काठमाडौं,चैत २२ । नेपाली कांग्रेसको वैठकले विधान संशोधन सर्वसम्मतले पारित गरेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमवार बसेको बैठकले विधान संशोधन सहित पारित गरेको हो । विधान सम्सोधनपछि संसदीय दल कार्यसमिति २४ बाट बढाएर ३६ पुर्याइएको छ। अब कांग्रेस संसदीय दल कार्यसमितिमा संसदीय दलको नेता १ जना, खुला तथा समावेशी तर्फबाट निर्वाचित १५ जना, ७ प्रदेशबाट निर्वाचित ७ जना र मनोनित ९ जना सदस्य हुनेछन्। त्यस्तै पार्टीका २ महामन्त्री, प्रमुख सचेतक र सचेतक गरी ३६ सदस्यीय हुनेछ। यसअघि कांग्रेसमा संसदीय दलको नेता १ जना, निर्वाचित १२, विकास क्षेत्रबाट ५ र मनोनित ६ जना गरी २४ जनाको संसदीय दल कार्यसमिति हुने व्यवस्था थियो।
18.12¡ÆC