अप्रिल faool-एलिशा पौड्याल

अप्रिल fool

भिडियो एक्स रे गराउँदा
डाक्टरले बा आमासँग
अप्रिल fool मनाएर
जन्मिएकी म यो धर्तीमा 
सोच्नुस् 
यो दिवस 
मेरा लागि कति महत्त्वपूर्ण होला
एक अर्थमा त 
यो मेरो जन्मदिन हो
होस गर्नुहोस्
म जे नि गर्न सक्छु
खुसीयालिमा
मेरो त जन्मै झुटो 
मलाई झुक्याउन के आपत्ति?

झुक्याउनुहुन्न भन्ने
हजुर महासय
मेरो त अस्तित्वै झुटमा छ
म के गरौँ
ती झुटा डाक्टर
मतलब
बाआमालाई झुक्याउने डाक्टर 
मेरा नजरमा भगवान हुन्
बा'का आँखामा शैतान भएपनि
नानीदेखी लाग्या बानी भन्छन्
मैले त झन्
गर्भमै सिकेँ झुक्याउन
कृपया,
मलाई नझुक्या नभन्नु होला

बा
रक्षा गर्छन् छोरीको
यश अर्थमा 
मलाई बचाउने ती अपरिचित डाक्टर 
मेरा बा हुन्
बा गुरु हुन्
हर छोरीले 
बा बाटै त पाठ पढ्छिन् जिन्दगीको 
मैले पनि पढेँ
मैले पनि सिकेँ
मेरा बा बाट जिन्दगीको पाठ
अब 
भन्नुहोस् महासय 
मैले सिकेको पाठ
लागू गर्नु कि नगर्नु??
मेरा गुरु
मेरा बा 
सही कि गलत???

अन्जन विष्टको गोलले मार्बेला युनाइटेड विजयी

काठमाडौं,चैत १७ ।

अन्जन विष्टको निर्णायक गोलले स्पेनिस क्लब मार्बेला युनाइटेड विजयी भएको छ ।

सोमबार भएको खेलमा अन्जनकै गोलको मदतमा मार्बेलाले एनईसी नाइमेगनको यू-१९ टोलीलाई १-० ले हराएको छ ।

एनईसी नाइमेगनविरुद्धको खेलमा अन्जनले मार्बेलाका लागि विजयी गोल गरेका थिए ।

400 Financial Leaders: Uniglobe MBA in Finance Graduation Program

Uniglobe College organized graduation ceremony for MBA 6th and 7th batch at Radisson Hotel. In the graduation ceremony 120 MBA graduates were present. By this, now college has now produced 400 financial leaders.

In the ceremony there was the presence of distinguish personalities from the academic and corporate field. Graduating students were awarded in different categories within academic excellence award and extra-curricular activities award.

Uniglobe College itself stands for the academic excellence in the field of management, and is the only college offering MBA finance in Nepal, Dr. Nar Bahadur Bista, principle of the college informed during his welcome speech.

He adds strength of the college in Research and Publications, international learning exposure and practical aspects of learning.

In the ceremony Mr. Saurabh Jyoti, Director of Jyoti group of companies and guest of honor for the graduation program, shared his thought on entrepreneurial challenges and opportunities in Nepal.

He emphasized on soft skills of graduates and envisages the fresh graduates will change the nation with their knowledge and skills they acquired during their academic years of learning.

Emphasizing on the role of private sector in economic development, Guru Prasad Neupane, Director of Janata Bank, Guest of honor of the ceremony argued that graduates has to engage in the entrepreneurial enterprises, resources will not be constraints as Nepal is virgin land for entrepreneurs.

Dr. Pukar Malla envisage that efficient leadership is crucial for development and rural entrepreneurship is vital, as more than 80 % people of Nepal live in rural area. Dr. Malla, Executive director of Daayitwa, was the Guest of honor end his speech by putting three different leadership challenges for graduates to develop entrepreneurial Nepal, process and role of graduates.

