अन्न भण्डारण जिल्लामा पनि खाद्य सुरक्षाको चिन्ता

२१ चैत, विदुर ।
अन्न उत्पादनको भण्डारणको रुपमा लिइएको नुवाकोट जिल्लामा यसवर्ष उत्पादित अन्नले खानको लागि पुग्ने अबस्था नभएको पाइएको छ ।

नुवाकोटको ९५ प्रतिशत जग्गा खेती योग्य रहेकाले जिल्लाको मुख्य पेशा नै कृषि र यहाँ उत्पादन भएको खाद्यान्न अन्यत्र निकाशा हुदै आउने गरेको भएपनि भूकम्पको कारण यसवर्ष नुवाकोटको केही खाद्यान्नको उपलब्धताले असुरक्षित देखिएको छ ।

चैत्र ११ गते बसेको खाद्य सुरक्षा कार्यदलले तयार गरेको प्रतिवेदनको अध्ययन गर्दै खाद्य सुरक्षा सञ्जालको शुक्रबार बसेको बैठकले नुवाकोटको विदुर नगरपालिका र ६१ गाविसमा गरेको अध्ययनमा १३ गाविस उच्चतम खाद्य असुरक्षित रहेको, २६ गाविस मध्यस्तरीय रहेको र विदुर नगरपालिका र बाँकी गाविसहरु न्युनतम खाद्य सुरक्षाको अबस्थामा रहेको पाइएको हो ।

कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला खाद्य सुरक्षा सञ्जालका सचिव तथा जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डाक्टर कमलराज गैरेले भूकम्पको कारण खाद्यान्न उत्पादनमा गिरावत आएको र उत्पादन भएका खाद्यान्न भण्डारण गरेर राख्ने स्थान सुरक्षित नभएकाले खाद्यान्नमा नुवाकोट जिल्ला असुरक्षित अबस्थामा रहेको जानकारी गराउनुभयो ।

भूकम्प अघि नुवाकोट जिल्ला पूर्ण रुपमा खाद्यान्नमा आत्मनिर्भर भएपनि भूकम्पको कारण खाद्यान्नमा पुगेको क्षति र त्यस लगत्तै खेतीयोग्य जग्गामा बाली नलगाउनु र उत्पादनमा पनि गिरवाट आउनु खाद्य असुरक्षामा मुख्य कारण रहेको बरिष्ठ कृषि विकास अधिकृत डाक्टर कमलराज गैरेले बताउनुभयो ।

मंसिरदेखि फागुनसम्म जिल्लामा रहेका खाद्यान्न र उत्पादित भएका खाद्यान्नको तथ्याङ्कको आधारमा खाद्य सुरक्षा कार्यदलले तयार गरेको प्रतिवेदनमा उच्चतम खाद्य असुरक्षित १३ गाविसहरुमा देखिएका छन् । गाविस भित्रै खाद्यान्न उत्पादन कम भएको र उत्पादन भएको खाद्यान्न पनि सुरक्षित भण्डारण गर्न नसक्दा उच्चतम खाद्य असुरक्षित गाविसहरुमा घ्याङफेदी, शिखरवेशी, उर्लेनी, राउतवेशी, गाँउखर्क, बेतिनी, तलाखु, छाप, बसुन्चेत, किम्ताङ, साल्मे र भाल्चे गविस रहेका छन् ।

यस्तै, आफ्नो स्थानमा उत्पादन भएका खाद्यान्न र अहिलेको मौजुदा रहेको अबस्थाले नुावकोटका विभिन्न २६ गाविस मध्यमस्तरीय खाद्य असुरक्षित रहेका गाविसहरुमा परेको जिल्ला खाद्य सुरक्षा सञ्जालका सदस्य सचिव वरिष्ठ कृषि विकास अधिकत डाक्टर गैरेले बताउनुभयो ।

मध्यमस्तरीय खाद्य असुरक्षित रहेका गाविसहरुमा फिकुरी, काउले, मनकामना, बुङताङ, देउराली, सामरी, दाङसिंह, गो¥याङ, तारुका, बुधसिंह, कुमरी, चाउथे, समुन्द्रदेवी, सिक्रे, लिखु, महाकाली गाविसहरु रहेका छन् । यस्तै, मध्यमस्तरीय खाद्य असुरक्षित रहेका अन्य गाविसहरुमा थप्रेक, बालकुमारी, समुन्द्रटार, हल्देकालिका, रालुकादेवी, सुन्दरादेवी, पञ्चकन्या, दुईपिपल, भदु्रटार र सुनखानी गाविसहरु रहेका छन् ।

