काठमाडौं,चैत २९ । इन्धनमा स्वचालित मूल्य प्रणाली लागू घोषणा गरेको नेपाल आयल निगमले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको छ । इनिडनय आयल कर्पोरेसन हरेक १५ दिनमा पठाउने मूल्यका आधारमा भाउ तोक्न थाले पन अिहिले आएर त्यसअनुसार समायोजन नगरेको आजको नागरिक दैनिकले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिपाद कार्यालय, संसदको वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दैशनसमेत निगमले अटेरी गर्दै आएको छ ।
नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरिनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूल्य समायोजन नगरिएको निगमको तर्क छ ।
भारतीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजल प्रतिलिटर १० रुपैया र पेट्रोल प्रतिलिटर ६ रुपैयाँ सस्तो रहेको नियमका प्रवक्ताा मुकुृन्द घिमिरेले बताए ।
काठमाडौ, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सव, चौथौ महाधिवेशन एवम पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै उनले भने,‘ काग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयूक्त हो । दुई विकल्प भए पनि क्लबका अध्यक्ष ऋषि धमलाले भने जस्तो काग्रेस यही सरकारमा आउने विकल्प उत्कृष्ट हो ।:
त्यो बाहेक अर्को विकल्प अहिले देखिदैन ।’ क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको समारोहमा प्रधानमन्त्रीले काग्रेसलाई ईमान जमानमा रहन सुझाव दिदै विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनु पर्नेमा जोड दिए ।
उनले आफूलाई प्रधानमन्त्रीको कुर्सि बस्नकोलागि नचाहिएको स्पष्ट पार्दै भने,‘ मलाई प्रधानमन्त्रीको कुर्सि भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’
प्रधानमन्त्रीले मुलुकको काम गर्ने संयन्त्र भोली गर्छौ भन्ने खाल्को अल्छि रहेको भन्दै आजैबाट गर्ने सुरु गर्ने गरी आफू अघि बढ्ने र फाईल घुमाएर अल्झ्याउने परिपार्टीको अन्त्य गर्नु पर्ने धारणा राखे ।
उनले दुध खान गाई नै पाल्नु पर्ने भनाईसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाईने स्मरण गराए । उनले भने,‘ भावावेशमा होईन अब देश विकासमा अघि बढ्नु पर्छ ।’
प्रधानमन्त्रीले नेपाल भारतको विरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे ।
उनले भने,‘ भारत नेपालको बहुआयामिक र ईतिहास भन्दा अघि देखिको मित्र देश हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भईसकेको छ । हामी दुबै छिमेकीसँग आत्मीय मैत्री सम्बन्ध राख्छौ । हामी नेपालको हितमा काम गर्छौ, कसैको अहितमा होईन । ’
प्रधानमन्त्रीले नेपालका राजनीतिक दल र संविधानसभाले संविधान बन्न नदिने प्रयासलाई अस्विकार गरेर स्थीती बुझी संविधान बनाएको उल्लेख गर्दै संविधान बनेसँगै राजनीतिक र समानताको आन्दोलन सकिएकोले अब आर्थिक समृद्धिमा जाने एक मात्रै बाटो रहेको बताए ।
उनले विभेद हटाउन सकिने तर करोडपति र सडकमा मानिस हुँदा सम्म समानता हुन नसक्ने भन्दै अब समानता कसरी हुन्छ भन्नेमा अघि बढ्नु पर्ने बताए ।
प्रधानमन्त्रीले ९२ प्रतिसतले संविधान बनाए तर मैले भनेको मानेनन् भनेको कुरा आफूले नबुझेको उल्लेख गर्दै यति ठूलो प्रक्रियाबाट बनाएको संविधानलाई रातारात र सुटुक्क बनाएको भनि गरेको तर्क आफूले बुझ्न नसकेको तर्क गरे ।
मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने,‘ केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन । जातजाति, भाष, भाषी नेपालको सुन्दरता हो उनीहरु जात थर र भुगोलको विचमा कलह उत्पन्न गर्न खोजिरहेका छन । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भईसके ।’
उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन बैशाखमा छोटोबाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौ र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने दावी गरे ।
प्रधानमन्त्रीले रिपोर्टर्स क्लब नेपालले पहिलादेखि नै राम्रो काम गर्दै आएको र अब पनि अझै राम्रो काम गरोस भन्ने सुभकामना दिदै क्लबका अध्यक्ष ऋषि धमला जसलाई मन नपरे पनि मनपराउन सक्ने क्षमता भएका पत्रकार भएको बताए । उनले भने,‘ चीतवनमा मेरो लामो कार्यक्रम थियो तर धमलाको आर्कषणले हेलिकप्टर पनि तानेर छिटो काठमाडौ ल्याईदियो ।’
ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टीहरु ब्यक्त भईरहेकाले अब बार्ता र संबादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्ने भन्दै सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको दावी गरिन ।
उनले भनिन,‘ असन्तुष्टी समाधानको बाटो बार्ता र संबाद नै हो । यसलाई समाधान गरेर मुलुक अब समृद्धिमा जानुको विकल्प छैन ।’
सभामुखले संविधान नेपालको विकासकोलागि आधारभुत दस्तावेज भएको भन्दै अब यसको सफल कार्यान्वयन गरेर समृद्धिकोलागि सिंगो देश एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।
उनले रिपोर्टर्स क्लब नेपाल र यसका अध्यक्ष ऋषि धमलाको विशेषता भनेकै जनताले जान्न चाहेको सूचना लिने र दिने भएको भन्दै त्यसमा अझै दृढताका साथ अघि बढ्न आग्रह गरिन ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बार्ता र संबादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै समाजमा रहेका समस्या बार्ताबाटै समाधान भएर जाने विश्वास ब्यक्त गरे ।
उनले बार्ताकोलागि असन्तुष्ट दलहरुलाई आउन आब्हान गर्दै भने,‘ सीमांकन मिलाउन बार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’
उनले रिपोर्टर्स क्लब नेपालले लोकतन्त्रकोलागि स्थापना कालदेखि नै काम गर्दै आएको भन्दै अझै पनि जनताको पक्षमा विचलित नभई काम गर्न सुझाव दिए ।
नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको सबै समस्या संविधान बमोजिम समाधान गरी राजनीतिक क्रान्ति समाप्त गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जानु पर्ने भन्दै संविधान अनुसार अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भएकोले अब राजनीतिक दलहरुले कोलिसन सरकार गठनको सस्कृतिको विकास गर्नु पर्ने आवश्यकता औल्याए ।
उनले लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन क्लबले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब संविधान कार्यान्वयनमा पनि क्लबले त्यस्तो भूमिका खुेल्नु पर्ने सुझावदिए ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको अपुर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने आवश्यकता औल्याउँदै अब कसैले पनि गुट उपगुटमा लागेर यसमा अवरोध गर्न नहुने तर्क गरे ।
उनले नेपालमा आफूहरुकै कालमा देश समृद्ध हुने विश्वास ब्यक्त गर्दै अब आर्थिक समृद्धि सिंगो देशको एजेण्डा बन्नु पर्नेमा जोड दिए ।
उनले नयाँ शक्ति मुलुकमा बैकल्पिक धार निर्माण गरेर राजनीतिक विकल्प दिन खडा भएको समेत स्पष्ट पारे ।
भट्टराईले संविधान जारी गर्न खेले जस्तै यसको सकारात्म विकास गर्न भूमिका खेल्न सकोस भन्ने कामना समेत ब्यक्त गरे ।
पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले संविधान जारी भएपछि पनि जनताको किन असन्तुष्टी देखिएको हो भन्ने विषयको समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि अब विचारमा परिवर्तनको आवश्यकता औल्याए ।
उनले विचार परिवर्तनको लागि रिपोर्टर्स क्लब नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै क्लब नभएको भए जनताले सत्य सूचना पाउन बाट बञ्चित हुनु पर्ने अवस्था आउने स्थिति उत्पन्न हुन सक्ने बताए ।
ब्यवस्थापिका संसदका पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले संविधान जारी भएसँगै एउटा चुनौति समाप्त भएपनि कार्यान्वयनको अर्को चुनौति आएको भन्दै संविधान कार्यान्वयनको चुनौति पार गर्न सबै एकताबद्ध भएर एक ठाँउमा उभिनु पर्ने आवश्यकता औल्याए ।
उनले भने,‘ यो संविधान जनताका प्रतिनिधिले जारी गरेको हो । अब अर्को जारी गर्ने यो भन्दा उपयूक्त थलो छैन । अहिले पनि कहि विभेद छ भने छलफल गर्न सकिन्छ ।’
यो संविधान अनुसार भएको प्रधानमन्त्री निर्वाचनमा सहभागि भएकाले अब संविधान अस्विकार्य छ भनेर भन्न नमिल्ने भन्दै असन्तुष्टी भए त्यसलाई संविधान संसोधनमार्फत संबोधन गर्दै जानु पर्नेमा जोड दिए ।
नेम्वाङले भने, सबै दलको सबै कुरा पुरा संविधानले गरेको छैन । भारतमा १२२ पटक संसोधन गर्दा त समस्या विद्यमान छ भने हामीले त भर्खरै संविधान बनाएका छौ । न्यायपूर्ण जायजमाग छलफल गरेर संसोधन गर्दै जान हामी तयार छौ ।’
क्लब र अध्यक्ष ऋषि धमलाले सबैलाई सबैलाई एक ठाँउमा उभ्याएर समस्या समाधानमा सकारात्मक दवाव दिन भूमिका खेलोस भन्ने कामना गर्दै धमलाको सक्रियताको निरन्तरताको कामना ब्यक्त गरे ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले द्धन्दकालिन मुद्दा नियमित तरिकाले ब्यूत्याएर देशमा दिगो शान्ति हुन नसक्ने दावी गर्दै भने,‘माओवादी नेताका टाउको मुद्दा राखेर शान्ति हुँदैन ।
उनले संसदबादी हिसावले संविधान ठिकै भएको र केही सकारात्मक पक्ष समेत रहेको भन्दै उत्पीडित समूदायको सवालमा अपेक्षा गरे अनुसारको विषय नसमेटिएको दावी गरे ।
उनले राज्य सञ्चालनमा बसेकाहरुले क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सिके देश र जनताको पक्षमा काम गर्न सकिने तर्फ ध्यान आर्कषित गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बन्न र कसैलाई सरकारमा पुर्याउन हतार हतार फाष्टट्रयाकबाट संविधान जारी गरेको दावी गर्दै यो संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेकोले आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पारे ।
उनले समाजमा ब्याप्त विभेद संबोधन नगरुन्जेलसम्म मुलुकमा शान्ति, स्थायीत्व र समृद्धि हुन नसक्ने दावी गर्दै आफ्नै जनतालाई विखण्डनकारी भन्दा मुलुकमा शान्ति हुन नसक्ने बताए ।
यादवले राजनीतिक समस्याको समाधान राजनीतिक तवरले खोज्न आग्रह गर्दै नेपालमा उत्कृष्ट भनिएका संविधान आर्यघाटमा सेलाईसकेकोले यसबाट सतबुद्धी लिन सुझाव दिए ।
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आठ वर्ष लगाएर ल्याएको संविधानलाई हतारमा ल्याएको भन्नु र ९० प्रतिसत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानमा अपनत्व छैन भन्नुु मुलुक संविधान अनुसार अघि बढे समाजवाद आउला कि भन्ने डरको उपज भएको भन्दै आफै अघोषित नाकाबन्दी गरेर सरकारले कालोबजारी गर्यो भन्नुको तुक नभएको तर्क गरे ।
