नेपाली दुतावास कोरियाद्वारा भुकम्पका नाममा उठेको पैसाको बिबरण अस्पष्ट

अर्जुन बराल-सोल,चैत २१ । गत बैसाख १२ गते शनिबार पूर्ब–दक्षिण—पूर्ब गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई गएको ७.८ रेक्टर स्केलको भुकम्पले नेपाल सरकारको प्रारम्भीक जानकारी अनुसार सातहजार भन्दा बढीको संङख्यामा नेपाली हताहती भएको देखाउँछ भने खरबौ मुल्य बराबरको भौतिक संरचना ध्वस्त भएको र हजारौको संङख्यामा नेपाली नागरिक अंगभंग भएका थिय ।

भूकम्प पिडितहरुको निम्ति राहत, उद्दार, पुर्नस्थापना, क्षतिग्र्रस्त संरचनाहरुलाई पुरानै अबस्थामा फर्काउनका लागि प्रधानमन्त्री दैबि प्रकोप उद्दार कोषमा स्वदेश एंवम नेपाल सरकारका बिदेशमा रहेका बिभिन्न कुटनीतिक नियोग, प्रबाशमा रहेर बिभिन्न पेशा ब्यबसाय अंगालेका नेपाली समुदाय लगायत बिभिन्न सामाजिक संघसंस्थाबाट करोडौ डलर जम्मा भएको थियो । जसमध्ये बिदेशमा रहेका नेपाल सरकारका कुटनीतिक नियोग मध्ये दक्षिण कोरिया स्थित नेपाली दुतावासले पनि कोरियन एक्सचेन्ज बैङ्क(केईबि) मा अर्थक्वेक रिलिफ फन्ड नामक खाता नं. ६११–०२५९३३–९७९ खोली आर्थिक संकलन गरि प्र्रधानमन्त्री दैबि प्र्रकोप उद्दार कोषमा पठार्र्ईएको सहयोग रकम र दुतावासबाट पठाईएको भनिएको रकम सम्बन्धी बिबरण फरक परेकोे पत्ता लागेको छ ।

जब बैसाख १२ गते प्राकृतिक प्रकोप १९९० पछिको दोस्रो महाभुकम्प गयो त्यसको दुईदिन पछि अर्थात बैसाख १४ गते सोमबार प्र्र्रधानमन्त्री दैबी प्र्रकोप उद्दार कोषमा सर्बप्रथम सत्यनारायण केयलबाट नेपाली दुई लाख रुपैयाँ जम्मा भयको थियो भने सबैभन्दा पहिला नेपाल सरकारका बिदेशमा रहेका कुटनीतिक नियोग मध्ये नेपाली दुतावास कोरियाले बैसाक २४ गते १,८२,२२९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १,८४,६८,९८१ जम्मा गरेको थियो जस मध्ये दुतावासमा कार्र्यरत पाँचजना डिप्लोम्याट कर्मचारीबाट एकमहिना बराबरको तलब सहयोग गरिएको भनिएको छ ।

दुतावासले आफनो वेभसाईटबाट सार्बजनिक गरेको बिभिन्न सामाजिक संघसंंस्थाको सहयोग मार्फत दुतावासको माध्यमबाट नेपाल पठाईएको अत्याबश्यक राहत सामाग्रीमा ३०,६६१ युनिट बराबर ब्ल्याकेट,ग्लोभ्स्,औषधी,स्मार्टफोन,म्याट्रेस रहेका छन् भने ९९,१९९ के.जी.दुधपाउँडर,टेन्ट,म्याट,कपडा,जुत्ता,औषधी लगायतका ५,३२,१४,५१,५५० कोरियन वोन मुल्यबराबरका सामाग्री एयरलाईन्स एंवम पानीजहाज मार्फत नेपाल पठाएको देखाईएको छ ।

तर देशको प्र्रतिनिधित्व गर्ने दुतावासले सार्बजनिक गरेको आर्थिक बिबरण किन सत्य छैन त ? यस बिषयमा छानबिन हुँन जरुरी छ । हेरौ प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा नेपाली दुतावास कोरियाबाट जम्मा भएको आर्थिक बिबरण:—

