दोधारा चाँदनीमा संचालित १ महिने सुईटर बुनाई तालिम सम्पन्न

बैशाख २१, २०७३ मा प्रकाशित | 1011 views

पप्पु गुरुङ्, २८ चैत्र, दोधारा चाँदनी ।  कञ्चनपुरको दोधारा चाँदनीमा संचालित १ महिने हौजरी तालिम आज सम्पन्न भएको छ् । आज एक कार्यक्रमको बिच तालिम सम्पन्न भएको घोषणा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सयोग तथा नगर स्तरिय महिला मुल समितिको आयोजनामा एक महिने सुईटर बुनाई तालिम सम्पन्न भएको नगर स्तरिय महिला मुल समिति दोधा चाँदनीका सचिव खिमा चन्दले जानकारी दिनुभएको छ् । नगर स्तरिय महिला मुल समितिका अध्यक्ष उमा रानाको सभापतित्वमा संचालित हौजरी तालिम समापन कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका सयुक्त कार्यालयका सचिव मोहन सिंह सुनार रहनुभएको थियो भने कार्यक्रम संचालन नगर स्तरिय महिला मुल समितिका सचिव खिमा चन्दले गर्नु भएको थियो । अतिथीमा राप्रपाका केन्द्रिय सदस्य शान्तिमाया सुनुवार, प्रशिक्षक बिमला चन्द, पत्रकार पप्पु गुरुङ्ग लगाएतको रहनुभएको थियो । समापन कार्यक्रममा एक महिना तालिममा प्रथम, द्धितिय र तृतिय तथा अन्यलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web