उनले संविधानले विभेद हुन नसक्ने कुरा गरेकोले यसलाई लागु गर्न नदिनेले जनतालाई अधिकारबाट बञ्चित गर्ने दावी गर्दै कुनै जायज समस्या भए त्यसलाई समाधान गर्न सरकार बार्ताकोलागि तयार रहेको स्पष्ट पारे ।
उपप्रधान तथा गरिबी निवारण एवम सहकारी मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा धेरै तिरबाट हमला भईरहेकोले यसलाई कार्यान्वयन गर्न सबै एक भएर लानु पर्ने आवश्यकता औल्याउँदै राज्यको पुर्नसंरचनाको नाममा अझै पनि राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा संकत रहेको दावी गरे ।
उनले देशको अखण्डता जोगाएर मात्रै आर्थिक समृद्धि हुने भन्दै यस्ता अन्तर्राष्ट्रिय खेलका विरुद्ध सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्लबले खेलेको भूमिको प्रसंसा गर्दै क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सबैले सिक्नु पर्ने धारणा राखे ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रले आफ्नो मिसन पुरा गरेकोले अब त्यसलाई पूर्ण दिन सबैसँग छलफल गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सधै आफ्नो मिसनमा लाग्ने ऋषि धमलाबाट सबैले सिक्नु पर्ने भन्दै संविधान कार्यान्वयनमा क्लबको भूमिकाको आवश्यकतामा जोड दिए ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले लोकतन्त्र, संघीयता, समाजिक न्याय र संविधानसभाबाट संविधान जारी गर्न क्लबले सकारात्मक भूमिका खेलेको भन्दै अब संविधानको कार्यान्वयन गरेर मलुकलाई समृद्धिमा लान समेत क्लबको भूमिको आवश्यकता औल्याए ।
विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा संविधान जारी भएपछि विकास र शान्तिको सदिक्षा विपरित काम भएको भन्दै क्लबलाई संविधानको कार्यान्वयनमा भूमिका खेल्न आग्रह गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडले एक्लैले कसैले पनि मुलुक हाक्न नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयनकोलागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सबैले सहमतिको साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले संविधान जारी गर्नु भन्दा कार्यान्वयन गर्नु ठूलो कुरा भएको भन्दै संविधानमा केही राम्रा पक्ष भएपनि थरुहट मधेसले नमानेकोले यो संविधान उत्कृष्ट हुनै नसक्ने ठोकुवा गरिन ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ९० प्रतिसत जनताले अनुमोदित गर्दैमा संविधान जनअनुमोदिन नहुने भन्दै मधेसको माग अनुसार संविधान स्विकार्य गरेर सबैलाई स्विकार्य हुने संविधान बनाउनु पर्ने धारणा राखे ।
क्ल्बका अध्यक्ष ऋषि धमलाले मुलुक बनाउन सबै दलहरु सरकारमा जानु पर्ने आवश्यकता औल्याउँदै असन्तुष्ट मधेससँग तत्काल संबादको प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले निरकुंश शासनको विरुद्धमा लगेको क्लब संविधान कार्यान्वयनमा पनि दत्तचित्त भएर लाग्ने धारणा राख्दै क्लबलाई सबैको साझा मञ्चको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
धमलाले राष्ट्रियताको विषयमा क्लबले कसैसँगपनि सम्झौता नगर्ने स्पष्ट पार्दै क्लब सधै नेपाली जनताको अधिकारको रक्षा र मुलुकको समृद्धिको यात्रामा सहकार्य गर्दै अघि बढ्ने बताए ।
२६ चैत, कपिलवस्तु ।
अत्यधिक हावाहुरीका कारण आज दिउंसो कपिलवस्तुको कुशहवा गाविस स्थीत १ र २ बडाका १ सय भन्दा बढी घरगोठमा आगलागी हुंदा झण्डै १ करोड जतिको धनसम्पती जलेर नष्ट भएको स्थानीयवासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तौलीहवाबाट गएको दमकलले आगो झन्डै ६ घन्टापछि नियन्त्रणमा आएको थियो ।
