर बिष्ट एक्कासी मोवाइल बन्द गरेर गायव भए । संयोग कस्तो भएछ भने मन्त्री मण्डल झुक्किएर बिष्ट बसेको कोठाको ढोका खोल्न पुगेछन् । जहाँ सदस्यसचिव बिष्ट दुई युवतीसँग आपत्तिजनक अवस्थामा थिए । तत्कालै मन्त्री मण्डलले उनलाई गाली गर्दै ढोकाबाटै फर्किए । यो कुरा मन्त्री मण्डलले कर्मचारीलाई सुनाए । बिष्टको हर्कतले आफू लज्जित भएको उनले बताएका थिए ।
स्रोतका अनुसार अहिले मन्त्री मण्डल र सदस्य सचिव बिष्टबीच बोलचाल छैन् । राखेपमा एक अर्व बजेट हुँदापनि केही काम नगरेको र पार्टीलाई बदनाम हुने काम मात्र गरेको भन्दै मन्त्री मण्डल बिष्टसँग रुष्ट छन् । विष्टलाई एमालेका तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नियुक्त गरेका थिए । जुन विषयमा सुरुमै विवाद भएको थियो । सोही प्रकरणका कारण मन्त्री पौडेलको पद नै गएको थियो ।
काम भन्दा बढी घुमघाम र मोजमस्तीमा रमाउने भएकाले बिष्टको कार्यशैलीप्रति एमालेकै खेलकुद संगठनका पदाधिकारीहरुले उनीविरुद्ध पार्टीमा उजुरी दिएको समाचार दृष्टि साप्ताहिकले छापेको छ । तर एमाले नेता माधव नेपालको साथ पाएका बिष्टले कसैलाई पनि टेर्ने गरेका छैनन् ।
१५ चैत, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् । राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले सोमबार काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा अग्रसर भएकाले अब दातृ निकायले नेपालको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नु पर्ने बताए । नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको जानकारी गराए ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सन् दुई हजार तीससम्ममा नेपालको गरीबी एकोहोरो अंकमा झार्ने लक्ष्य पुरा हुने क्रममा रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले दीर्घकालिन विकासका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित सबै निकाय सहकार्य गरेर योजनावद्ध तरिकाले अघि बढ्नेपर्नेमा जोड दिए ।
कार्यक्रममा एसियाली विकास बैँकका उपाध्यक्ष वेनकाइ झाङले दीर्घकालिन विकासका लागि सामाजिक र राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले नेपालको विकासका लागि एसियाली विकास बैंक साझेदार बन्न तयार रहेको बताए ।