पूर्व पत्नीलाई भेट्न विमान अपहरण

बैशाख २१, २०७३ मा प्रकाशित | 933 views

१६ चैत, एजेन्सी । 
इजिप्ट एयरको विमान अपहरण गर्ने ब्यक्ति आतंकवादी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजिप्टकै एलेक्जेन्ड्रिआबाट कायरो जाँदै गरेको इजिप्ट एयरको एमएस १८१ जहाज एक प्राध्यापकले युवतीका लागि अपहरण गरेको खुलेको छ । 
 
२७ वर्षीय उनी एलेक्जेन्ड्रिआ विश्वविद्यालयका प्रोफेसर रहेको पत्ता लागेको हो । पूर्वपत्नीलाई भेट्न र चिठी पुर्याउन विमान अपहरण गरको बताइएको छ।  उनले लेखेर दिएको एक चिठीलाई इजिप्ट एयरका पदाधिकारीले ती युवतीसम्म पुर्याउने कोशिस गरिरहेका छन् । तर उनी कुन् देशकी नागरिक हुन् भन्ने खुलिसकेको छैन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web