नेपाली दुतावासले हालसम्म आठ पटक सम्म प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोषमा सत्रलाख बत्तिस हजार पाँच सय एकानब्बे डलर अर्थात सत्र करोड उननसत्तरी लाख पन्ध्र्रहजार चार सय पचासी रुपैयाँ एकानब्बे पैसा जम्मा गरेको देखिन्छ तर दुतावासले भने जम्मा सोह्र लाख अठहत्तर हजार छ सय एकतीस् डलर जम्मा गरेको देखाएको छ । हेरौ भुकम्प पिडीतका लागि नेपाली राजदुतावास दक्षिण कोरियाबाट संकलीत भई प्र्र्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा पठाईएको रकम सम्बन्धी बिबरण जसलाई दुतावासले आफनो वेभसाईट मार्फत सार्बजनिक गरेको छ :—

korea m

यसरी यि दुबै तथ्याङ्क हेर्र्दा प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा नेपाली दुतावास दक्षिण कोरियाले २९ पौष २०७२ मा जम्मा गरिएको भनिएको छ्यालीस हजार बयालीस् डलर कहि कतै देखिदैन भने दुतावासको वेभसाईटमा पनि २०७२ साउँन १४ गते प्रधानमन्त्री दैबी प्रकोप राहतकोषमा जम्मा गरिएको एकलाख डलर कहि उल्लेख गरिएको देखिदैन ।

यसैलाई आधार मान्ने हो भने कुन र के कति कारणबाट फरक गर्न गयो त त्रिपन्न हजार नौ सय साठ्ठी डलर ? यस बिषयमा हामीले यो कोषमा अब के कति बाँकी छ त्यसको बिषयमा बुझन महामहिम राजदुत कमानसिंह लामा सँग सम्र्पक गर्दा उहाँले द्धितिय सचिब सँग बुझन आग्रह गरेसँगै हामीले उहाँलाई सम्र्पक गरि जानकारी माग्दा उहाँले दुतावासको बेभसाईटमा रहेको तथ्याङ्कनै आधिकारिक रहेको र फन्ड खाली रहेको जानकारी दिए सँगै हामीले एकलाख डलर जम्मा गरेको देखिन्छ भन्दा यो होईन सायद उतैबाट फरक परेको हो कि बरु आधिकारीक बुझन दुतावासमा लिखित निबेदन दिए सँगै बताउँन सकिने जानकारी दिनुभयो तर प्रधानमन्त्री दैबी प्रकोप राहतकोष सबैले हेर्न सकिने र जानकारी माग्दा सजिलै प्राप्त गर्न सकिन्छ भने नेपाली दुतावास दक्षिण कोरियाले जानकारीका निम्ति लिखित निबेदन किन माग्दै छ ?

आखिर जम्मा नै नभएको रकम प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा देखिने अनि जम्मा गरिएको भनिएको रकम नदेखिएको बिषयमा हामीले सम्बन्धीत क्षेत्रमा जानकारी लिनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रबत्ता एंवम सहसचिब बिनोद बहादुर कुँवर सँग फरक परेको एमाउन्टको बारेमा उहाँलाई टेलिफोन सम्र्पक गर्दा उहाँ भन्नुहुन्छ यो कसरी फरक परयो त,फरक त पर्र्नु नपर्ने ? हामीबाट त्रृटीहुँने कुरा हुँदैन जम्मा गरिएको भनेको रकम देखिन्छ नगरे देखिन्न । तपाईहरुले गम्भिर बिषय उठान गरिदिनुभयो यसबिषयमा म आबश्यक छलफल र अनुसन्धान गर्ने छु उहाँले प्रतिक्रिया दिनुभयो ।
 

पद्मकन्या क्याम्पस स्ववियु सभापति स्वस्तिकाको सवारी दूर्घटनामा निधन

१५ चैत, बारा ।पद्मकन्या क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियनको सभापती लाल कुमारी पोखरेल (स्वस्तिका)को सवारि दुर्घटनामा परि निधन भएको छ । बाराको अमलेखगंज–६ आदाबारमा सोमबार बिहानै बस र कार आपसमा ठोक्किदा उनको घटनास्थलमै  निधन भएको हो । मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की पनि रहेका छन् ।   कारमा सवार  प्रदिप पोखरेल र गोविन्द बुढाथोकी घाइते भएका छन्।  घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना४ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको बा३च ८०९७ नम्बरको कार आज बिहान पौने ५ बजे आपसमा ठोक्किएका थिए ।