पप्पु गुरुङ- २५ चैत,दोधारा चाँदनी । दोधारा चाँदनीमा बिभिन्न प्रलोभन दिएर बेचिएको भनिएको एक युवती भारतबाट भागेर आफ्नो घर फर्केका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं.२, कालिका टोल निवासी १८ वर्षिय बिपना ठगुन्ना (नाम परिवतर्तन गरिएको) भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ स्थितबाट भागेर दोधारा चाँदनी फर्केका छन् ।
पिडित ठगुन्नालाई उनैको छिमेकी अन्ताजी ४१ वर्षिय शंकर धामीले २०६६ सालमा बैगलोरमा राम्रो जागिर दिने भन्दै सुटुक्क बैगलोर पु¥याएको बिपना ठगुन्नाले बताएका छन् । “दिन दिनै म संग भेट गरेर तिम्रो घरमा कमाई गर्ने कोही छैनन् । तिमीले राम्रो काम पाउछौं । म संग बैगलोर हिड्, शंकर दाईले भन्ने गर्थ्यो” बिपना ठगुन्नाले भनिन् ।
“त्यत्तीजेल म १२ वर्षको थिए कक्षा ८ मा पढ्दै थिए” उनले थपिन् । “म पनि शंकर दाई लाई बिश्वास माने ।” रुदै बिपनाले भनिन् । उनलाई बैगलोर लगेर शंकर धामीले प्रेम ठगुन्नाको कोठामा लगेर राखेका थिए । प्रेमको घरमा उनका श्रीमती सिता ठगुन्ना उनका छोरा बिरु र एक छारी रहेको बताईएको छ् । प्रेमको घरमा राखेको एक साता भित्र बिपनालाई शंकरले काम दिलाएका थिए । उनलाई १४ वटा अलग अलग घरहरुमा भाडा माझ्ने काम गरे बाफत मासिक भारतिय रुपि“या २३ हजार हुन आउने गरेको बताएकी छिन् । मासिक दिन नबित्दै शंकर धामी आएर पैसा बुझेर लग्ने गरेको साताको ३ रात ठुला ठुला सेठको ओछ्यानमा लगेर शंकरले छाडेर आउने र राती बिहान पख लिन आउने गरेको बिपनाले बताएकी छिन् ।
एक सेठ संग सुते बाफत शंकरले १० हजार लिने गरेको थियो । शंकर बैगलोरमा ट्रक चालक हो । “नमान्दा नमान्दै कति जना संग सेठको ओछ्यानमा सुत्नु प¥यो । म आफैलाई थाहै छैन् ” बिपनाले भनिन् । आफुले दिन दिनै शंकर, प्रेम लागएत उनलाई श्रम शोषण तथा यौन शोषण गर्दै आएको उनले आरोप लगाएकी छिन् । उनि बैगलोरमा दिन दिनै कुटिएको बताउछिन् । “नरकमा गएको जस्तो भयो ” उनले भनिन् उनलाई बन्धक बनाएर राखेको बिपनाको भनाई छ् । एक दिन एक सेठको घरमा लग्दै गर्दा शौचालय जान्छु भनेर भागेर बिपना दोधारा चा“दनी पुगेको हुन् । उनलाई बाटोमा एक धनगढीको एक युबकले बनाबासा सम्म पु¥याउन सहयोग गरेको उनको भनाई छ् । उनले आफु माथी श्रम तथा यौन पेशामा धकेल्न खोज्ने बिरुद्ध चाडै मुद्धा दर्ता गरेर कार्वाही गर्ने प्रक्रियाको तयारीमा रहेको बताएका छन् ।
<p style="text-align: justify;">काठमाडौं,बैशाख १ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर फाँटको प्रशासकीय अधिकृत शिब दत्त अवस्थीले हस्ताक्षर गरेको नागरिकतामा गम्भिर त्रुटि भेटिएको छ । उच्च ओहदामा बसेर प्रशासनको जिम्मेवारी सम्हालेका एक व्यक्तीले महिला र पुरुष छुट्याउन नसक्का एक अनपढ व्यक्तिको नागरिकताकै कारण १० हजार सकिएको छ । वैदेशिक रोजगारीको शिलशिलाका आफ्नो नागरिकताको दोस्रो प्रतिलिपी बनाउन पुगेका दोधारा ४ का याम बहादुर बोगटीलाई लिङगको ठाँउमा महिला लेखिदिदाँ उहाँले अनावश्यक १० हजार रुपयाँ खर्च गर्नु परेको हो । </p>
<p style="text-align: justify;">उहाँ रोजगारीको प्रक्रिया चाल्न लागि काठमाडौं पुगेपछी मात्र उहाँले आफ्नो नागरितामा त्रुटि भेट्नु भएको थियो । रोजगारको सपना बोक्दै हातमा पसपोर्ट र नागरिकता लिएर कञ्चनपुरवाट काठमाडौं गएको ४ दिन पछि पार्सपोर्ट पेश गर्दा नागरिकतामा त्यस्तो देखियो आफु त अनपढ केहि थाहा नै थिएन प्रशासनले नै यस्तो गल्ती गेरेपछि मेरो आउन जान र बसाईको १० हजार खेरै गयो उहाँले टप नेपाल न्युजसँग भन्नु भयो । </p>
