विराट कोहली टी-२० र्‍याङ्किङको शीर्ष स्थानमा 

एजेन्सी,चैत १६ । भारतमा चलिरहेको टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेका विराट कोहली विश्वको नम्बर वन ब्याट्सम्यान बनेका छन् । आईसीसीले जारी गरेको नयाँ टी-२० र्‍याङ्किङमा विराट शीर्ष स्थानमा उक्लिएका हुन् । यसअघि उनी दोस्रो नम्बरमा थिए । यसअघि कोहलीभन्दा २४ प्वाइन्ट अगाडि रहेर अष्ट्रेलियाका एरोन फिन्च पहिलोमा थिए । तर, अब कोहली ६८ प्वाइन्टले अगाडि छन् । टी-२० को शीर्ष दसको सूचीमा भारतबाट कोहली बाहेक अन्य कुनै खेलाडी छैनन् । 
 
यो र्‍याङ्किङमा न्यूजील्यान्डका मार्टिन गुप्टिल राम्रो प्रदर्शन गर्दै तेस्रो नम्बरमा उक्लेका छन् । उनी यसअघि पाँचौ नम्बरमा थिए । एक म्याचमा विस्फोटक पारी खेलेका क्रिस गेल छैटौं नम्बरमा रहेका छन् । टप १० मा अन्य भारतीय ब्याट्सम्यान छैनन् ।
 
बलिङ तर्फ भने भारत खस्किएको छ । पहिलो नम्बरमा रहेका आर अश्विन अब तेस्रो नम्बरमा पुगेका छन् । वेस्टइन्डिजका स्यामुएल बद्री पहिलो नम्बरमा उक्लेका छन् ।  भारतका रविन्द्र जडेजा सातौं नम्बरमा रहेका छन् । यता टीमतर्फ टी-२० र्‍याङ्किङमा भारतीय टीम पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा न्यूजील्यान्ड र तेस्रो नम्बरमा वेस्टइन्डिज रहेको छ । 
 

बस दुर्घटनाका मृत्यु भएका २५ जनाको सनाखत

१ बैशाख, दिक्तेल ।
मध्यपहाडि लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक खण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङ्गे रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार खोटाङका १५, उदयपुरका ७, सोलुखुम्बुका २ र बारा जिल्लाका एक जनाले ज्यान गुमाएका छन् ।

मृतकको शव जिल्ला अस्पतालमा परीक्षण गरेर सबै शव आफन्तलाई जिम्मा लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

‘टीम अफ द टुर्नामेन्ट’ को घोषणा,धोनी र गेल भने परेनन्

कोलकाता, चैत २२  । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले  भारतीय ब्याट्सम्यान विराट कोहलीको कप्तानीमा'टिम अफ द टुर्नामेटन्ट' सार्वजनिक गरेको छ । आइतबार सम्पन्न टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समेटेर टिम अफ द टुर्नामेन्ट गरेको हो । टोलीमा ईंग्ल्याण्डका चार खेलाडीले स्थान बनाएका छन्। बिजेता वेष्ट इन्डिज र आयोजक भारतका दुई-दुई खेलाडी छन्। 

अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अफ्रिकाका १-१ खेलाडीले टोलीमा स्थान पाएका छन्। बंग्लादेशका मुस्ताफिजुर रहमान भने वैकल्पिक खेलाडीका रूपमा छानिएका छन्। टोलीमा भारतीय कप्तान महेन्द्रसिंह धोनी, वेष्ट इण्डिजका क्रिश गेल भने परेनन् । आइतबार सम्पन्न आइसीसी टी-ट्वान्टी विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले उपाधि उचालेको थियो ।

आइसिसि 'टिम्स अफ टुर्नामेन्ट'
१ विराट कोहली, भारत (कप्तान)
२ जेसन रोय, ईंग्ल्याण्ड
३ क्वीन्टन डी कक, दक्षिण अफ्रिका
४ जो रुट, ईंग्ल्याण्ड
५ जोस बटलर, ईंग्ल्याण्ड
६ शेन वाट्सन, अष्ट्रेलिया
७ एन्ड्रे रस्सेल, वेष्ट इन्डिज
८ मिचेल स्यान्टनर, न्युजिल्याण्ड
९ डेविट विलि, ईंग्ल्याण्ड
१० स्यामुएल बद्री, वेष्ट इन्डिज
११ आशिष नेहरा, भारत
वैकल्पिक खेलाडी,
१२ मुस्ताफिजुर रहमान, बंगलादेश।आज नआएका चाँही आउन नपाउने हो  र यो नियम भएनन है  नयाँ शक्तिको ममि रिसाईन जस्तो छ है बोलचालै छैन् ।  