यस्तै, स्थानीयस्तरमा नै उत्पादन भएका खाद्यान्न र त्यसको भण्डारणको मौजुदा अबस्थाले विदुर नगरपालिका सहित बाँकी रहेका २२ गाविसहरु न्युनतम खाद्य असुरक्षित रहेको कार्यदलले तयार गरेर सञ्जाललाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यदलको प्रतिवेदनको अनुसार न्युनतम खाद्य असुरक्षित रहनेमा नगरपालिका सहित तुप्चे, कल्याणपुर, चारघरे, खङ्गभञ्याङ्ग, खानीगाँउ, गेर्खु, बागेश्वरी गणेशस्थान, चौघडा, सूर्यमती, मदानपुर, बेल्कोट, जिलिङ, रातमाटे, थानसिंह, चतुराले, थानापती, कविलाश, खरानीटार, नर्जामण्डप, ककनी र ओखरपौवा गाविस रहेको खाद्य सुरक्षा सञ्जालको सदस्य सचिव बरिष्ठ कृषि विकास अधिकृत डाक्टर कमलराज गैरेले जानकारी दिनुभयो ।

अघिल्लो वर्षहरुमा नुवाकोटको सबै गाविसहरु खाद्यान्नमा सुरक्षित रहने गरेको पाइएपनि यसवर्ष भूकम्पले घरमा रहेका अन्नपातमा क्षति पु¥याएको, बीउहरु नष्ट गरेको, खेती योग्य जमिनहरु समेत भूकम्पको कारण बाली लगाउन नसकेको अबस्थाले पनि खाद्यान्नमा नुवाकोट जिल्ला जोखिममा परेको उहाँले बताउनुभयो ।

यस्तै, भूकम्पको कारण नागरिकहरु पूर्ववत रुपमा खेती लगाउन नसक्दा र खेती योग्य जमिन सबैमा खेती लगाउन समेत नसक्दा धान, गहु, कोदो र आलुको समेत उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो । कार्यदलले तयार गरेका प्रतिवेदन अनुसार यसवर्ष नुवाकोटमा धान उत्पादनमा ७ प्रतिशत, गहु उत्पादनमा ८ प्रतिशत, आलु उत्पादनमा शुन्य दशमलव ७ प्रतिशत सहित कोदो लगायतको अन्नबालीमा गिरावट आएको खाद्य सुरक्षा सञ्जालको सदस्य सचिव डाक्टर कमलराज गैरेले बताउनुभयो ।

मुख्य गरी भूकम्पको कारण खाद्य उत्पादनमा आएको गिरावट र खेती योग्य जमिनमा अन्नबाली लगायत विभिन्न अभियान सञ्चालन गरिरहेकाले यस आर्थिक वर्षमा बाँकी रहेको समयमा भने जोखिममा रहेका गाविसलाई सामान्य बनाउन पहल भइरहेको कृषि कार्यालयका प्रमुख डाक्टर कमलराज गैरेले बताउनुभयो । किसानहरुलाई नियमित काम फर्काउन सामाजिक सस्थाहरुको सहयोगमा कामको लागि नगद, उन्नत बीउ वितरण, तालिम, अनुदान लगायतको कार्यक्रम जारी राखेकाले खाद्यान्नमा देखिएको जोखिमतालाई न्युनिकरण गर्न सकिने उहाँले बताउनुभयो ।

अन्न भण्डारणको जिल्ला नुवाकोटमा खाद्यान्नमा देखिएको असुरक्षितलाई न्युनिकरण गर्न दीर्घकालिन योजना बनाएर समाधान खोज्न क्रियाशिल हुने खाद्य सुरक्षा सञ्जालको प्रमुख एंव प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताउनुभयो । सञ्जालको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पोखरेलले अब अहिले लगाइइएको बालीको उत्पादन श्रमदान, रेमिट्यान्सको समेत समीक्षा गरी सुरक्षित बनाउन पूर्व तयारीमा जुट्नुपर्ने बताउनुभयो ।  
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पछिल्लो साढे दुई महिनादेखी बस्न नसकेकाले केही  एक साताभित्रै बस्ने तयारी भएको सञ्जाललाई प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभयो ।