काठमाडौं,चैत २३ । युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । टोली नेतामा महेश रञ्जित र व्यवस्थापकमा सन्तोष श्रेष्ठ रहेका छन् । टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एक लाख युएस डलर पुरस्कार राशी रहेको प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने प्रशिक्षक श्रेष्ठले बताए ।
पाँच सदस्यीय कराते टोलीलाई एक समारोहविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगबलबार विदाई गरे । टोलीलाई शुभकामना प्रदान गर्दै सदस्य सचिव विष्टले करातेमा विवाद रहेकाले खेल स्तर खस्केको तर्फ ईंगित गर्दै दुई संघ र महासंघको एकिकरणको नजिक पुगेको बताए । विदाई कार्यक्रममा नेपाल कराते महासंघका सदस्य श्रीनिवास बैद्य, प्रमुख प्रशिक्षक महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
२६ चैत, मुस्ताङ ।
ट्याक खुलेको एक दशकपछि हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने बेनी–जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेको छ ।
उच्च सरकारी अधिकारी, स्थानीय प्रहरी प्रशासनको पहल, पर्यटन तथा होटल ब्यवसायी र नागरीक समाजबाट सिर्जना भएको तिब्र दवावका कारण विस २०६३ मा ट्याक खुलेको ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा पछिल्लो समय निर्बाध रुपमा सवारी सञ्चालन हुन थालेको छ ।
निजी र पर्यटक गाडीलाई पूर्ण रुपमा सञ्चालन गर्न दिएका स्थानीय यातायात ब्यवसायीले अन्य ठाउँबाट रिजर्भमा आउने सार्वजनीक गाडीहरुलाई भने बिच, बिचमा रोकेर गन्तब्यमा पुग्न नदिने र यात्रुलाई दुख दिने क्रम केही कम भएपनि पूर्ण रुपमा रोकीएको छैन् ।
अघिल्लो वर्षसम्म म्याग्दी र मुस्ताङका यातायात ब्यवसायीले अन्य कुनै पनि सवारी साधनलाई बेनी भन्दा माथि जान दिने गरेका थिएनन् ।
सबै किसीमका सवारी साधनलाई सञ्चालन गर्न सरकारले निर्देशन दिएकाले बाटोमा कुनै अवरोध भए प्रहरीलाई गुनासो गरेको अवस्थामा गन्तब्यमा पुराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
विगतमा बदनामी कमाएको बेनी जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेपछि आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनुका साथै आगमन पनि बढेको मुस्ताङ होलीडे ट्राभलका सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।
स्थानीय यातायात ब्यवसायीले पनि प्रतिस्पर्धा हुन थालेपछि बेनी र जोमसोमका साथै बागलुङबाट दैनिक तिन वटा र पोखराबाट ६ वटा माइक्रोबस सिधै जोमसोमका लागि छुटाउने गरेका छन् । बेनीबाट प्रत्येक घण्टामा स्तरीय सुबिधायुक्त गाडी छुटाउने तयारी गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ ।
पप्पु गुरुङ्, २९ चैत्र, दोधारा चाँदनी । महाकाली नदीमा डुबेर युवकको ज्यान गएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ९, ढकनाघाट बस्ने बलदेब साँउदको छोरा वर्ष १७ को अशोक सिंह साँउदको आज अपरान्ह १: ३० बजे महाकाली नदीमा नुहाउने क्रममा आज डुबेर ज्यान गएको बताईएको छ् । गहुँ काटेर साथीहरु संग महाकाली नदीमा नुहाने क्रममा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले जनाएका छन् ।
२६ चैत, चरिकोट ।
एसएलसी दिंदै गरेकी १८ बर्षीय युवतिले बच्चा जन्माएर जंगलमा फालेकी छिन् ।
