म्यानपावर दलालहरु फ्रि भिसा–फ्रि टिकट हटाउने चलखेलमा

बैशाख २१, २०७३ मा प्रकाशित | 863 views

२१ चैत, काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले 'फ्रि भिसा फ्रि टिकट'को प्रावधान हटाउने तयारी गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
 
व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट केही दिनभित्र दिने स्थितिमा पुगेको स्रोतले बतायो।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ुफ्रि भिसा फ्रि टिकटु शव्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये जुन कम हुन्छ, त्यही लिन पाउने प्रावधान प्रस्ताव गरेको छ।
 
स्रोतका अनुसार मन्त्रालयले घुमाउरो पाराले यसलाई स्वीकार्ने मनस्थिति बनाएको छ। सरकारबाट सकारात्मक निर्ण हुने संकेत पाएपछि शुक्रवारबाट संघले पूर्वस्वीकृति लिने काम खुला गरेको छ।
 
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले सरकारले वार्तामा बोलाएको र लचकता अपनाएका कारण पूर्वस्वीकृतिका हकमा काम सुचारु गर्न थालिएको बताए।
 
अघिल्ला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले निर्णय गरेको फ्रि भिसा फ्रि टिकटको नियम गत असार २१ देखि लागू भएपछि व्यवसायीहरु आक्रोशित हुँदै आएका छन्। मलेसिया, कतार, यूएई, बहराइन, ओमन, कुबेत र साउदी अरबका हकमा यस्तो नियम लगाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web