एजेन्सी, असार ३ । युरो कप २०१६ मा युक्रेन उत्तरी आयरल्याण्डसँग पराजित हुदै चरणबाटै बाहिरिएको छ । विहिवार राती भएको खेलमा युक्रेनलाई २-० ले हराँउदै उत्तरी आयरल्याण्डले महत्वपूर्ण जित निकालेपछि युक्रेन बाहिरिएको हो । आज दुवै टोली गर या मरको स्थितिमा मैदान उत्रेका थिए ।

अघिल्लो चरण प्रवेशका लागि दुवैटोलीलाई स्पष्ट जितको खाँचो थियो । जितको खाजीमा दुवैटोली आक्रमक रुपमा मैदान उत्रिएपनि पहिलो हाफभने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४९ औ मिनेटमा हाता खोलेको युक्रेनले दोस्रो गोल भने ईच्जुरी समयको अन्तिम ९६ औं मिनेटमा गरेको हो । युक्रेन पहिलो खेलमा जर्मनीसँग २-० ले पराजित भएको थियो भने उत्तरी आयरल्याण्ड पोल्याण्डसँग १-० ले स्तब्ध भएको थियो ।

एजेन्सी,असार २ । कोपा अमेरिकाको क्वाटरफाइनलको खेल भोलीदेखि सुरु हुदैछ । पहिलो खेलमा शुक्रबार आयोजक अमेरिका र इक्वेडरबीच प्रतिस्पर्धा हुन लागेको हो । आयोजक अमेरिका समुह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । उद्घाटन खेलमै कोलम्वियासँग पराजित भएको अमेरिकाले त्यसपछिका लागतार दुई खेल जितेको थियो । कोलम्वियासँग २–० ले हारेको अमेरिकाले कोस्टारिलाई ४–० तथा पाराग्वेलाई २–० ले पराजित गरेको थियो ।

यस्तै इकवेडर समूह बी को उपविजेता बन्दै कवाटरफाइनलमा प्रवेश गरेको हो । इक्वेडरले पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो भने पेरुसँग २–२ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा हाइटीलाई ४–० ले हराएको थियो ।

कोपा अमेरिकाको सयौं वर्षगाँठको अवसरमा आयोजना गरिएको प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० तथा मध्य र उत्तर अमेरिकाबाट ६ गरी कुल १६ टीमले भाग लिएकोमा दक्षिण अमेरिकाबाट ६ टीमले क्वाटरफाइनलमा स्थान बनाएका छन् भने उत्तर अमेरिकाबाट आयोजक अमेरिका र मेक्सिको क्वाटरफाइनल पुगेका छन् ।

चार समुहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूह ए बाट अमेरिका विजेता र कोलम्विया उपविजेता, समूह बी बाट पेरु विजेता इक्वेडर उपविजेता, समूह सी बाट मेक्सिको विजेता भनेजुएला उपविजेता तथा समूह डी बाट अर्जेन्टिना विजेता र चिली उपविजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

कोपा अमेरिका क्वाटरफाइनल खेल तालिका
असार ३ गते : अमेरिका भर्सेज इक्वेडर बिहान ७:४५ बजे
असार ४ गते : पेरु भर्सेस कोलम्विया बिहान ५:४५ बजे
असार ५ गते : अर्जेन्टिना भर्सेस भेनेजुएला बिहान ४:४५ बजे
असार ५ गते : मेक्सिको भर्सेस चिली बिहान ७:४५ बजे

३ असार, एजेन्सी ।
बेलायतमा एक सांसदमाथि गोली प्रहार भएको छ । गम्भिर घाइते सांसदलाई अस्पताल भर्ना गरिएको छ भने गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बेलायती प्रहरी अधिकारीहरुका अनुसार योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट कोस घाइते भएका छन् भने आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएकी छिन् ।

हाल कोसको सर्जरी भइरहेको बताइएको छ । उनी गम्भिर घाइते भएपनि खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका वताईएको छ । ती व्यक्तिको परिचय बेलायती अधिकारीहरुले खुलाएको छैन ।

कुनै आतंकवादी आक्रमण नभएपछि हिंसात्मक समुह वा व्यक्तिले घटना गराएको बेलायती समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
पक्राउ परेका व्यक्ति बेलायती नै भएको र ति पुरुष मुश्लिम अतिवादी संग निकट रहेको कुनै आधार नपाएको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै समाचारहरुमा जनाइएको छ । यद्यपी प्रहरीले भने यस बारेमा थप जानकारी छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

३ असार, काठमाडौं ।

आगामी आर्थिक वर्षदेखि ठूला ठूला आयोजनाहरुको कार्य प्रगतिको अनुगमन केन्द्रबाट प्रत्यक्षरुपमा गर्नका लागि अर्थ मन्त्रालयमा प्रोजेक्ट वाच रुम स्थापना गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार मन्त्रालयमा प्रोजेक्ट वाच रुम स्थापना गर्नका लागि आवश्यक तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मुकुन्द पौडेलले जानकारी दिनुभयो ।