In the graduate speech, academic advisor of college Prof. Dr. Radhe Shyam Pradhan MBA graduates of Uniglobe College are the most desirable graduates in the field of finance as they are equipped with knowledge of financial tools, technique and knowledge.

Indeed, entrepreneurship is vital for prosperity and entrepreneurial skills for flourishing one’s identity and national development adds Dr. Khagendra Ojha, Principal Global College of Management in closing ceremony.

दोधारा चाँदनीमा संचालित १ महिने सुईटर बुनाई तालिम सम्पन्न

पप्पु गुरुङ्, २८ चैत्र, दोधारा चाँदनी ।  कञ्चनपुरको दोधारा चाँदनीमा संचालित १ महिने हौजरी तालिम आज सम्पन्न भएको छ् । आज एक कार्यक्रमको बिच तालिम सम्पन्न भएको घोषणा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सयोग तथा नगर स्तरिय महिला मुल समितिको आयोजनामा एक महिने सुईटर बुनाई तालिम सम्पन्न भएको नगर स्तरिय महिला मुल समिति दोधा चाँदनीका सचिव खिमा चन्दले जानकारी दिनुभएको छ् । नगर स्तरिय महिला मुल समितिका अध्यक्ष उमा रानाको सभापतित्वमा संचालित हौजरी तालिम समापन कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका सयुक्त कार्यालयका सचिव मोहन सिंह सुनार रहनुभएको थियो भने कार्यक्रम संचालन नगर स्तरिय महिला मुल समितिका सचिव खिमा चन्दले गर्नु भएको थियो । अतिथीमा राप्रपाका केन्द्रिय सदस्य शान्तिमाया सुनुवार, प्रशिक्षक बिमला चन्द, पत्रकार पप्पु गुरुङ्ग लगाएतको रहनुभएको थियो । समापन कार्यक्रममा एक महिना तालिममा प्रथम, द्धितिय र तृतिय तथा अन्यलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

सिद्धार्थ बैंक जापानमा पनि, कारोबार शुभारम्भमा मनोरन्जन सँगै २ हजार उपहार

१८ चैत, टोकियो ।
सिद्धार्थ बैक लिमिटेडले जापानबाट नेपाल सिधा कारोबार थाल्ने भएको छ । सिद्धार्थ बैंकले बैकिङ कारोवार सेवा सुरु गर्ने भएपछि जापानमा रहेका नेपालीहरु थप लाभान्वित हुने भएका छन् ।

आगामी अप्रिल महिनाबाट जापानबाट पहिलो पटक नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडले सिधा कारोवार सुरु गर्न लागेको हो ।

बैक मार्फत नेपालीहरुले जापानबाटै आफनो नाममा सिधै खाता खोल्न, रकम जम्मा गर्न र रेमिटयान्सको सेवा लिन पाउने सुविधा लिन पाउने छन । सिद्धार्थ बैक लिमिटेड जापानका प्रमुख बाबुराम भण्डारीका अनुसार पहिलो पटक जापानमा नेपालीहरुका लागि विभिन्न सेवा सहित बैकिङ सेवा सुरु गर्न लागिएको हो ।

जसमा पहिलो पटक जापानको भिषा पाउनु भएकाहरुलाई सहुलियत दरमा ऋण सेवा सहित अन्य कारोवार प्रदान गर्न लागेको छ । यस्तै जापानमा वसोवास गर्दै आएका जापानी नेपालीहरुलाई अन्य वैकको तुलनामा सहुलियत दरमा व्यवसायीक तथा घरजग्गा ऋण प्रदान गर्ने लक्ष्य राखेको छ ।

यसैगरि खातामा रकम ट्रान्सफर सेवा तथा अनलाईन बैकिङ सुविधा समेत प्रदान गर्न लागिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

आगामी २०१६ अप्रिल १ तारिकबाट सुरु हुने बैकिङ सेवा पहिलो पटक नेपाली समुदायलाई लक्षित गरि संचालन गर्न लागिएको हो । बैकिङ सेवासंगै सोही स्थानबाट रेमिटयान्सको सेवा समेत पाईने छ ।

