अभिनेत्रीको आत्महत्याबारे नयाँ मोड,के प्रत्युषा गर्भवती थिइन् ?

बैशाख २१, २०७३ मा प्रकाशित
Published at बैशाख २१, २०७३

1121 views

एजेन्सी । बालिका बधु’ की ‘आनन्दी’ प्रत्युषा बनर्जीको आत्महत्याले नयाँ मोड  लिएको छ ।  प्रत्युषा बनर्जीको आफन्तले प्रत्युषालाई उनका प्रेमी राहुल राज सिंहले सार्वजनिकस्थलमै दुर्ब्यवहार गर्ने गरेको आरोप लगाएका छन्। मृत्यु भएपछि उनी गर्भवती भएको समेत आशंका गरिएको छ । प्रहरीका सर्जन डक्टर एमएस पाटिलले प्रत्युषाको शरीरमा भेटिएको फ्ल्युड स्टोर गरेको जानकारी दिए । जसको हिस्टोप्याथोलोजी टेस्ट हुने भएको छ । भारतीय मिडियामा अहिले प्रत्युषा गर्भवती रहेको खबर सार्वजनिक भैरहेका छन् ।
राहुलको ब्यवहारले प्रत्युषालाई सम्बन्ध अघि बढाउन समेत कठिन रहेको र उनी सम्बन्ध अन्त्य गर्ने पक्षमा रहेको समेत उनीहरुले खुलासा गरेका छन् । आफूमाथि भएको दुर्ब्यवहारका लागि प्रत्युषाले राहुललाई मुद्धा हाल्ने तयारी गरेको समेत उनका वकिलले दावी गरेका छन् ।

पोस्टमार्टमा रिपोर्टमा उल्लेख भए अनुसार प्रत्युषाको मृत्यु सफोकेशनले भएको हो । त्यसो त उनले आफ्नो पीठमा प्रेमी राहुलराजको नामको ट्याटु पनि खोपाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.