सहकारी कप बुद्धिचाल भोलिदेखि

काठमाडौं, चैत १९ । शिवानी एयर चौथौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा सहकारीको स्थापनाको ५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्षमा “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्ला मूल समारोह समितिको समन्वय, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्रकार समाज ललितपुरको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो हुनेले १ लाख ७२ हजार ९ सय बराबरको वाईविआर यामाहा मोटर साईकल तथा दोश्रो, तेश्रो र चौथोले सुपर नकआउटका आधारमा क्रमशः ५०, ३० र २५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सुपर लिगका विजेताले २५ हजार तथा दोश्रो देखि पाँचौ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले क्रमश १५, १०, ८, ७ हजार र छैटौं देखि दशौं स्थान सम्मकाले समान ६ हजार, एघारौं देखि पन्धौं सम्मकाले समान ५ हजार ५ सय र सो¥हौं देखि बिसौं स्थानकाले समान ५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

महिलाको हकमा नकआउट र लिग चरणमा पुगबापत पाउने रकमका साथै पहिलो देखि १० औं स्थान प्राप्त गर्नेहरुले क्रमश थप १०, ८, ७, ६ र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१९ ले ५ हजार, रेटिङ्ग (१८०० र २०००) खेलाडीले ५ हजार, वेष्ट लोकल खेलाडी र भेट्रानले ५÷५ हजार, अनरेटेड पहिलो र दोश्रोले ७ र ५ हजार गरि प्रतियोगितामा सहभागी ३६ खेलडीहरुले पुरस्कार प्राप्त गर्ने छन् ।
पहिलो पटक शिवानी एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिता जावलाखेलस्थित ताम्रकार समाज भवनमा चैत्र २० देखि २५ गते सम्म संचालन हुने छ । प्रतियोतिगामा ८० खेलाडीहरुले लिग कम नकआउट स्वीस लिगको आधारमा ११ राउन्डमा प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय आर्विटर एवं बुद्धिचाल संघका सदस्य उमेश के.सी.ले जानकारी गराए ।

उद्योग मन्त्री पाण्डेय द्धारा पुर्व मन्त्रीहरु संग छलफल 

काठमाडौं,चैत २२ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले मुलुकको औद्योगिक बिकासलाई तिब्रता दिन आगामी आ.व.को नीति तथा कार्यक्रम र बजेटमा के कस्ता कार्यक्रमहरु समाबेश गर्न उपयुक्त हुन्छ भन्ने सम्बन्धमा पुर्व उद्योगमन्त्रीहरु संग मन्त्रालयमा छलफल कार्यक्रम आयोजना गर्नु भएको छ । छलफल कार्यक्रमा पुर्वमन्त्रीहरुले मुलुकको आर्थिक बिकासका लागी औद्योगिक बिकास गर्नु पर्ने र यसका लागी मन्त्री पाण्डेले औद्योगिक क्षेत्रहरुको घोषणा लगायतका कामको सुरुवात गर्नुभएकोमा प्रशसा गर्दै मुलुकको औद्योगिक बिकासमा यो मन्त्रालयले माउ संगठनको रुपमा भुमिका खेल्न सुझाब दिनु भएको थियो ।

कार्यक्रममा पुर्व उद्योग मन्त्रीहरु शंकर कोइराला, केशब बडाल, कर्ण बहादुर थापा र महेश बस्नेतको सहभागिता रहेको थियो । आगामी आर्थिक बर्षको बजेटका प्राथमिकता निर्धारणबारे मन्त्री पाण्डेले चरण चरणमा छलफल अघि बढाईरहेका छन् । सोही क्रममा आइतबार आधा दर्जन पुर्व उद्योगमन्त्रीहरुसँग सुझाव मागिएको हो । ‘भूकम्प र नाकाबन्दीपछि नेपालको औद्योगीक क्षेत्र जर्जर बनेको छ, नयाँ बजेट मार्फत त्यसलाई पुनजागृत गराउनु पर्नेछ, यहि मन्त्रालय सम्हालिसक्नु भएका पुर्व मन्त्रीज्युहरुसँग बजेटको प्राथमिकताका बारेमा छलफल गरेको हुँ ।’–मन्त्री पाण्डेले भने । अब बन्ने नयाँ बजेटले जोडदिनु पर्ने कार्यक्रमहरु मार्फत औद्योगीक क्षेत्रमा लगानीको वातावरण बनाउने योजना अनुसार पुर्वमन्त्रीहरु संग छलफल गरेको मन्त्री पाण्डेयले जानकारी दिए ।