प्रेस विज्ञप्ती
जापानमा रहदै आएका नेपालीहरुको समृद्ध नेपाल अभियानमा उल्लेखनिय योगदान रहेको हामी सवैमा विदितै छ। विदेशमा वस्ने नेपालीहरु मध्ये जापानवासी नेपालीहरुको सकृयतामा मुलुकको विकासका लागि हामीले समेत आफनो क्षेत्रबाट समुदायलाई योगदान दिन पाएकोमा हामीलाई खुसी लागेको छ । जापानवासी नेपालीहरुमा नेपालीबाटै संचालन भएका विभिन्न सेवा सुविधाका कारण पनि हामीले हाम्रो अभियानलाई सार्थक तुल्याउदै आएका छौ।
हामीले जापानबाट विगत लामो समययता नेपाली समुदायमा रेमिटयान्स, रेष्टुरेन्ट, आईटि सहित विभिन्न व्यवसायीक तथा सामाजिक क्षैत्रमा आफनो तर्फबाट सक्दौ सहयोग पुरयाएको यहाँहरु सवैमा विदितै छ । नेपाली समुदायमा हामीले पृथक र सरल पद्धतीको सेवा कार्यक्रम अन्र्तगत जापानबाट पहिलो पटक सिधा बैकिङ कारोवार तथा नयाँ रेमिटयान्स सेवा संचालन सुरु गर्न लागेको यहाँहरुमा जानकारी गराउन चाहन्छौ ।
जापानमा नेपाली रेष्टुरेन्ट व्यवसाय क्षेत्रमा लामो समयदेखि सकृयता जनाउदै आउनु भएका व्यवसायी श्री बावुराम भण्डारी, आईटि क्षेत्रमा विशेष चर्चा कमाउनु भएका ईन्जिनियर श्री मेघराज नेपाल तथा जापानमा गैरआवासीय नेपाली अभियानमा छोटो समयमा सामाजिक क्षेत्रमा परिचत व्यवसायी श्री सुदन थापा तथा विभिन्न क्षेत्रमा सकृय व्यवसायीकहरुको सहभागितामा नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडको बैकिङ सेवा तथा सिद्धार्थ रेमिटयान्स सेवा जापानबाट सुरु भएको आधिकारिक रुपमा जानकारी गराउन पाउदाँ खुसी लागेको छ ।
यसैवीच हाम्रो सेवा वारे जानकारी प्रदान गर्ने उदेश्यले आगामी २०१६को मे २ तारिकका दिन गोल्डेन विक तथा नेपाली नयाँ वर्ष २०७३को  अवसर पारेर औपचारिक जानकारी सहितको नेपाली साँझ मे २, २०१६कार्यक्रको आयोजना गर्न लागेका छौ ।
नेपाली साँझ २०१६ कार्यक्रमा नेपालका चर्चित गायक कलाकारहरु निमा रुम्वा, मनोज गजुरेल, ऋचा शर्मा, भद्रगोल टेलिफिल्मका पाँडेबुढा अर्जुन घिमिरे तथा जिग्री–ब्रो कुमार कट्टेल सहित चर्चित लोकदोहोरी गायिका काजल गुरुङको कार्यक्रममा विशेष सहभागिता रहनेछ । नयाँ वर्ष २०७३को अवसर समेत पारेर गर्न लागिएको नेपाली साँझ २०१६ कार्यक्रममा जापानवासी नेपालीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
कार्यक्रम अवसरमा सिद्धार्थ बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, अधिकृत सुन्दरप्रसाद कडेल र रेमिटयान्स विभाग प्रमुख पंकज पन्त लगायतको पनि सहभागिता रहने जानकारी गराउन चाहन्छौ। कार्यक्रमवारे यहाँहरुमा आगामी दिनमा विस्तृत जानकारी गराउदै जानेछौ।
हाम्रो यस नयाँ सेवा तथा सेवा थालनिको अवसरमा आयोजना गरिने नेपाली साँझ २०१६को वारेमा आम जापानवासी नेपालीहरुमा तपाईहरुको लोकप्रिय संचारमाध्यममाबाट जानकारी सहितको समाचार सम्प्रेषणका लागि यहाँहरुमा अनुरोध गर्दैछौ ।
कार्यक्रमको विषयमा विस्तृत जानकारी तथा समाचारको ड्राफट संलग्न छ।
सहयोगका लागि धन्यवाद

