‘पत्रकार कुटिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला’ 

बैशाख २१, २०७३ मा प्रकाशित | 780 views

काठमाडौं,चैत २८ । समाचार संकलनको क्रममा अनलाईन खवरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले भ्रत्सना गरेको छ । 
सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूद्वारा भैरहेको आन्दोलनको फोटो खिच्ने क्रममा फोटो किन खिचेको भन्दै पत्रकार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई लाठी प्रहार गरी घाइते बनाएकोमा पत्रकार महासंघले एक विज्ञप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण जनाएको हो । 

महासंघका महासचिव उजीर मगरले निकालेको विज्ञप्तिमा भनिएको छ, -'नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो । महासंघ पत्रकार अधिकारीमाथि भएको प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।'
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web