छलफलमा पुर्वमन्त्रीहरु बाट प्रत्येक प्रदेशमा एउटा औद्योगीक क्षेत्र बनाउने योजनालाई नयाँ बजेट मार्फत उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिदै आफुहरुलाई पनि बोलाएर छलफल गराउने उद्योग मन्त्री पाण्डेको पहलको प्रशंसा गरेका थिए । पूर्व मन्त्रीहरुले कागज, जडिबुटी र सिमेन्ट उद्योगका लागि नयाँ बजेटले बिशेष प्राथमिकता दिनु पर्ने, चीनी मिलबाट उर्जा उत्पादन गर्ने योजनालाई नयाँ बजेटले बिशेष प्राथमिकता दिनु पर्ने, २५ प्रतिशतसम्म महंगो शुल्क तिर्नु परेपनि सरकारी कार्यालयहरुले स्वदेशी उत्पादन प्रयोग गर्नु पर्ने व्यवस्था अघि बढाउन पनि उद्योग मन्त्री पाण्डेलाई सुझाव दिए । 

त्यस्तै, मासु प्रसोधन उद्योग सञ्चालन गरेर त्यसको छालाबाट छालाजन्य बस्तु बनाउने अभियानमा पनि बजेटले ध्यान दिनु पर्ने,सरकारी उद्योग तथा संस्थानहरु सञ्चालनका लागि ठोस योजना अघि सार्न पनि सुझाव दिए ।
 

यो बोक्ने आइमाई भरिया ! अनि बोकाउने चाहिँ को ?

"नेपाली हौ भन्न पनी लाज लाग्दो अवस्था"
बच्चाबेलामा पढेको बाँदर र चराहरूको कथा खुब सम्झीये।
त्यो कथामा न त बाँदरहरूको घर बन्यो नत ती बाँदरहरुले चराहरूको घर राखे।
नेपालीहरू हो !, बिदेशीको निर्देशनमा हिन्नेहरूको अनुहार हेर्नूहोस्।
छी ! छी भनू या यो महा मुर्खता देखेर हाँसौ

जातीय युद्ध गर्न सडकमा आईसके । नेपालीहरू आफ्नै नेपाली दाजूभाईसँग
हा हा
यीनीहरूको चाँही आफ्नो देश नी हुन्न.र.अरूको देश पनी यसरी निउ खोजेर नराख्ने भये ।
यिनीहरूको त जात मात्र हुने रैछ –Ramila Bhandari

त्यसैले मैले बारम्बार भन्ने गर्छु कि मानिसहरूकाे एउटा जमात अर्काकाे शिकार बन्नका लागि बाँचेकाे हुन्छ। यस्तै शिकारहरूकाे रगतबाट मिशनमा हिंड्ने शक्तिले उर्जा प्राप्त गर्ने हाे।

वर्गमुक्तिका नाममा शिकार बनार्इएकाहरूकाे रगतकाे अाहालबाट साम्राज्यवादले नयाँ शक्ति संष्लेषित गरेकाे छ, काेहि अरबपति नव धनाढ्य शासक भएका छन्।

याे वर्ग इतिहासकाे अनिवार्य परिणाम हाे। तपार्इं हामीले मानवताकाे शंख फुकेर याे राेकिंदैन, किनभने कामनाभन्दा परिवेश बलियाे हुन्छ। त्यसैले नेपालमा स्शायित्व, शान्ति र विकास हुनका लागि भाग्य निर्धारित भएका केहि हजार अयाेग्यहरू अझै मर्न बाँकि छ ।

वस्तुस्थितिलार्इ सतहमा ल्याएर कठाेर वास्तविकताकाे बाेध गराउने यस्ता घटनाहरूकाे मैले दृढतापूर्वक समर्थन गर्छुँ। –Bharat Dahal

यो बोक्ने को दोष छैन बोकाउनेको हो।बोक्ने लाई के बोकेर हिंडेको छु भनेर भारी बोक्ने भरिया लाई थाहा हुन्न।
उनलेे बोकेर हिंडेको दिन एक छाक भात खायो होला यत्ति हो बिचरा !!