 

भारतमा ६ नेपाली जेल चलान

२० चैत, महोत्तरी ।
भारतीय सीमा सुरक्षा बल 'एसएसबी' ले बुधवार पक्राउ परेका ३५ नेपालीमध्ये ६ जनालाई जेल चलान गरेको छ ।

बाँकी २९ जनालाई १८ वर्षभन्दा कम उमेरको भन्दै त्यहाँको चाइल्ड लाइनमार्फत बाल सुधारगृहमा पठाएको बिहार पुलिसले शुक्रवार जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
 
कारागार चलान गरिएका धनुषा पर्टेवा-६ का उपेन्द्र सदा, सुरज अधिकारी दनुवार, वडा नम्बर-५ का ज्ञान दनुवार, सिरहा बन्दीपुर-१ का तपोलाल दनुवार, सिरहा  बक्राहा-३ का सरिफ मियाँ र धनुषा सबैला-८ का बद्री सदा रहेको श्रीखण्डी भिट्ठास्थित बिहार पुलिसले जनाएको छ ।
 
उनीहरुलाई एसएसबीको लिखित पत्रपछि मानव बेचबिखन कसुरमा सुरसन्ड थानामा 'एफआईआर' दर्ता गरी सीतामढी सदरमुकाम डुमरास्थित कारागार चलान गरिएको हो ।
 
श्रीखण्डी भिट्ठास्थित बिहार पुलिस प्रमुख मिहिर कुमारका अनुसार जेल चलान गरिएकामाथि अनुसन्धान गरी डुमरा कोर्टमा मुद्दा दर्ता हुनेछ।  

अन्तर्राष्ट्रिय फुटबल खेल्न नेपाली जुनियर टिम टोकियो आइपुग्यो

मदन पाठक-१६ चैत, टोकियो ।
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली जुनियर फूटबल टोली जापान आइपुगेको छ ।
आगामी अप्रिल पहिलो साता जापानमा हुने १२ वर्ष मुनिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा भाग लिन नेपालबाट प्रसन्न श्रेष्ठ, प्रकाश नेपाली, निराजन थापा, मनोज नेपाली, साकार थापा, अनमोलसिंह थापा, अविरल थापा, मनोज जलारी, रोशन थापा, कुशल परियार, प्रमेश गुरुङ, अस्मित गोर्खाली, बिशाल थापा मगर र प्रशिक्षक शम्भु केसी रहेका छन् ।

टोकियो फुटवल संघ र फुटवल क्लव कोपा पुमा तोरेरोस जापानको संयुक्त आयोजनामा अप्रिल १, २ र ३ मा कोपा पुमा तोरेरोस(२०१६ अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगिता हुँदैछ ।

विगत ५ वर्ष देखि जापानमा हुँदै आईरहेको उक्त प्रतियोगितामा नेपाली टिमको पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।

उक्त प्रतियोगितामा नेपाली टिमलाई सहभागी गराउन सहयोग समितिको लागि शरदकुमार गौचन नेतृत्वको टोलीले पहल गर्दै आएको थियो । जनु सहयोगी समुहको उपसंयोजक ओमप्रकाश तुलाचन, सदस्यहरु बसन्त गौचन लगायत रहेका छन् । नेपालबाट आएको जुनियर फुटबल टोलीलाई नारिता विमानस्थलमा पनि उहाँहरुले खादा लगाएर स्वागत गर्नुभएको थियो ।र्पण गरी स्वागत गर्नुभयो ।

नेपालबाट आउने खेलाडीहरुको लागि जापानमा आवास, भोजन र यातायातको ब्यवस्था आयोजक समितिबाट हुने भए पनि नेपालबाट जापानसम्मको हवाई टिकटको ब्यवस्था नहुने भएकोले जापानबासी नेपालीहरुबाट सहकार्यको अपेक्षा गर्दै सहयोग समितिले बिभिन्न ढंगले स्रोत जुटाउन लागिपर्दै आईरहेको छ ।