ढिलोगरि प्रहरीले सालनालसहित नवजात शिशुलाई अस्पताल पुर्याएपनि बच्चाको निधन हुन पुगेको छ ।
प्रहरीले बच्चा जन्माएर फाल्ने भिमेश्वर नगरपालिका १० की वर्ष १८ की प्रमिला विकलाई पक्राउ गरी कर्तब्य ज्यानको मुद्दा चलाएको छ ।
खोर थली सामुदायिक बनमा हिजो प्रहरीले एक नवजात शिशु जिउँदै फेला पारेको थियो । नवजात शिशुको भने आज बिहान उपचारका क्रममा निधन भएको हो ।
जिल्लाको सर्ब माविमा परीक्षा केन्द्र भएपनि प्रहरीले भने स्थानीय प्राथमिक स्वास्थ्थ केन्द्रमा राखेर उनलाई परीक्षा लिने व्यवस्था मिलाएको छ । यद्यपी उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
१८ चैत, काठमाडौं ।
एसियाली विकास बैंकले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
एडिबिले बुधबार काठमाडौंमा एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिक गर्दै शक्तिशाली भूकम्पका कारण चालू आर्थिक वर्षमा आर्थिक वृद्धि तीन प्रतिशतमा सीमित भए पनि आगामी आर्थिक वर्षमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो ।
भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा विगत केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको र ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष बैंकले निकालेको छ ।
कार्यक्रममा एडिबीको नेपालस्थित कार्यालयका राष्ट्रिय निर्देशक केनिची योकोयामाले मानव संशाधन तथा भौतिक पूर्वाधारमा लगानी बृद्धिका साथै जलविद्युत् परियोजना र पुनर्निर्माणका कामलाई तीव्रता दिन सकिए नेपालको आर्थिक वृद्धि बढ्न सक्ने बताउनुभयो ।
२९ चैत, नागोयो ।
अप्रिल १० तारिखमा राजधानी टोकियोमा ड्रिम्स चलचित्रले तहल्का मच्चाएपछि यो चलचित्र १७ तारिखमा जापानको नागोयामा पनि प्रदर्शन हुने भएको छ ।
नायीकाको रुपमा डेव्यु गरेकी साम्राग्य लक्ष्मीराणा र युवा स्टारडम अनमोल केसी अभिनित चलचित्र ड्रिम्सको नागोया प्रदर्शनको अधिकांश टिकट विक्रि भइसकेको चलचित्र ड्रिम्स नागोया प्रदर्शनको व्यवस्थापन हेरिरहनुभएका रोशन कार्कीले जानकारी दिनुभयो ।
हप्तादिनमै २ करोड बढीको व्यापार सहित नेपालमा सर्वाधिक लोकप्रिय बन्दै रेकर्ड बनाएको चलचित्र ड्रिम्स जापान, कोरिया, अष्टेलिया लगायत देशमा प्रदर्शन भइरहेको छ ।
नयाँ बर्ष २०७३ को अवसर पारेर प्रदर्शन गर्न लागेको चलचित्र नागोयामा नेपालीहरुबिच भेटघाट र शुभकामना आदान प्रदान गर्ने अवसर समेत बन्न पुगेको छ ।
टिकट सकिन लागेको भन्दै नागोया चलचित्र प्रदर्शनको जिम्मेवारी सम्हाल्नु भएका रोशन कार्कीले मात्र तीन हजार जापानी ऐन तोकिएको टिकट तत्काल लिन आग्रह गर्नुभयो ।
नागोयामा चलचित्र ड्रिम्स हिमाशी बुन्का स्योउगेकिज्योउमा प्रदर्शन गरिँदैछ । नागोया डोमे मे यादा स्टेशनबाट हिँडेर मात्र ५ मिनेटमा पुगिने यो ठाउँ मेइजि लाईनको १ नम्वर एक्जिटबाट निक्लनुपर्ने छ ।
नायोगामा अप्रिल १७ तारिखका दिन साँझ ६ बजे चलचित्र प्रदर्शन हुनेछ ।
चलचित्र ड्रिम्स नागोया सँगै १७ तारिखमा नै जापानको थोचीकीमा पनि प्रदर्शन हुँदैछ । यसैगरि त्यसअघि १६ तारिखमा फुकुओका तथा अप्रिल २३ तारिखमै सिओओकामा प्रदर्शन हुने भएको छ ।
जापानकै गुम्बाकेन र सेन्दाईमा ड्रिम्स प्रदर्शन हुने पक्का भइसकेपनि मिति र स्थान तोकिन बाँकी रहेको जापानमा चलचित्र विक्रिको अधिकार पाएको स्टार इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
नागोयाको लागि सम्पर्क
रोशन कार्की -०८०-९११३-३५७९
टिकट लिन सम्पर्क ठेगानाहरुमा
टिकट पाउने स्थानहरू !