सञ्जालको बैठककमा नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोरा,  स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल, प्रमुख कोष लेखा नियन्त्रण मणीभद्र न्यौपाने, वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्ट लगायत सदस्य रहेका कार्यालयका प्रमुख एंव प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘पत्रकार कुटिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला’ 

काठमाडौं,चैत २८ । समाचार संकलनको क्रममा अनलाईन खवरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले भ्रत्सना गरेको छ । 
सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने क्रममा फोटो किन खिचेको भन्दै पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएकोमा पत्रकार महासंघले एक विज्ञप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण जनाएको हो । 

महासंघका महासचिव उजीर मगरले निकालेको विज्ञप्तिमा भनिएको छ, -'नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ पत्रकार अधिकारीमाथि भएको प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।'
 

विधान संशोधन सहित सर्वसम्मतले पारित

काठमाडौं,चैत २२ ।  नेपाली कांग्रेसको वैठकले विधान संशोधन सर्वसम्मतले पारित गरेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमवार बसेको बैठकले विधान संशोधन सहित पारित गरेको हो । विधान सम्सोधनपछि संसदीय दल कार्यसमिति २४ बाट बढाएर ३६ पुर्‍याइएको छ। अब कांग्रेस संसदीय दल कार्यसमितिमा संसदीय दलको नेता १ जना,  खुला तथा समावेशी तर्फबाट निर्वाचित १५ जना, ७ प्रदेशबाट निर्वाचित ७ जना र मनोनित ९ जना सदस्य हुनेछन्। त्यस्तै पार्टीका २ महामन्त्री, प्रमुख सचेतक र सचेतक गरी ३६ सदस्यीय हुनेछ।  यसअघि कांग्रेसमा संसदीय दलको नेता १ जना,  निर्वाचित १२, विकास क्षेत्रबाट ५ र मनोनित ६ जना गरी २४ जनाको संसदीय दल कार्यसमिति हुने व्यवस्था थियो। 

मेलम्चीको पानी राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने

काठमाडौं,चैत २१ । मेलम्चीको पानी आउने आशामा बसेका राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ। निर्माण अवधि बढेसँग लागत पनि एक अर्ब रुपैंया थपिने भएको छ। निर्माणको ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएपछि निर्माणमा ढिलाई हुने भएको हो। सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन कम्पनी सिएमसी डी रेभेन्नालाई दिएको थियो। उक्त कम्पनीसँग सम्झौता हुँदा नै २०७३ वैशाख १ गतेदेखि राजधानीबासीको घरघरमा मेलम्चीकोपानी आउने घोषणा तत्कालिन शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले गरेका थिए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं आयोजना प्रमुख घनश्याम भट्टराईले भुकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्नेकाम अवरुद्ध भएकाले लक्षित समयमा काम सम्पन्न नहुने स्थिति आएको बताए। कान्तिपुर दैनिकमा समाचार छ ( भट्टराईका अनुसार नाकाबन्दी खुलेपछि सुरुङ खन्ने काम सुचारु भएको छ। एक महिनादेखि मात्र सुरुङ खन्ने कामको गति बढ्न थालेको छ।

ईन्धन कालोबजारी गर्ने ११९ विरूद्ध मुद्धा

२१ चैत, काठमाडौं ।
भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ ।
 
नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो।
 
कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन्।

कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल, हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मट्टीतेल बरामद भएको छ।
 
महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन् । ५७ जना व्यापारीलाई सचेत गराएर छोडिएको छ ।

भारतीय नाकाबन्दीपछि कालोबजारी विरुद्ध नेपाल प्रहरी, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, अधिकारवादी तथा उपभोक्ता संयुक्त रुपमा परिचालित थिए।
 
महानगरीय प्रहरी आयुक्त एआर्इजी प्रतावसिंह थापाका अनुसार इन्धन कालोबजारीविरूद्धको अनुगमनमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सादा पोसाकका प्रहरीलाइ खटाइएको कारोबार दैनिकमा समाचार छ।

४ सय १८ गाविसलाई अझै सडकले छोएन

२१ चैत, काठमाडौं ।
देशका ४ सय १८ गाविस अझै पनि सडकबाट वञ्चित रहेका छन्। सरकारले सडक निर्माणको कामलाई प्राथमिकता दिएपनि डोल्पा र हुम्ला जिल्लामा अझै पनि सडक पुग्न सकेको छैन। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
 