सोहीअनुसार नेपालबाट आएको टिम र जापानमा रहेको जुनियर नेपाली टिम बिच आइतवार च्यारिटी म्याच हुने भएको छ । च्यारिटी म्याचको प्रतिब्यक्ति १ हजार येन प्रवेश शुल्क तोकिएको छ । उक्त म्याचमा उपस्थित भई नेपाली बाल खेलाडीहरुप्रति सम्मान ब्यक्त गर्न र हौसला थपिदिन जापानको नेपाली समुदायमा सहयोग समितिले अपिल गरेको छ ।

च्यारिटी म्याच टोकियोको सेतागाया कु अन्तर्गत पर्ने चिथोसे खारासेयामा भन्ने ठाउँमा आइतवार बिहान ९ बजेदेखि हुने सो समितिले जनाएको छ ।

वैद्य माओवादी केन्द्रीय समिति बैठकमा रुवाबासीदेखि गालीगलौजसम्म

काठमाडौं,चैत २६ । ०६९ असारमा एमाओवादीबाट अलग भएका मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) को बैठक रुवाबासीदेखि गालीगलौजले भरिएको छ । १२ चैतदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्य र नेता रामबहादुर थापा (बादल) को प्रस्तावमाथि आफ्नो धारणा राखेका नेता खुलेरै गालीगलौजमा उत्रिएपछि बैठक हल नै रुवाबासी र गालीगौजले भरिएको हो ।

एमाओवादीलगायत माओवादी घटकसँगको एकताको विषयमा मतभेद भएपछि नेताबीच रुवाबासीदेखि गालीगलौजसम्म भएको एक केन्द्रीय सदस्यले कमाण्डर पोष्टलाई जानकारी दिए । बैठकमा प्रवक्ता पम्फा भुुुसाल, कुलप्रसाद केसी, हितमान शाक्य, पथिकलगायतले पार्टीको कार्यदिशाबारे अनेक विवादमा फस्नुको साटो तत्काल एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

यहाँसम्म कि नेता बादलको पक्षमा उभिएका कुलप्रसाद केसीले त रुन्चे स्वरमा एकता गर्नुपर्ने भन्दै एकताका लागि तयार हुनुको विकल्प नभएको बताए । ‘यहाँ बसेर न क्रान्ति हुन्छ , न संसदीय राजनीतिमा केही हुन्छ, भविष्य समाप्त हुन्छ, विगतका सबै योगदान र आन्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्छ ।

त्यसैले हामी एकतामा जानै पर्छ,’ बैठकमा उनले भने । दिनेश शर्मा, दिलीपकुमार प्रजापति र पवनमान श्रेष्ठले भने देव गुरुङको विरोध गर्दै पार्टीको पैसाले छोरा डाक्टर पढाउने र अहिले मन्त्री बन्न खुट्टा तान्ने भन्दै कडा रूपमा प्रस्तुत भएर वैद्यको प्रस्तावको पक्षमा समर्थन गरे ।

उनीहरूले नेता गुरुङको खुलेरै विरोध गरेपछि देव गुरुङकी श्रीमती तथा पार्टी पोलिटब्युरो सदस्य यशोदा सुवेदीले बढी निहुँ नखोज्न चेतावनी दिँदै निहुँ खाजे जे पनि हुनेसम्म बताइन् ।

बंगुर र कुखुरा फर्म चलाइरहेका केन्द्रीय सदस्य मौसम लिम्बूले त झन् अब जनवादी क्रान्तिको कार्यक्रम नै फ्याँक्नुपर्ने भनेर तर्क गरे ।वैद्य सैद्धान्तिक धरातलका आधारमा मात्रै एकता गर्नुपर्ने पक्षमा छन् ।

वैद्यको ध्यान प्रचण्डभन्दा बादलतिर गएको छ । वैद्यले बैठकबाट एकताका लागि ठोस पहल नचाले बादलको नेतृत्वमा बहुमत नेता–कार्यकर्ता एमाओवादीमा जाने लगभग निश्चित छ । कमाण्डर पोष्ट दैनिकमा बुद्ध लोप्चनले खबर लेखेका छन् ।

दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार प्राध्यापक खत्रीले पाए

२६ चैत, काठमाडौं ।
दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार २०७२ समाजशास्त्री प्राध्यापक डा प्रेमकुमार खत्रीलाई प्रदान गरिएको छ ।

प्रत्येक बर्ष प्रदान गरिने कदरपत्रसहित पच्चीस हजार रुपयाँ राशिको पुरस्कार आज काठमाण्डौमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा डा तिर्थ खनियाँले प्राध्यापक खत्रीलाई प्रदान गर्नुभएको हो ।

लोडसेडिङ अन्त्य: घोषणा मात्रै, चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने

काठमाडौं,चैत २९ ।  प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन्। तर, सरकारको कामगराइले लोडसेडिङ अन्त्य गर्न अझै धेरै वर्ष लाग्ने देखिएको छ।
 
सरकारी अनुमानमा आगामी हिउँदमा उच्चतम विद्युत् माग एक हजार चार सय २३ मेगावाट छ । हिउँदमा अहिले सञ्चालित, भारतबाट आयात हुने, एक वर्षभित्र निर्माण सकिने र सौर्य तथा वायु ऊर्जाबाट गरी एक हजार ६७ मेगावाट आपूर्ति हुनेछ। बाँकी अपुग मागमा सम्भव भएसम्म अन्य नवीकरणीय ऊर्जाबाट आपूर्ति गर्ने सरकारको योजना छ।
 
फागुनमा जारी सरकारको अवधारणापत्रमा एक वर्षभित्र निजी क्षेत्रका करिब दुई सय मेगावाटका आयोजना निर्माण सम्पन्न हुने अनुमान थियो। तर, करिब एक सय ५० मेगावाट मात्रै आपूर्ति हुने भएको छ। भारतबाट विद्युत् आयात बढाउन नेपालतर्फको प्रसारण लाइन क्षमता छैन। नेपाल विद्युत् प्राधिकरणका अनुसार हरेक वर्ष विद्युत् माग १० प्रतिशत बढिरहेको हुन्छ। तर, उत्पादन कम छ।
 
भारतबाट विद्युत् आयात अनिश्चित
 
सरकारले एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्न भारतबाट पाँच सय ८० मेगावाट विद्युत् आयातको लक्ष्य राखेको छ। विद्युत् आयात गर्न ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइन निर्माण सकिएको छ। तर, ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण अनिश्चित छ भने आन्तरिक प्रसारण लाइनको क्षमता पनि छैन।
 
चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने
 
सरकारले चालू आर्थिक वर्ष ०७२/७३ मा एक सय २० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने अनुमान गरेको छ। तर, ५० मेगावाट मात्रै थपिने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरण स्रोतले बताएको छ। चिनियाँ लगानीमा निर्माणाधीन ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजना चालू आवमा नसकिने निश्चित भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजलाई

काठमाडौं,चैत २१ । टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजले जितेको छ । भारतको कलकत्तामा आइतबार राति सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई ४ विकेटले हराउँदै वेष्टइन्डिजले उपाधि उचालेको हो ।अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का हानेपछि २ बल बाँकि छँदै उपाधि जितेको हो। मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए । ब्राभो २५ रनमा आउट भए ।  आन्द्र रसेल १ र डवेन सामी मात्र २ रनमा आउट भए, जति बेला वेष्टइण्डिजको स्कोर ६ विकेटको क्षतिमा १०७ रन थियो ।  

यसअघि दुई ओपनरलाई सस्तैमा गुमाएको वेष्टइण्डिजले आफ्नो भरपर्दा ब्याट्म्यान क्रिश गेललाई चार रनमा गुमाएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। उसका लागि जोइ रूटले सर्वाधिक ५४ रन बनाएका थिए। यस्तै जोइ बटलरले ३६ रन बनाएका थिए। वेष्टइण्डिजका लागि कार्लोस् ब्र्याथवेल्ट र ब्राभोले समान ३-३ विकेट लिए। इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा जो रुटले २ विकेट लिए । जितसँगै वेस्ट इन्डिज दोस्रो पटक विश्वकप च्याम्पियन बनेको छ । यसअघि सन् २०१२ मा वेस्ट इन्डिज विश्व च्याम्पियन बनेको थियो ।