बाबुराम भण्डारी
प्रमुख, सिद्धार्थ बैक लिमिटेड जापान

ला लिगाको उपाधि होड खुला,बार्सिलोना फेरि पराजित

काठमाडौं,चैत २८ । स्पेनिस ला लिगाको फुटवलमा  बार्सिलोना फेरी पराजित भएको छ ।  शनिबार राति भएको खेलमा रियल सोसिडाडसँग लिग लिडर बार्सिलोनालाई १-० ले पराजित भएको हो । । बार्सिलोना पराजित भएसँगै एथ्लेटिको मड्रिडले उपाधि दाबेदारी थप बलियो बनाएको छ । घरेलु मैदानमा भएको खेलमा उसका लागि पाँचौं मिनेटमा माइकल आयारजाबालले गरेको गोल नै निर्णायक बन्यो । 

हारसँगै बर्सा लिगाका ६ खेल बाँकी हुँदा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा मात्रै तीन अकंले अघि छ । शीर्ष स्थानको बार्सिलोनाको ३२ खेलबाट ७६ तथा एथ्लेटिको मड्रिडको ७३ अंक छ । दोस्रो स्थानको एथ्लेटिको शीर्ष स्थानको बार्सिलोना भन्दा तीन अंकले मात्रै पछि छ । बार्सिलोनाको ३२ खेलबाट ७६ तथा एथ्लेटिकोको ७३ अंक भएको छ । लिगमा अब दुवै टोलीले ६ खेल खेल्न बाँकी छ ।

राष्ट्रिय पत्रकारिता दिवस देशव्यापी मनाइने

१८ चैत, काठमाडौं ।
राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बुधवार बसेको पहिलो बैठकले दिवसलाई तीन दिनसम्म देशव्यापी मनाउने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा आगामी वैशाख २३, २४ र २५ गतेसम्म दिवस मनाउने निर्णय भएको हो ।

बैठकको अध्यक्षता गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय पत्रकारिता दिवसको ऐतिहासिक महत्व भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले सरोकार भएका संस्थाबाट प्राप्त सुझावका आधारमा अर्को बैठकले विस्तृत कार्यक्रम तय गर्ने बताउनुभयो ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयले गोरखापत्र प्रकाशनको मिति वैशाख २४ मा दिवस मनाउने निर्णय गरेको थियो । नेपालको पुरानो अखबार गोरखापत्र १९९८ वैशाख २४ मा प्रकाशन भएको थियो ।

मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले दिवसलाई तीन दिनसम्म्म देशव्यापीरुपमा मनाउन तयारी भएको जानकारी गराउँदै दिवसका अवसरमा आयोजना हुने आफ्ना कार्यक्रम आगामी वैशाख १० गतेभित्र पेस गर्न सबै निकाय र संस्थालाई आग्रह गर्नुभयो ।

नयाँ शक्तिले शुक्रबार काठमाडौंमा वृहत् अन्तरक्रिया गर्ने

काठमाडौं,चैत २६  । नयाँ शक्ति नेपालले ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक वृहत् अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो १२:०० बजेदेखि अन्तरक्रिया हुनेछ ।

अन्तरक्रियाका वक्ताहरुमा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई सहित उपेन्द्र यादव, करिश्मा मानन्धर, डा.केशवमान शाक्य, गोपाल दहित, प्रदीप गिरी, रामचन्द्र झा, रामेश्वर खनाल, सुन्दरमणि दीक्षित, आदि हुनुहुन्छ ।