तर यिनलाई बोकाउने नाइकेले एक बर्ष पुग्ने भात खाएको हुन्छ।फ़ेरि त्यो नाइके हरुलाई पनि परिचालन गर्ने अर्को माथि नेता हुन्छ त्यसले दर्जा अनुसारको आआफ्नो भविस्य लाई पुग्ने सन्तान सम्म लाई ब्यबस्था गरेको हुन्छ ।

अनि यि नेताहरू लाई पनि परिचालन गर्ने संरक्षण गर्ने राष्ट्रिय स्तरको नेता वा शिर्ष नेता पनि हुन्छ त्यो भनेको आठ दस वटा पार्टीको गरेर एक दर्जन होला, त्यही एक दर्जन शिर्षस्त नेताको मुठ्ठीमा अल्झेको छ यो परिपाटी र यो परिपाटी भित्रको संरक्षणक नेताको अरु कोही होइन तपाईं हामीले नै हो झोला बोकेरै हिंड्ने गरेको कोहि कालेको बोके होलान् कोहि खैरेको कोहि गोरेको फरक यति हो तर नेता एउटै हुन् !! –Mohan Lama Rumba

सिक्मिक विलय पछि,,शरणार्थी भयका लाई,,,जातीय राज्य चाहियो रे! दम छ भने जाऊ तेहि सिक्किम राज्यमा गयर भारत सित जातीयहक को राज्य,,वोडोलैंड र तथाकथित गोरखालैंड को मागमा समर्थन जताऊ,,,अन्यथा,,…………..!!!धन्यवाद,,रम्मिला जी,,हामी बाट धार्मिक सहिष्णुता र आपसी भाईचारा को सद्भाव कहिले कम न होस,,यदि कोहि हाम्रो अस्तित्व लाई नै,,,लत्याउन खोज छन भन्ने,,हामी पनि,,,वशु धैव कुटूम्बकम्,,,,को भावना लाई विर्सी दिने छौ।जय स्वदेशप्रेमि देशभक्त! –Dharam Raj Joshi

जन्मिदै गर्बे लाउरे जन्मिने , अनि पश्चिमा ले घोकाइदिएको ILO को धारा 169 को जगात लगाउदै साखुल्ले भएर जल, जमिन, र जंगल मा स्वामित्व खोज्ने हुडारहरु आफू लाई आदिवासी भन्छन् ,, अनि पतन को उत्सर्ग मा पुगि पहिचान बादी बन्छन ,, हिन्दु को रिस गर्दा गर्दै मुन्धुम पनि हुत्तिएको थाहा छैन, स्वामी प्रपन्नाचार्य ( काले राई ) हरु धेरै कम छन यहाँ । बहुमत छ दार्जिलिङ का इसाइ वा कर्णाली ईन्स्टिच्युट का बाइ प्रोडक्ट हरु को । धन्य हो आदि सभ्यता ! –Saroj Setu

सहनकोपनि हरेक सिमा हुन्छ र सहिपनि राखिएको छ अती गर्नु अत्याचार नगर्नु भनेको जस्तै अब त अती भैसक्यो सहनको सिमा नाग्नलागिसक्यो यहि प्रकारले अागामीदिनहरुमा जातिय क्षेत्रिया संघियताको नाममा एक नेपालीले अर्को नेपालिलाई थिचोमिचो र तिरस्सकार गर्दैजाने हो भने नेपालमा जातिय द्वन्धको सिर्जना अबस्याहुने छ र तेसको सिकार धेरैजसो जनजातिनै हुनेछन्।।
म एकउटा क्षेत्रीको छोरो भएर भनेको हैन म एक नेपाली भएर मेरो बुझाई पोख्तगरेको मात्र हो।।।
जय नेपाल –अर्जुन थापा

एकीकरण बहसले वैद्य नेतृत्वको माओवादी पुनःविभाजनको संघारमा

काठमाडौं,चैत २२ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र एमाओवादीसित पार्टी एकीकरण गर्ने बहसले  पुनः विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष मोहन वैद्यले एकताको पक्षमा ठोस निर्णय नलिए महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले एकताको बाटो समात्ने तयारी गरेसँगै वैद्य माओवादी फुट नजि पुगेको हो । 

बैठकभित्रै यसबारे विवाद भएपछि वैद्यले आइतबार दुई दिन बैठक स्थगित गरेका छन् । गत चैत्र १२ गतेदेखि जारी केन्द्रीय समिति वैठकमा एकतालाई आधार बनाएर अध्यक्ष वैद्य, महासचिव थापाले भिन्दा–भिन्दै प्रस्ताव पेश गरेका छन् । त्यसबाहेक कुलबहादुर केसी र लेखनाथ न्यौपानेले पनि आफ्नो प्रस्ताव छलफलका लागि भन्दै केन्द्रीय कार्यलयमा दर्ता गराएका छन् । 

