सहकारी कप बुद्धिचाल भोलिदेखि

बैशाख २१, २०७३ मा प्रकाशित | 867 views

काठमाडौं, चैत १९ । शिवानी एयर चौथौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा सहकारीको स्थापनाको ५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्षमा “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्ला मूल समारोह समितिको समन्वय, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्रकार समाज ललितपुरको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो हुनेले १ लाख ७२ हजार ९ सय बराबरको वाईविआर यामाहा मोटर साईकल तथा दोश्रो, तेश्रो र चौथोले सुपर नकआउटका आधारमा क्रमशः ५०, ३० र २५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सुपर लिगका विजेताले २५ हजार तथा दोश्रो देखि पाँचौ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले क्रमश १५, १०, ८, ७ हजार र छैटौं देखि दशौं स्थान सम्मकाले समान ६ हजार, एघारौं देखि पन्धौं सम्मकाले समान ५ हजार ५ सय र सो¥हौं देखि बिसौं स्थानकाले समान ५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

महिलाको हकमा नकआउट र लिग चरणमा पुगबापत पाउने रकमका साथै पहिलो देखि १० औं स्थान प्राप्त गर्नेहरुले क्रमश थप १०, ८, ७, ६ र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१९ ले ५ हजार, रेटिङ्ग (१८०० र २०००) खेलाडीले ५ हजार, वेष्ट लोकल खेलाडी र भेट्रानले ५÷५ हजार, अनरेटेड पहिलो र दोश्रोले ७ र ५ हजार गरि प्रतियोगितामा सहभागी ३६ खेलडीहरुले पुरस्कार प्राप्त गर्ने छन् ।
पहिलो पटक शिवानी एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिता जावलाखेलस्थित ताम्रकार समाज भवनमा चैत्र २० देखि २५ गते सम्म संचालन हुने छ । प्रतियोतिगामा ८० खेलाडीहरुले लिग कम नकआउट स्वीस लिगको आधारमा ११ राउन्डमा प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय आर्विटर एवं बुद्धिचाल संघका सदस्य उमेश के.सी.ले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web