विकास निर्माणको मेरुदण्ड मानिएको सडक निर्माणको कामले भने अझै गति लिन सकेको छैन। वार्षिक रुपमा बजेट विनियोजन हुने र वर्षको अन्तिम समयमा आएर काम गर्ने प्रवृत्तिका कारण सडक निर्माणको काम लक्ष्यअनुसार अगिाडि बढ्न सकेको छैन।
 
संघीय मामलिा तथा स्थानीय विकास मन्त्रालय अन्तरर्गत रहेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले देशका ७३ वटै जिल्लामा कृषि सडक निर्माण लगायत अन्य विकास निर्माणको काम गर्दै आएको छ।
 
तर लक्ष्यअनुसारको काम हुन सकेको छैन। विनाशकारी भूकम्प, सीमाको अवरोधका कारण योजना समयमा नै सम्पन्न गर्न कठिनाइ हुने विभागले जनाएको छ।

म्यानपावर दलालहरु फ्रि भिसा–फ्रि टिकट हटाउने चलखेलमा

२१ चैत, काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले 'फ्रि भिसा फ्रि टिकट'को प्रावधान हटाउने तयारी गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
 
व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट केही दिनभित्र दिने स्थितिमा पुगेको स्रोतले बतायो।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ुफ्रि भिसा फ्रि टिकटु शव्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये जुन कम हुन्छ, त्यही लिन पाउने प्रावधान प्रस्ताव गरेको छ।
 
स्रोतका अनुसार मन्त्रालयले घुमाउरो पाराले यसलाई स्वीकार्ने मनस्थिति बनाएको छ। सरकारबाट सकारात्मक निर्ण हुने संकेत पाएपछि शुक्रवारबाट संघले पूर्वस्वीकृति लिने काम खुला गरेको छ।
 
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले सरकारले वार्तामा बोलाएको र लचकता अपनाएका कारण पूर्वस्वीकृतिका हकमा काम सुचारु गर्न थालिएको बताए।
 
अघिल्ला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले निर्णय गरेको फ्रि भिसा फ्रि टिकटको नियम गत असार २१ देखि लागू भएपछि व्यवसायीहरु आक्रोशित हुँदै आएका छन्। मलेसिया, कतार, यूएई, बहराइन, ओमन, कुबेत र साउदी अरबका हकमा यस्तो नियम लगाइएको हो।

कोस्टाले स्वान्सी सिटीसँगको खेल गुमाउने,२० हजार पाउण्डको जरिवाना

एजेन्सी,चैत २० । इंग्लिस क्लब चेल्सीका स्ट्राइकर डिएगो कोस्टास्वान्सी सिटीसँगको खेल गुमाउने भउका छन् । फुटबल एसोसिएसन एफएले कोस्टामाथि थप एक खेलको प्रतिबन्ध लगाएसँगै चैत २७ गते स्वान्सी सिटीसँग हुने खेल गुमाउने भएका हुन् । गएको फागुन २९ गते एफए कप अन्तर्गत एभर्टनसँगको खेलमा रातो कार्ड पाएपछिको कोस्टाको व्यवहार अनुचित गरेको आरोप कोस्टामाथि लागेके छ । उक्त आरोपपछि कोस्टालाई एक खेलको प्रतिबन्ध र २० हजार पाउण्डको जरिवाना तोकेको हो । एफएले यस अघि नै यो घटनामा दुई खेलको प्रतिबन्ध लागेको थियो ।

यूरोपियन साम्राज्यवादीहरूको दोहोरो चाल-भरत दाहाल

यूरोपीयनहरूले नेपालमा दोहोरो गेम खेल्दैछन् । मोदिसंग मिलेर नेपाल विरूद्ध तिनीहरूले जारि गरेको वक्तयलाइ नेपालस्थित इयूकि राजदूतले आफूसंग संपर्क गरेर नदिएको र नेपालको संविधानलाइ पूरै इयूले पहिले नै स्वागत गरिसकेको धारणामा कुनै परिवर्न नभएको भनि दिएको सफाइ तिनीहरूले श्रीलंकामा खेलेको भूमिकाको नक्कल हो ।

श्रीलैकामा भारतीयह्रूले तामिलहरूलाइ संगठित गरेर सुरू गराएको विद्रोहमा मानव अधिकार हनन भएको जाँचबुझ गर्नुपर्ने बहाना बनाएर यूरोपीयनहरू घुसेपछि सो द्वन्दले जातिय सफायाको रूपमा विकास गरेको थियो ।