मालति रेस्तुरेन्ट टोयोटा
योक्कची हल्लाल
नागोया हल्लाल
Nishan Rana
Karma Dong Tamang
Sus-Yang Bro-Singar
Tamang Chhabi Lama
Raj Maharjan
Roshan Karki
यो पनि पढ्नुहोस् ।
जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन
जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'
भक्तपुर,चैत २७ । जिल्लाको दूधपाटी–१७ मा रहेको लिटिल वल्र्ड माध्यामिक विद्यालयले आफ्ना दुई विद्यार्थी अमर र आयुषालाई ‘लिटिल वल्र्ड एम्बेस्डर’ छनोट गरेको छ । छात्रतर्फ कक्षा ६ मा अध्ययनरत अमरजंग थापा र छात्रातर्फ कक्षा ७ मा अध्ययनरत आयुशा शील्पकारलाई विद्यालयले आगामी शैक्षिक सत्रभरका लागि लिटिल वल्र्ड एम्बेस्डर छनोट गरेको हो ।
२१औँ शताब्धीको शिक्षालाई गुणस्तरीय, व्यवहारिक र समयाअनुकुल बनाउनुपर्ने भन्दै विद्यालयले ती दुई विद्यार्थीलाई विद्यालयको आकर्षणको रूपमा ‘लिटिल वल्र्ड एम्बेस्डर’ नाम दिएर छनोट गरेको हो । एम्बेस्डर घोषित विद्यिार्थीहरूसँग विद्यालयका अन्य विद्यार्थीहरूले पनि प्रतिस्पर्धा गरेका थिए ।
गत बिहीबार विद्यालय प्राङ्गणमा भएको एक विशेष कार्यक्रममा एम्बेस्डर छनोटका लागि ट्यालेन्ट हन्ट, विभिन्न सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई प्रतिस्पर्धा गराइएको विद्यालयले जनाएको छ । प्रतिस्पर्धामा छात्रतर्फ अनुश कायस्थ र रोनक शील्पकार क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए भने छात्रातर्फ रक्षा पोखरेल र सृष्टि श्रेष्ठ क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए । लिटिल वल्र्ड एम्बेस्डर छनोटका लागि कान्तिपुर टेलिभिजनका समाचार बाचक रूपेश श्रेष्ठ, समाचार बाचिका समृद्धि रिजाल र सञ्चारकर्मी किरण खनाल तथा कलाकारहरू उपस्थित थिए ।
एम्बेस्डर घोषित छात्र–छात्रालाई विद्यालयले लिँदै आएको मासिक शुल्कमा ३० प्रतिशत छात्रवृत्तिस्वरूप छुट दिने घोषणा गरेको जानकारी विद्यालयका अध्यक्ष पदमध्वज कार्कीले दिएका छन् । त्यस्तै लिटिल वल्र्डमा अध्ययनरत सम्पूर्ण विद्यार्थीमा रहेको विभिन्न प्रतिभाहरूलाई प्रस्फुटन गराउन विद्यालयले समान वातावरण बनाउने प्रतिबद्धता पनि अध्यक्ष कार्कीले जनाएका छन् । विद्यार्थीहरूको प्रतिभा र क्षमताअनुसारको विभिन्न भूमिकामा विद्यार्थीहरूलाई सहभागी गर्दै लैजाने पनि उनले बताएका छन् ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिकी रूपमा रहेकी नायिका केकी अधिकारीले गरेकी थिईन् । कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलाप र गतिविधिहरूमा उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका अवसरमा सोही विद्यालयमा प्रिस्कुल पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका २६ जना विद्यार्थीहरूलाई पोष्ट ग्राजुएशन गराइएको थियो । विद्यालयले आगामी शैक्षिकसत्रका लागि विभिन्न कार्यक्रमहरू पनि घोषणा गरेको छ ।