टि-२० वल्डकप-वेष्ट ईण्डिजले भारतलाई यसरी उसकै मैदानमा धुलो चटाएर हरायो

१९ चैत, एजेन्सी ।
टि-२० विश्वकप क्रिकेटमा वेष्ट ईण्डिले आयोजक भारतलाई उसकै मैदानमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

निकैनै रोमाञ्चक खेलमा भारतलाई धुलो चटाउँदै वेष्ट ईण्डिजले खेल ७ विकेटले जितेको हो ।

पराजित भएसँगै भारत उपाधि यात्राबाट बाहिरिएको छ भने वेष्ट ईण्डिज उपाधिको नजिक पुगेको छ ।

टस जितेर पहिले बलिंग रोज्दै भारतले दिएको १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट ईण्डिजको लागि सर्वाधिक लेण्डेन्स सिमोनले ५१ बलमा ८० रनको योगदान दिए ।

क्रिस गेल बिनै भारत बिरुद्ध जित निकाल्ने क्रममा वेष्ट ईण्डिले लक्ष्य मात्र १९.४ ओभरमा दुई बल बाँकी छँदै अन्तिममा छक्का प्रहार गर्दै १९६ रन बनाउँदै जित हात पार्यो ।

 

भक्तपुरको प्रसिद्ध बिस्केटजात्राको तयारी पुरा, जात्रा भोलीबाट

२६ चैत, भक्तपुर ।
भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको लिच्छवीकालिन बिस्केट जात्रा भोलीबाट सुरु हुँदैछ । बिस्केट जात्राको सम्पूर्ण तयारी पुरा भएको  ्गुठी संस्थान भक्तपुरले जानकारी दिएको छ ।

नयाँ बर्षको शुभारम्भसँगै सुरु हुने तान्त्रिक महत्वको जात्रामा यसवर्ष करिब २६ लाख रुपैया खर्च हुने संस्थानका भक्तपुर प्रमुख लेखनाथ सापकोटाको भनाई छ ।

जात्रा अबधिभर प्रहरी प्रशासनले सुरक्षा ब्यबस्था कडा पारेको छ । जात्राका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सिविल प्रहरी गरि ११ सय प्रहरी परिचालन गरिने भएको छ ।

विगत २० वर्षअघि देखि जात्रामा रथ तान्दा झगडा हुने र ढुङ्गा प्रहार गर्ने परम्परा बसेपछि यसलाई हटाउन यसवर्ष भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षा व्यबस्था कडा पारेको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

खानेपानी एवं सरसफाईको पूर्ण ब्यबस्था गरिएको, जात्रामा लोडसेडिङ्ग नगर्ने ब्यबस्था गरिएको छ ।

नयाँवर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँवर्षको पाँचदिन पछिसम्म संचालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन भोली शनिवार चैत २७ गते भैरवनाथ र भद्रकालीको रथ तानिनेर जात्रा सुरु हने परम्परा रहेको छ ।

तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजादा रथ तान्दा ढुङ्गा हानाहान हुँदा अप्रिय घटना समेत घट्ने गरेको छ