प्रस्तावमाथि केन्द्रीय सदस्यहरुको बोल्नेक्रम चैत्र २१ गते सकिएको छ । अव शीर्ष नेताहरुवीच दुई दिन छलफल भएपछि पुन २४ गते केन्द्रीय समिति वैठक बस्नेछ । 

पोखरा वागलुङ राजमार्ग मर्मतको अभावमा जिर्ण

२१ चैत, पर्वत ।
धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् ।

पोखरादेखि बागलुङसम्मको ७२ किमी सडक समयमै मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । जीर्ण सडकका कारण समयमा पुग्न नसकिने तथा दुर्घटना बढिरहेको भए पनि सम्बन्धित निकायले भने ध्यान दिन सकेको छैन ।

सडकको स्तरोन्नति हुन नसक्दा सो सडक पार गर्न तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ । विसं २०४६ मा सडक निर्माण गर्दा तीन वटा सवारी साधन एकसाथ वारपार गर्न सक्ने गरी सडकको निर्माण गरिएको भए पनि अहिले सडकको कालोपत्र भत्किएर एउटा सवारी साधनसमेत सहज रुपमा पार गर्न नसक्ने अवस्था आएको छ ।

समयमै सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गराउनुपर्ने बाध्यता रहेको र सडकमा रहेका खाल्डाखुल्डीका कारण सवारी साधनमा समेत क्षति भइरहने गरेको यातायात व्यावसायी बताउँछन् ।

मर्मतको कार्य गर्ने सडक डिभिजन कार्यालय पोखराले केही समय पहिला पोखरादेखि कास्कीको काँडेसम्म सडकको कालोपत्र गरेको भए पनि त्योसमेत जीर्ण बनिसकेको छ । अहिले सडकको आधा भाग कच्ची जस्तै बनेको छ । यसले गर्दा बिरामी तथा आकस्मिक यात्रा गर्नुपर्ने अवस्थामा समेत असहजता भएको हो ।

कालोपत्र भत्कँदै गएका कारण बाटो साँगुरो भएकाले साना सवारी साधन चलाउनेलाई समस्या हुने गरेको र दुर्घटना समेत बढेर गएको सवारी चालक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

‘जन्मभूमि’ भारतीय हैकमबाद बिरुद्ध राष्ट्रको कथा बोकेको चलचित्र

२१ चैत, काठमाडौं ।
राष्ट्रको वास्तविक कथा र राष्ट्रियताको विषयमा बनेको चलचित्र जन्मभूमिले प्रदर्शनको दुईदिन राम्रो व्यापार गरेको छ ।

शुक्रबारबाट देशभरका सिनेमाहलमा लागेको चलचित्रलाई मोहन निरौलाले निर्देशन गर्नुभएको छ । कथा र पटकथा समेत आफैंले लेख्नुभएका निरौलाले चलचित्र जन्मभूमिमा देशको राजनीति र देशको राष्ट्रियतामाथि भइरहेको प्रहारलाई सफल रुपमा उतार्नुभएको छ ।

राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्य हस्तक्षेप सहित महिला अधिकारको विषय समेटिएको चलचित्रले सिधा नबोलेपनि भारतले नेपालमाथि गर्दै आएको हस्तक्षेपको बिरोध गर्दै नेपालीलाई एकढिक्का हुन सन्देश दिएको छ ।

दूर्लभ जस्तै रहेको संस्कृत भाषालाई गितको रुपमा प्रस्तुत गरिएको चलचित्रमा सुरज गिरी निर्माता र लक्ष्मी शर्मा कार्यकारी निर्माता रहेका छन् ।

यस्तै कविता निरौला सह–निर्माता रहेको चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनुशाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र निर्देशक मोहन निरौलाकै पनि मुख्य अभिनय रहेको छ ।

चलचित्रमा चेतन कार्की, पुण्य निरौल र शान्तिप्रियको गीत छ भने युवराज राईको छायांकन र शंकर बिसीको नृत्य निर्देशन र विपिन मल्लले सम्पादन गरेका छन् ।
जसमा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।

 

गल्कोट स्पोर्टस् क्लब ‘दोस्रो रनिङ कप भलिबल’ को तालिका यस्तो छ

१९ चैत, टोकियो ।
गल्कोट स्पोर्टस् क्लबको आयोजनामा नेपाली नयाँ बर्षको अवसरमा हुन लागेको दोस्रो रनिङ कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजिनक भएको छ ।