ठमेलमा गमलामा गाँजा खेती

२१ चैत, काठमाडौं ।
शनिवार बिहान प्रहरीलाई नौलो सूचना आयो,‘ठमेलको एक रेस्टुराँमा गमलामै गाँजा उमारेर ग्राहकलाई बिक्री गरिन्छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
सूचनापछि महानगरीय प्रहरी बृत्त प्रहरी लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा प्रहरी टोली ठमेलस्थित फ्याट क्याट रेस्टुराँमा पुग्दा कर्मचारी गाँजामा पानी हालिरहेका थिए। टेबुलमा १० जना युवा गाँजा जान्न व्यस्त थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
अनुसन्धानका लागि रेस्टुराँका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन्। सञ्चालक मुखिया घले फरार छन्। डीएसपी राठोरले भने,‘रेस्टुराँले गमलामा गाँजा उमारेर दुव्र्यसनीलाई धमाधम बिक्री गर्दै आएको पाइयो। अनुसन्धानका लागि म्यानेजर गुरुङलाई प्रक्राउ गरेका छौं।’
 
ठमलेबाटै गुडियाभित्र चरेस राखेर कुरियरमार्फत नेदरल्याण्ड्स पठाउन लागेका घटना प्रहरीले पर्दाफास गरेको थियो।

निर्माण सामग्री प्रदर्शनी काठमाडौंमा सुरु

२७ चैत, काठमाडौं ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका निर्माण सामग्रीहरुको प्रदर्शनी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको छ ।

यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, थाइल्यान्ड, टर्की, अस्ट्रेलिया लगायतका विभिन्न देशका कम्पनीहरुबाट निर्मित निर्माण सामग्रीहरुका साथै फर्निचर तथा सरसफाइका विभिन्न सामग्रीहरु राखिएका छन् ।

कार्यक्रममा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले नयाँ प्रविधि र बलिया निर्माण सामग्रीबारे जानकारी लिन प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्रीको आत्महत्याबारे नयाँ मोड,के प्रत्युषा गर्भवती थिइन् ?

एजेन्सी । बालिका बधु’ की ‘आनन्दी’ प्रत्युषा बनर्जीको आत्महत्याले नयाँ मोड  लिएको छ ।  प्रत्युषा बनर्जीको आफन्तले प्रत्युषालाई उनका प्रेमी राहुल राज सिंहले सार्वजनिकस्थलमै दुर्ब्यवहार गर्ने गरेको आरोप लगाएका छन्। मृत्यु भएपछि उनी गर्भवती भएको समेत आशंका गरिएको छ । प्रहरीका सर्जन डक्टर एमएस पाटिलले प्रत्युषाको शरीरमा भेटिएको फ्ल्युड स्टोर गरेको जानकारी दिए । जसको हिस्टोप्याथोलोजी टेस्ट हुने भएको छ । भारतीय मिडियामा अहिले प्रत्युषा गर्भवती रहेको खबर सार्वजनिक भैरहेका छन् ।
राहुलको ब्यवहारले प्रत्युषालाई सम्बन्ध अघि बढाउन समेत कठिन रहेको र उनी सम्बन्ध अन्त्य गर्ने पक्षमा रहेको समेत उनीहरुले खुलासा गरेका छन् । आफूमाथि भएको दुर्ब्यवहारका लागि प्रत्युषाले राहुललाई मुद्धा हाल्ने तयारी गरेको समेत उनका वकिलले दावी गरेका छन् ।

पोस्टमार्टमा रिपोर्टमा उल्लेख भए अनुसार प्रत्युषाको मृत्यु सफोकेशनले भएको हो । त्यसो त उनले आफ्नो पीठमा प्रेमी राहुलराजको नामको ट्याटु पनि खोपाएकी थिइन् ।

ब्रावोले बनाए नयाँ कीर्तिमान बनाए, मालिङगाको कीर्तिमान भंग 

एजेन्सी,चैत ३० । वेष्ट इन्डिजका बलर डवेन ब्रावोले  श्रीलंकाका लासिथ मालिङगाको कीर्तिमान भंग गर्दै ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत सोमबार राति किंग्स इलाभेन पञ्जावसँग भएको खेलमा नयाँ क्लब गुजरात लायन्सका ब्रावोले चार लिएर ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ किर्तीमान बनाएका हुन् । 

