भूकम्प पीडित अनुदान पाउनेको सूची सार्वजनिक हुँदै

बैशाख २१, २०७३ मा प्रकाशित | 832 views

२१ चैत, काठमाडौं । केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवसा पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आयतबार आठ जिल्लाका आठ गाउँमा सार्वजनिक गरिदैँछ ।

सूचीमा नपरेका व्यक्तिले दुई लाख खनुदान, सामूहिक जमीनको तीन लाख सहुलियत ऋण र गाउँमा १५ लाख धितोसहितको ऋण पाउने छैनन् ।

अघिल्लो वर्ष बैशाख १२ गते भूकम्पपछि राहत वितरणका लागि गृह मन्त्रालयले वितरण गरेको परिचयपत्रप्रति अविश्वास जनाउँदै दाता र सरकारले तथ्यांक विभागमार्फत इन्जिनियर र सामाजिक परिचालक गाउँमा पठाएर पुनर्निमाणका लागि लगत संकलन गर्न लगाएका थिए ।

प्राधिकरणले छनोट गरेका सिन्धुपाल्चोक र मकवानपुरका गाउँका बारेमा स्थानीय तहसँग समझदारी नहुँदा ती जिल्लाका गाउँमा भने आइतबार सूची सार्वजनिक गरिने छैन ।

प्राधिकरण अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रविओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुलिको रातमाटा झाँगाझोली, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चेमा अनुदान पाउनयोग्य लाभग्राहीको सूची सार्वजनिक गरिदैँछ ।

अनुदान पाउन योग्यको सूचीमा परेका घरधनीलाई स्रोतकेन्द्र वा गाविस वा नगरपालिकामार्फत अनुदान प्राप्त गर्ने विधि, प्रक्रिया र सम्वन्धित व्यक्तिले पालना गर्नुपर्ने सर्त तथा आवश्यक कागजातबारेमा विस्तृत जानकारी दिइन्छ ।

त्यसपछि सम्वन्धित घरधनीले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ ।  त्यसपछि बैंक खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ जम्मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web