इयूको तर्फबाट तामिलहरूलाइ डलरको खोलो बगाउने देश नर्वे हो ।

अहिले तिनीहरूले तराइको वितण्डामा आँखा गाडेका छन् । जनजाति समुदाय आफ्नो रूची बमोजिम परिचालित हुन संभव नदेखेपछि तिनीहरूले भारतीय हस्तक्षेपलाइ हत्कण्डाका रूपमा प्रयोग गर्ने रणनीति संगठित गरेका छन् ।

यस तथ्यलाइ लुकाउनका लागि नेपाल स्थित इयूकि राजदूतको प्रष्टिकरण आएको हो । यस मामिलामा अमेरीका नाटकिय रूपमा मौन रहेको छ ।

आ्फ्नो षडयन्त्र छरपष्ट नहोस् भन्ने उद्देश्यले अमेरीकिहरूले मौनताको नाटक देखाएका हुन् ।
भारतीयहरूको तल्लोस्तरको चरित्रलाइ सजिलैसंग उपयोग गर्न सकिन्छ भन्ने तिनीहरूको बुझाइ छ । यिनीहरूको पर्दाफास गर्न छोड्नु हुदैन।

कर्मचारी संघको राखेपलाई ज्ञापन पत्र

काठमाडौं,चैत २३ ।  राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले तीन सुत्रिय माग राख्दै सदस्य सचिव केशव कुमार विष्टलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।  राखेप कर्मचारी संघका अध्यक्ष रंजन थापाको नेतृत्वमा संघ लगायत कर्मचारीहरुले सदस्य सचिव विष्टलाई उक्त माग पत्र बुझाएको हो ।
राष्ट्रिय खेलकुद परिषदमा २०६३ साल पछि कर्मचारीको बढुवा नभएकाले कर्मचारीमा निरुत्साहीपनको बढोत्तरी भएका कारण आवश्यक कार्यकुशलता प्रस्तुत गर्न नसकेको तर्फ माग पत्रमा औल्याईएको छ । कर्मचारीको बृत्ति विकास गर्ने काम परिषदको भएका कारण यथा सिघ्र बढुवाको कामलाई कार्यान्वयन गर्ने तर्फ कदम चाल्न परिषदलाई दवाव दिईएको छ । पदस्थापन नभएका कारण कार्यशैलीमा समेत वैधानिक बाधा अड्चन आउने तर्फ पनि माग पत्रमा औल्याईएको छ ।
यस्तै एकातिर कर्मचारी अवकास हुंदै जाने र अर्को तर्फ रिक्त रहेको पदमा पदपूर्ति नहुनाका कारण कुनै समयमा गएर परिषद् खाली हुने भन्दै लामो समयदेखि करारमा काम गर्दै आईरहेका कर्मचारीहरुलाई समेत समायोजन गर्ने गरि पद पूर्तिको काम छिटैनै अगाडी बढाउन माग गरिएको छ ।
यस्तै माग पत्रमा आगामी बर्षको लागि माग गरिएको बजेटमा खेलाडीहरुको हक हितको लागि खेलाडीहरुलाई आवश्यकिय प्रशिक्षणको व्यवस्था गर्ने, खेलाडीहरुको मनोबल उच्च राख्न खेलाडीहरुलाई उचित पुरस्कार राशीको व्यवस्था गर्ने, उच्च स्तरका खेल सामाग्रीहरुको आपूर्ति गर्ने, चारा छरे जस्तै गरेर बजेट विनियोजन नगरी परिषदको आफ्नो अधिनमा रहेको जग्गामा बन्ने संरचनामा मात्र निर्माण गर्न मिल्ने गरि बजेट विनियोजन गर्ने, खेलाडी प्रशिक्षक र कर्मचारीहरुको कार्यकुशलता बृद्धि गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षणहरुको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै सदस्य सचिव विष्टले कर्मचारीहरु पनि परिषदका अंग भएकाले त्यस तर्फ परिषदको ध्यानाकर्षण भएको भन्दै यो माग पत्र नभई सुझाव पत्र भएको विचार राखे । उनले कर्मचारीहरुले उठाएको कुराहरुमा परिषदले कार्य थालनी गरि सकेको भन्दै कर्मचारीहरु सम्म उक्त सुचना पुग्न मात्र  नसकेको बताए । उनले उक्त कार्य सम्पादन गर्दा आउने कमि कमजोरीलाई सवै एकै थलोमा बसेर समस्या समाधान गर्न कर्मचारी संघ संग अनुरोध गरे ।