उनी  तीन सय भन्दा धेरै विकेट लिने पहिलो खेलाडी बनेका हुन् । उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा तीन सय दुई विकेट लिएका छन् । वेष्ट इन्डिजका ब्रावोले अहिलेसम्म दुई सय ९२ ट्वेन्टी–ट्वेन्टीको दुई सय ७६ पारीमा सात हजार दुई सय ६१ रन खर्चेर तीन सय दुई विकेट लिएका हुन् । मालिंगाले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दुई सय ९९ विकेट लिएका छन् ।

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

एजेन्सी,चैत २१ । रियलको जितसँगै बार्सिलोनाको ३९ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । नाउ क्याम्पमा भएको इएल क्लासिको गुमाएसँग उसको अपराजित यात्रा टुंगिएको हो । बार्सिलोना गएको वर्षको अक्टोबर तीनमा सेभिल्लासँग २–१ ले पराजित भएयता अहिलेसम्म पराजित भएको थिएन ।   गएराति बार्सिलोनाको घरेलु मैदानमा नाउ क्याम्पमा भएको खेलमा रियल मड्रिले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो। 
खे५६ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६२ औं मिनेटमा करिम बेन्जिमाले रियलका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा कप्तान सर्जियो रामोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो । तर त्यसको दुई मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले रियलका लागि गोल गरे र २–१ को जित दिलाए ।
 
जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंकका तेस्रो स्थानमै यथावत छ। रियल मड्रिडसँग पराजित भएको बार्सिलोना समान खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमै छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ७० अंक छ।

राहत कोषमा २० लाख हस्तान्तरण

काठमाडौं, चैत २० । सियाली बक्सिङ महासंघका उपाध्यक्ष समेत रहेका थाइल्यान्ड बक्सिङ संघका अध्यक्ष डा. पिचाइका छोरा डान चुन हाभा जिराले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई २० हजार अमेरिकी डलर उपलब्ध गराएका छन् ।

गत बैशाखको भूकम्प पीडितको सहयोगार्थ संकलन गरिएको उक्त रकम बराबरको चेक जिराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरस्थित प्रधानमन्त्री निवासमा हस्तान्तरण गरे । परिवारका अन्य सदस्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठलगायत संघका पदाधिकारीको उपस्थितिमा जिराले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

कक्षा १० मा अध्ययनरत १५ वर्षिय जिराले बैंककमा आफू अध्ययनरत रमरुडी इन्टरनेसनल स्कुलमा बहिनीसंग मिलेर सांगीतिक मार्फत सोही स्कुलमा अध्ययनरतलगायतबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग संकलन गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । सोही संकलित रकमलाई नेपाल बक्सिङ संघको पहलमा राहत कोष मार्फत भूकम्प पीडितको सहयोगार्थ हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा आयोजित छुट्टै कार्यक्रममा बक्सिङ संघले पिचाइ र जिरालाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

 

 

अणु बम खसालेको अमेरिकाको उच्च अधिकारी हिरोसिमा भ्रमण गर्दै

२९ चैत, एजेन्सी ।
आणविक बम खसारले दोस्रो विश्व युद्धमा ध्वस्त बनाएको जापानको हिरोसिमामा अमेरिकाको अहिलेसम्मकै उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् ।

आगामी साता जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको सम्मेलनका क्रममा अमेरिकी विदेशमन्त्री जोन केरी सहित सातवटै देशका विदेशमन्त्रीहरुले हिरोसिमाको भ्रमण गर्ने भएको जापानी समाचार संस्थाहरुले बताएका छन् ।

जापानी विदेशमन्त्री फुमियो किशिदा तथा अमेरिकी विदेशमन्त्री जोनकेरीसँगै बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका विदेशमन्त्रीहरुले अप्रिल ११ तारिखका दिन हिरोसिमामा रहेको ‘पिस मेमोरिल पार्क’ र संग्रहालयको भ्रमण गर्दैछन् ।

जोन केरी दोस्रो विश्वयुद्धपछि हिरोसिमाको भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुनेछन् ।

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले ६ अगस्ट १९४५ मा हिरोसिमामा गराएको शक्तिशाली परमाणु बम विस्फोटमा १ लाख ४० हजार जापानीले ज्यान गुमाएका थिए ।

अमेरिकाले परमाणु बम खसालेको ७१ वर्षपछि अमेरिकाका उच्च अधिकारीले पहिलोपटक हिरोसिमा भ्रमण गर्न लागेका हुन् । उनले ‘पिस मेमोरियल पार्क’ मा मृतकहरुको सम्झनामा पुष्पगुच्छा समेत चढाउने बताइएको छ ।