नेपाली नोट चीनमा धमाधम छापिँदै

काठमाडौं,चैत १९ ।  नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए। असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।

जेम्स टेलर २६ वर्षमै सन्यास लिन बाध्य

<p>१ बैशाख, एजेन्सी ।<br />
इंग्ल्याण्डका ब्याट्सम्यान जेम्स टेलर सन्यास लिन बाध्य भएका छन् ।</p>

<p>मुटुको कमजोर अवस्थाका कारण २६ वर्षका टेलर सन्यास लिन बाध्य भएका हुन् ।</p>

<p>स्क्यानबाट टेलरको मुटुको अवस्था कमजोर देखिएको र यस गर्दा उनले खेल्न नसक्ने चिकित्सकले बताएका छन् । टेलरले सात टेस्ट र २७ एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट खेलेका छन् ।</p>

<p>उनी गएको हप्ता अचानक बिरामी परेका थिए । उनलाई आर्थोमोजेनिक राइट भेन्टिकुलर कार्डियोप्याथी एआरभिसी भएकाले उपचार भइरहेको र शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् ।</p>

<p>जेम्सले सुस्वास्थ्यका लागि पाएको सदिक्षाले आफूलाई निकै खुसी बनाएको र यो आफ्ना लागि महत्वपूर्ण हुने बताए ।</p>

सवारी नियम मिचेर भागे ट्राफिक पछि लाग्ने

काठमाडौं,चैत २९ ।  सवारी नियम मितेर भाग्दै त हुनुहुन्न ? तपाईंलाइै सेतो रङका मोटरसाइकलमा सवार व्यक्तिले पिछा गरिरहेको हुन सक्छ । तपाई पक्राउ पर्नुभयो भने आश्चर्यमा नपर्नुहोस् । महानगरीय ट्राफिक प्रहरी महाशाखाल काठमाडों ललितपुर र भक्तपुरका बढी सवारी आवगनम हनुे स्थानमा फरार चालक खोज्न ५०० सीसीका मोटरसाइकलसहित ट्राफिक प्रहरी परिचालन गरेको अाजको कारोबार दैनिकमा समाचार छ ।
नियम मिच्ने तथा दुर्घटना गराएर चालक फरार हुने क्रम नरोकिएपछि यस्तो कदम चालिएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार एउटा चोकमा कसुर गरेर भागेका चालक खोज्न अर्को चोकमा तैनाथ जनपद वा ट्राफिक प्रहरीसँग समन्वय हुनेछ । प्रहरी प्रधान कार्षलयले पहिलो चरण अन्तर्गत ५०० सीसीका २५ मोटरसाइकल महाशाखालाई उपलव्ध गराएको छ ।

 

वन मन्त्रालयकै कारण नेपाल करोडौं गुमाउने अवस्थामा

काठमाडौं,चैत २२ । नेपाल सरकार र ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रवर्द्धक भारतीय सतजल कम्पनीबीच भएको परियोजना विकास सम्झौता अनुसार सरकारले ५ जेठ २०७३ पभत्र २ सय ६२ हेक्टर जमिन उपलव्ध गराइसक्नुपर्छ ।

६ मलिना अघि नै वन क्षेत्रको जग्गा उपलव्ध गराउनको लागि लगानी वोर्डले वन मन्त्रालयमा निवेदन दिएको थियो । तर अहिलेसम्म् प्रक्रिया अघि नवढेको आजको राजधानी दैनिकमा समाचार छ ।

पीडीएअनुसार अबको डेढ महिनाभित्र सरकारले वनको जग्गा उपलव्ध नगराए करोडौं रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्छ । तर, कानुनको जटिलताको कारणले विशेष निर्ण नभए यो असम्भव छ ।

माथिको उदाहारण मात्र होइन सरकारी निकाय वन मन्त्रालयको अवरोधकै कारण जलविद्युत आयोजनाको निर्माण कार्य ढिलाई मात्र भएको छैन यसकै कारण नेपालले करोडौं क्षतिपूर्ति तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web