स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नारासहित आगामी अप्रिल ३ तारिखमा हुने प्रतियोगितानको सम्पुर्ण तयारी पुरा भएको गल्कोट स्पोर्टस क्लबले जनाएको छ ।

प्रतियोगितामा समूह ‘ए’ मा गल्कोट समाज नागोया, जनसम्पर्क समाज जापान, दिपसन ९गल्कोट एस. के., भि. डि.डि.गल्कोट, र नेपाल स्पोर्ट क्बल तोचिगी गरी पाँच टिम रहेका छन् ।

यस्तैगरी समूह ‘बी’ मा थकाली समाज जापान, म्यादी समाज जापान, गल्कोट स्पोट क्लब टोकियो, शिवज्योती क्लब गल्कोट, मगर समाज जापान र गल्कोट समाज कान्तो गरी ६ टिम सहभागी छन् ।

संविधान झल्किने सिक्का तयार, सुन्धाराबाट सबैले किन्न पाउने

काठमाडौं,चैत २५ । नेपाल राष्ट्र बैंकले नयाँ संविधान झल्किने सिक्का बजारमा ल्याएको छ । उक्त सिक्का टक्सार विभाग सुन्धाराबाट किन्न पाइने व्यवस्था गरेको आजको नागरिक दैनिकले जनाएको छ । सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा उक्त रिक्का निष्कासन गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले गत भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ संविधानको खुसियालीमा दुई हजार रुपैयाँको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्का निष्कासन गर्ने निर्णय गरेको थियो । सोही अनुसार सिक्का निष्कासन गरिएको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख विनोदकुमार तन्डुकारले बताए ।

सय रुपैयाँको क्युप्रोनिकेल धातु र दुई हजार रुपैया दरको चाँदीको सिक्काको अग्र भागमा नेपालको संविधान अंकित भएको पुस्तकको चित्र र पुस्तकको चित्रभन्दा तल २०७२ लेखिएको छ ।
सिक्कको पछाडिको भागमा सर्वोच शिखर सगरमाथाको चित्र तथा सो भन्दा माथि आंग्रेजीमा नेपाल राष्ट्र बैंक अंकित छ ।

पूर्व पत्नीलाई भेट्न विमान अपहरण

१६ चैत, एजेन्सी । 
इजिप्ट एयरको विमान अपहरण गर्ने ब्यक्ति आतंकवादी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजिप्टकै एलेक्जेन्ड्रिआबाट कायरो जाँदै गरेको इजिप्ट एयरको एमएस १८१ जहाज एक प्राध्यापकले युवतीका लागि अपहरण गरेको खुलेको छ । 
 
२७ वर्षीय उनी एलेक्जेन्ड्रिआ विश्वविद्यालयका प्रोफेसर रहेको पत्ता लागेको हो । पूर्वपत्नीलाई भेट्न र चिठी पुर्याउन विमान अपहरण गरको बताइएको छ।  उनले लेखेर दिएको एक चिठीलाई इजिप्ट एयरका पदाधिकारीले ती युवतीसम्म पुर्याउने कोशिस गरिरहेका छन् । तर उनी कुन् देशकी नागरिक हुन् भन्ने खुलिसकेको छैन । 
 

उत्तर कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण

सोल, चैत १९ । उत्तर कोरियाले पुनः अर्को आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको आणविक विवादको समाधान खोज्नका लागि  विश्वका नेताहरु संयुक्त राज्य अमेरिकामा उपस्थित भइरहेका बेला शुक्रबार फेरि उक्त देशले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो। 
 
दक्षिण कोरियाली सरकारले दिएको जानकारीअनुसार उत्तर कोरियाले उसको पूर्वी क्षेत्रतर्फ सो क्षेप्यास्त्र हानेको हो। उक्त क्षेप्यास्त्र समुद्रमा खसेको जनाइएको छ।  उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा लामो दुरीको रकेट प्रक्षेपणपछि निरन्तरता दिदै आएको भनिएको आणविक परीक्षणको यो अन्तिम शृंखला हो। शुक्रबारको यस परीक्षणका बारेमा भने उत्तरले केही प्रतिक्रिया दिएको छैन।  दक्षिण कोरियाको पूर्वी नगर सान्दोकबाट शुक्रबार अपरान्ह १२.४५ बजे उत्तर कोरियाले सो परीक्षण गरेको दक्षिणको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबारमात्र संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी मापदण्डको प्रयोगगरी उत्तरलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताएका थिए।  उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उसले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ। उत्तर कोरियाले शुक्रबार नै यस्तो क्षेप्यास्त्र परीक्षण गरेकोमा विश्वको चासो फेरि बढेको छ। 
 