जापानमा हुने जी–७ का विदेशमन्त्रीहरुको बैठकमा आतंकवाद, समुद्री सुरक्षा र परमाणु अप्रसारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

हिरोसिमाका मेयर काजुमी मात्सुईले जी–७ का विदेशमन्त्रीहरुको भ्रमण परमाणु बमबारीले पारेको असर र जापानले त्यसबाट बाहिर आउन गरेको संघर्ष देखाउने मौका भएको उल्लेख गरेका छन् ।

इपीएस भाषा परीक्षा असारमा ,एमआरपी अनिवार्य , कहिले र कहाँ हुन्छ परीक्षा ? (सूचीसहित)

काठमाडौं,चैत २२ ।  इपीएस भाषा परिक्षा मार्फत २०१७ मा कोरिया जाने कामदार छनौटको लागि असारको ४ र ५ गते परिक्षा हुने भएको छ ।  सोमबार बसेको इपीएस-कोरिया निर्देशक समितिको बैठकले कोरिया जाने कामदार छनौटको लागि भाषा परीक्षाको मिति तोकेको हो । यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै परीक्षा सञ्चालन गरिन लागेको हो ।  कोरियामा आकषर्क कमाई हुने भएकाले जान चाहने युवाको संख्या  ठूलो मात्रामा रहदै आएको छ । 

यसका लागि बैशाखको १५ देखि १८ गतेसम्म आवेदन फारम खुला गरिने इपीएस शाखाले जनाएको छ । फरम भर्नको लागि एमआरपी अनिवार्य गरिएको छ । फारम  संकलनका लागि काठमाडौंमा ५ वटा केन्द्र राखिने र  उपत्यका बाहिर डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा पनि आवदेन दिन सकिने  शाखाले जनाएको छ ।

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । यसअघि भदौमा भाषा परीक्षा लिने भनिए पनि मानव संशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो । नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् ।

यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ । कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजादैछ । 

परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ । 

विगतमा म्यानपावरबाट कामदार रोजगारीमा कोरिया जाने गरेको भएपनि म्यानपावरले बढी शुल्क उठाउन थालेपछि सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणाली अन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ । यसअघिका वर्षमा ४० देखि ५० हजार युवाले परीक्षाका लागि आवेदन दिने गरेकामा सातदेखि आठ हजार उत्तीर्ण हुँदै आएका छन् । 

नेपालले सन् २००८ देखि कोरियामा कामदार पठाउन थालेको हो। कोरियाले नेपालसहित विभिन्न १४ वटा मुलुकबाट ईपीएस प्रणालीअन्तर्गत कामदार लिने गरेको छ। 

सहकारी कप बुद्धिचाल भोलिदेखि

काठमाडौं, चैत १९ । शिवानी एयर चौथौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा सहकारीको स्थापनाको ५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्षमा “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्ला मूल समारोह समितिको समन्वय, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्रकार समाज ललितपुरको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो हुनेले १ लाख ७२ हजार ९ सय बराबरको वाईविआर यामाहा मोटर साईकल तथा दोश्रो, तेश्रो र चौथोले सुपर नकआउटका आधारमा क्रमशः ५०, ३० र २५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सुपर लिगका विजेताले २५ हजार तथा दोश्रो देखि पाँचौ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले क्रमश १५, १०, ८, ७ हजार र छैटौं देखि दशौं स्थान सम्मकाले समान ६ हजार, एघारौं देखि पन्धौं सम्मकाले समान ५ हजार ५ सय र सो¥हौं देखि बिसौं स्थानकाले समान ५ हजार नगद प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

महिलाको हकमा नकआउट र लिग चरणमा पुगबापत पाउने रकमका साथै पहिलो देखि १० औं स्थान प्राप्त गर्नेहरुले क्रमश थप १०, ८, ७, ६ र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१९ ले ५ हजार, रेटिङ्ग (१८०० र २०००) खेलाडीले ५ हजार, वेष्ट लोकल खेलाडी र भेट्रानले ५÷५ हजार, अनरेटेड पहिलो र दोश्रोले ७ र ५ हजार गरि प्रतियोगितामा सहभागी ३६ खेलडीहरुले पुरस्कार प्राप्त गर्ने छन् ।
पहिलो पटक शिवानी एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिता जावलाखेलस्थित ताम्रकार समाज भवनमा चैत्र २० देखि २५ गते सम्म संचालन हुने छ । प्रतियोतिगामा ८० खेलाडीहरुले लिग कम नकआउट स्वीस लिगको आधारमा ११ राउन्डमा प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय आर्विटर एवं बुद्धिचाल संघका सदस्य उमेश के.सी.ले जानकारी गराए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web