अप्रिल ३ सांस्कृतिक साँझ तयारी अन्तिम चरणमा, टिकट विक्रि धमाधम

मदन पाठक-१८ चैत, टोकियो ।

अपांग बालबालिको सुन्दर भविष्यको लागि सहयोग गर्ने सेवा भावले यही अप्रिल ३ तारिखमा जापान टोकियोमा हुने सांस्कृतिक साँझको सम्पूर्ण तयारी सकिएको छ ।

आयोजक संस्था हाम्रो ग्रुप जापानका सदस्य विनोद भण्डारीले दिनुभएको जानकारी अनुसार बैतडीस्थित एक परिवारको ४ बालबालिकाको शिक्षाका लागि हुन लागेको कार्यक्रमको टिकट विक्रि अन्तिम चरणमा पुगेको छ ।

'टिकट विक्रि ५० प्रतिशत सकिसक्यो' भण्डारीले भन्नुभयो-'अन्तिम समयमा टिकट विक्रि बढेको छ सायद १ वा २ तारिखसम्म सकिन्छ होला ।'

आयोजक समुहका भण्डारीका अनुसार अप्रिल तिन तारिखमा जापान टोक्यो, मिनामी ओत्सुका हलमा साँझ ५ बजेबाट सुरु हुँदैछ ।

कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक गायिकाहरु राजु ढकाल, सावित्री जोशी, चर्चित हाँस्यकलाकार सुमान शंकर ईकु, मोडल रश्मी तामाङ जापान आउने पक्का भइसकेको छ ।

जापानमा रहेका कलाकारहरु युवराज आचार्य, सूर्य खड्का, विनोद भण्डारी तथा हाँस्यकलाकार प्रदिप कार्की, संगीता, निशा, मनिषा लगायतले पनि सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती पस्कने भएका छन् ।

यो पनि पढ्नुहोस् ।

तपाईलाई रुवाउनेछ यो दृश्यले-जसको लागि गरिँदैछ अप्रील तीनमा साँस्कृतिक साँझ

अपाङगता सहयोगार्थ नयाँ बर्षमा साँस्कृतिक साँझ

 

विराट कोहली टी-२० र्‍याङ्किङको शीर्ष स्थानमा 

एजेन्सी,चैत १६ । भारतमा चलिरहेको टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेका विराट कोहली विश्वको नम्बर वन ब्याट्सम्यान बनेका छन् । आईसीसीले जारी गरेको नयाँ टी-२० र्‍याङ्किङमा विराट शीर्ष स्थानमा उक्लिएका हुन् । यसअघि उनी दोस्रो नम्बरमा थिए । यसअघि कोहलीभन्दा २४ प्वाइन्ट अगाडि रहेर अष्ट्रेलियाका एरोन फिन्च पहिलोमा थिए । तर, अब कोहली ६८ प्वाइन्टले अगाडि छन् । टी-२० को शीर्ष दसको सूचीमा भारतबाट कोहली बाहेक अन्य कुनै खेलाडी छैनन् । 
 
यो र्‍याङ्किङमा न्यूजील्यान्डका मार्टिन गुप्टिल राम्रो प्रदर्शन गर्दै तेस्रो नम्बरमा उक्लेका छन् । उनी यसअघि पाँचौ नम्बरमा थिए । एक म्याचमा विस्फोटक पारी खेलेका क्रिस गेल छैटौं नम्बरमा रहेका छन् । टप १० मा अन्य भारतीय ब्याट्सम्यान छैनन् ।
 
बलिङ तर्फ भने भारत खस्किएको छ । पहिलो नम्बरमा रहेका आर अश्विन अब तेस्रो नम्बरमा पुगेका छन् । वेस्टइन्डिजका स्यामुएल बद्री पहिलो नम्बरमा उक्लेका छन् ।  भारतका रविन्द्र जडेजा सातौं नम्बरमा रहेका छन् । यता टीमतर्फ टी-२० र्‍याङ्किङमा भारतीय टीम पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा न्यूजील्यान्ड र तेस्रो नम्बरमा वेस्टइन्डिज रहेको छ । 
 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web