२५ चैत, टोकियो ।
जापानमा व्यापार व्यवसाय गर्दै आएका वा गर्न लागेकाहरुलाई खुशीको खवर छ ।
खुशीको खवर हो अब जापान सरकारले यसरी व्यवसाय गरेर बस्ने बिदेशी नागरिकलाई परिवार सहित बस्नको लागि परिचय पत्र दिने भएको छ ।
जापान सरकारले आगामी महिनाबाट लागूहुने गरि नयाँ स्थायी बसोबास अनुमति पत्र पीआर प्रदान गर्ने घोषणा गरेको छ ।
यो घोषणा अनुसार अब जापानमा व्यवसाय गर्ने अनुमती पाएकाहरुले आफ्नो परिवार ल्याउन पाउनेछन् ।
समाचार अनुसार जापान सरकारको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट जापानमा व्यवसाय गर्दै आएका व्यवसायी तथा कम्पनी संचालकले यस्तो स्थायि बसोबासको अनुमतिपत्र पाउनेछन् ।
स्थायी वसोवास अनुमति प्राप्त गर्नका लागि जापान सरकारको मातहतमा दर्ता भई संचालन भएका कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका व्यवसायीले यस्तो सुविधा पाउनेछन् ।
हालसम्म व्यवसाय दर्ता नगरि कार्यरत कम्पनीका संचालकले पनि कानुनी दायरामा गएमा अब यो सुविधा पाउनेछन् ।
यसको लागि जापान सरकारले व्यवसाय दर्ता नभई संचालनमा रहेका कम्पनीका संचालकलाई चार महिनाको अवधी दिने भएको छ ।
पीआर सुविधा लागूभएपछि जापानमा थप विदेशी लगानी तथा व्यवसायी थपिने अपेक्षा गरिएको छ । नयाँ नीतिले शरणार्थी आवेदन तथा विना भिसा जापानमा वस्नेहरुलाई समेत सहज हुने ठानिएको छ ।
15.58¡ÆC