केही हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो। सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो।  उत्तर कोरियाले पछिल्लो समयमा दिएको धम्की केवल उसको उत्तेजनात्मक प्रचारमात्र हो भन्दै यसबाट आफ्नो देशलाई अरु केही हानी गर्न नसक्ने दक्षिण कोरियाले बताउँदै आएको छ। रासस/एएफपी

जापानमा पर्यटक लक्षित नयाँ साङ्केतिक चिन्ह

२० चैत, टोकियो ।
बिदेशी पर्यटकलाई लक्षित गरेर जापानले आफ्ना केही साङ्केतिक चिन्हहरु अन्र्तराष्टिय रुपमा प्रचलित अनुसार परिवर्तन गर्ने भएको छ ।

आन्तरिक सहित बाह्य पयर्टकलाई लक्षित गर्दै साङ्केतिक चिन्ह नै फेरबदेल गर्न लागेको जापान सरकारले बताएको छ । बर्षेनि लाखौं पर्यटक आउने जापानले यस बर्ष पर्यटकलाई लक्षित गर्दै विभिन्न नियमहरु परिवर्तन गरिसकेको छ ।

जापानको जियोस्पाटियल सूचना विभागले यही बुधबार जापानमा आउने पर्यटकहरुको सहजताको लागि अंग्रेजी भाषा सहित १५ वटा नयाँ सांकेतिक चिन्ह प्रयोगमा ल्याउने भएको छ ।

सन् २०२० मा हुन लागेको ओलम्पिक र पारा ओलम्पिकलाई बढी लक्षित गरेर नयाँ नियम र व्यवस्था गर्न थालेको जापानले होटेल, पोस्ट पिस, कार्बोन पुलिस बक्स, चर्च र अस्पताल जस्ता ठाउँमा चिन्हहरु परिवर्तन थाल्ने छ ।

साथै अबदेखी जापानका मुख्य सडक चोकहरुमा नयाँ ट्राफिक संकेत चिन्हहरुसँगै म्यापहरु राखिनेछ ।

यूरोपीयनहरू सबै ठूला युद्धका श्रोत हुन्, यि क्यान्सरहरूलाइ तुरून्त काटेर फाल-भरत दाहाल

यूरोपीयनहरू हावि भएको भोलिपल्टदेखि नेपाल सुडानको हालतमा पुग्छ । यूरोपियनहरू क्यान्सर हुन् ।

विश्वमा भएका जति पनि भयानक युद्धहरू छन्, ती सबै यूरोपमा भएका छन्। अबको महायुद्ध पनि यूरोपबाटै सुरू हुने कुरा तिनीहरू आफैले भविष्यवाणि गर्दै हिंडेका छन् ।

यूरोप नै हत्या, हिंसा र युद्धको मूख्य श्रोत बन्नुका खास ऐतिहासिक कारणहरू छन् ।

त्यहाँका सबैजसो राष्ट्रहरू जातिको जगबाट बनेका छन्। त्यसैले यूरोपमा जातिय घृणाले सँस्कृतिको रूप लिर्इसकेको छ। दोश्रो विश्वयुद्धका बेला नाजी र यहुदीहरूका बीचको शत्रुताको कारण नै जातियता थियो।

शान्तिका नाममा नेपालमा पठार्इएको अनमीन रहिरहेको भए नेपालमा जातिय युद्ध भैसक्ने थियो। चीनको दबाब र पश्चिमाहरूको त्रासले भारत बिच्किएपछि मात्र अनमिन लखेटिएको हो। चीनसंग नसकिने ठानेर अब तिनीहरूले भारतलार्इ नेपाल विरूद्ध प्रयोग गरेर हिंसा चर्काउन खोज्दैछन्।

आफ्नै देशमा जनतामाथि आतंक फैलाएर मुश्लिम विद्रोहको सामना गरिरहेका यि साम्राज्यवादी उपदेशकहरूलार्इ सरकारले तत्काल कार्वाहि थाल्नुपर्छ। यो क्यान्सरलार्इ तुरून्त काटेर फाल्नु पर्छ। तिनीहरूले नेपालीहरूलार्इ तौलन सुरू गरेका छन्। अपराधिहरूसंग लर्वराउनु घातक हुन्छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web