सुदूरपश्चिमका १५ सय ८७ विद्यार्थी एसएलसी दिन नपाउने

पप्पु गुरुङ्, १५ चैत्र / कञ्चनपुर । एसएलसी परिक्षाको लागी आवेदन फारम भरेका सुदुरपश्चिमका १७ सय ८७ बिद्यार्थीहरु परिक्षा दिनबाट बन्चित हुने भएका छन्  बिद्यालयमा ७५ प्रतिशत हाजिरी नभएका र समयमै राजस्व अर्थात परिक्षा फारम शुल्क नबुझाएका १५ सय ८७ बिद्यार्थीहरु परिक्षा दिनबाट बन्चित हुने भएका छन् । सबै भन्दा बढी कैलालीबाट ४ सय ९ जना र सबै भन्दा कम डडेल्धुराबाट ५८ जना परिक्षार्थी एसएलसी परिक्षाका लागी अयोग्य ठहरिएका हुन् । एसएलसी परिक्षा ठुलो संख्यामा बिद्यार्थी अयोग्य ठहरिएकोमा शिक्षा बिदहरुले चिन्ता प्रकट गरेका छन्  सुदुरपश्चिमका ९ जिल्लाबाट १५ सय ६७ परिक्षार्थी एसएलसी परिक्षा दिनबाट बन्चित भएका हुन् । सबै भन्दा बढी परिक्षार्थी रहेको कैलालीमा ७५ प्रतिशत हाजिरी नपुगे पछि ४ सय ९ जना परिक्षार्थीहरु एसएलसीका लागी अयोग्य ठहरिएका जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ् । ४ सय ९ जना मध्ये कैलालीका पहाडी र ग्रामिण क्षेत्रका सबै भन्दा बढी बिद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी गणेश बहादुर सिंहले बताएका छन् । १२ हजार ६ सय ८८ परिक्षार्थी रहेको कञ्चनपुरकाट पनि २ सय ३८ परिक्षार्थी परिक्षा दिन नपाउने भएका जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले बताएका छन् । डोटीमा २ हजार ५ सय ६२ मध्ये १ सय १ जना परिक्षार्थी ७५ प्रतिशत हाजिरी नपुगेकै कारण एसएलसी परिक्षाका लागी अयोग्य ठहरिएका छन् । ८ हजार ८ हजार ५ सय १० परिक्षार्थी रहेको बैतडीमा पनि २ सय ९ जना परिक्षार्थी परिक्षा दिन नपाउने भएको बैतडीका जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले जानकारी दिएका छन् । ४ हजार ३ सय ३७ परिक्षार्थी रहेको दार्चुलामा पनि १ सय ९ जना र ४ हजार ७ सय ६४ परिक्षार्थी रहेको बाजुराका ८६ जना बिद्यार्थी एसएलसी परिक्षाबाट बन्चित हुनेभएका छन् । बझाङ्गका ५ हजार ८ सय ५० परिक्षार्थी रहेका मध्ये १ सय ८७ परिक्षार्थी पनि एसएलसी परिक्षा दिन नपाउने भएका छन् । 
 

जापानमा बिदेशी व्यापारीले अब पीआर पाउने

२५ चैत, टोकियो ।
जापानमा व्यापार व्यवसाय गर्दै आएका वा गर्न लागेकाहरुलाई खुशीको खवर छ ।

खुशीको खवर हो अब जापान सरकारले यसरी व्यवसाय गरेर बस्ने बिदेशी नागरिकलाई परिवार सहित बस्नको लागि परिचय पत्र दिने भएको छ ।

जापान सरकारले आगामी महिनाबाट लागूहुने गरि नयाँ स्थायी बसोबास अनुमति पत्र पीआर प्रदान गर्ने घोषणा गरेको छ ।

यो घोषणा अनुसार अब जापानमा व्यवसाय गर्ने अनुमती पाएकाहरुले आफ्नो परिवार ल्याउन पाउनेछन् ।

समाचार अनुसार जापान सरकारको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट जापानमा व्यवसाय गर्दै आएका व्यवसायी तथा कम्पनी संचालकले यस्तो स्थायि बसोबासको अनुमतिपत्र पाउनेछन् ।

स्थायी वसोवास अनुमति प्राप्त गर्नका लागि जापान सरकारको मातहतमा दर्ता भई संचालन भएका कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका व्यवसायीले यस्तो सुविधा पाउनेछन् ।

हालसम्म व्यवसाय दर्ता नगरि कार्यरत कम्पनीका संचालकले पनि कानुनी दायरामा गएमा अब यो सुविधा पाउनेछन् ।

यसको लागि जापान सरकारले व्यवसाय दर्ता नभई संचालनमा रहेका कम्पनीका संचालकलाई चार महिनाको अवधी दिने भएको छ ।

पीआर सुविधा लागूभएपछि जापानमा थप विदेशी लगानी तथा व्यवसायी थपिने अपेक्षा गरिएको छ । नयाँ नीतिले शरणार्थी आवेदन तथा विना भिसा जापानमा वस्नेहरुलाई समेत सहज हुने ठानिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web