विश्वका विभिन्न देशमा ठूला आयोजनाहरु समयमा नै सम्पन्न गर्नका लागि प्रयोगमा ल्याइएको प्रोजेक्ट वाच रुम नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको र यसबाट पूँजीगत खर्च बढाउन तथा आयोजनाहरु समयमै सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयमा स्थापना हुने प्रोजेक्ट वाच रुममा रहने भिडियो स्क्रिनबाट नियमितरुपमा अर्थमन्त्री र अर्थसचिवले सबै ठूला आयोजनास्थलमा भइरहेका कामहरुको प्रत्यक्ष अनुगमन गरेर लक्ष्य अनुसार काम भए नभएका बारेमा सम्बन्धित आयोजना प्रमुखबाट जानकारी लिने, समस्या भए समाधानका लागि पहल गर्ने र लक्ष्य अनुसारको काम नभएको भए तत्काल कामलाई तीब्रता दिन निर्देशन दिनुहुने सहसचिव पौडेलले स्पष्ट गर्नुभयो ।

प्रोजेक्ट वाच रुम बाट प्रधानमन्त्रीले पनि आकस्मिकरुपमा मुलुकका कुनै पनि भागमा संचालित ठूला आयोजनाहरुको स्थलगतरुपमा भइरहेका कामको प्रत्यक्ष अनुगमन गर्नुहुने पनि सहसचिव पौडेलले जानकारी दिनुभयो ।

३ असार, काठमाडौं ।
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी राणालाई पेटसम्बन्धी समस्याका कारण थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ ।

राणाको उपचारमा पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरे संलग्न रहेका छन् । रत्न तत्कालीन राजा महेन्द्र शाहका पत्नी हुन् ।

राजतन्त्र नेपालबाट हटेपछि पनि नारायणहिटि भित्रै एक्लै बस्दै आएकी रत्नको हाल एक मात्र छोरा ज्ञानेन्द्र शाह पूर्व राजा जिवित छन् ।

उनका दुई छोरा बिरेन्द्र विरविक्रम शाह र धिरेन्द्र शाह भने राजदरवार हत्याकाण्डमा रहस्यमय ढंगले मारिएका थिए । त्यसपछि राजा भएका ज्ञानेन्द्र शाहले निरंकुश व्यवस्था लाद्दा नेपालबाटै राजतन्त्र हट्न पुगेको छ ।

२ असार, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुभयो ।

युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन–दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर उहाँ स्वदेश फर्कनुभएको हो ।

उपराष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

उपराष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री एवम् उपराष्ट्रपति कमल थापा, सूचना तथा सञ्चार मन्त्री शेरधन राई र गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्थ्यो ।

२ असार, काठमाडौं ।
संघीय गठबन्धनले सार्थक वार्ताका लागि वातावरण वनाउन सरकारसँग आग्रह गरेको छ ।

गठबन्धनको आज वसेको बैठकले सरकारले आफूहरुका मागका सम्बन्धमा पूर्ण तयारीका साथ आउनु पर्ने निर्णय भएको संघीय गठबन्धनका नेता राजकिशोर यादवले वताउनुभयो ।

वार्ताका लागि सरकारवाट आएको पत्र सकारात्म रहेको र त्यही अनुरुप वार्ताको तयारी सहित सरकार वार्तामा आउनु पर्ने नेता यादवले वताउनुभयो ।

काठमाडौं,असार २ । हिमालयन टाइगर प्रो. रेस्लिङ एसोसिएसन तथा कालिमाटी तरकारी बजार युवा क्लबको संयुक्त आयोजनामा दोश्रो कालिमाटी रेस्लिङ सो शनिबार हुने भएको छ ।

सोमा पुरुष÷महिलाको भिडन्त हुने छ । हिमालयन टाइगर, मिस्टर यति, अजिङ्गर, स्कोरपियन, द वारियर, मिस्टर बाबुसापलगायत सहभागी हुने छन् । महिलातर्फ युनिका र जुरेलीले भाग लिने आयोजक संघले जनाएको छ ।

२ असार, काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षदेखि अक्षराङ्कन 'लेटर ग्रेडिङ' पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण एसएलसी परीक्षा सुरु भएको ८३ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।

नियमिततर्फ ९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र १० देखि २० सम्म ‘इ’ मा ११ रहेका छन् ।

यसैगरी एङ्कजाम्टेड तर्फ ९० देखि १०० सम्म ल्याउने ‘ए’ प्लसमा चार जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा आठ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ९४ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा दुई हजार ९४३ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा २९ हजार ७८०, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा ७५ हजार ३४०, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।

यस वर्ष नियमित र आंशिकतर्फ कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ ।

जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।

२ असार, काठमाडौं ।
मन्त्रिपरिषद्को आजको बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र आयोगका कानुन ल्याउने, कात्तिकमा सङ्घीय संसद्को निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, संवैधानिक निकाय गठन गर्ने र मङ्सिरमा स्थानीय निर्वाचन सम्पन्न गर्नेलगायतका कार्ययोजना पारित गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री शेरधनराइले जानकारी दिनुभयो ।

यसैगरी, सरकारले यही २०७३ चैतभित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेछ भने २०७४ माघ ७ गतेभित्र आम निर्वाचन सम्पन्न गर्नेछ ।

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनासम्बन्धी कानुन २०७३ पुसभित्र ल्याउने पनि सरकारले निर्णय गरेको छ । सङ्घीय संसद्, प्रदेश सभा, प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी कानुन सोही अवधिमा ल्याउने निर्णय पनि भएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ कात्तिकसम्म गरिसकिने योजनामा उल्लेख छ ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले सो कार्ययोजना व्यवस्थापिका–संसद्मा पेस गर्र्ने जानकारी दिनुभयो । गत असोज ३ मा संविधानसभाबाट पारित संविधान कार्यान्वयनका क्रममा २०७४ माघ ७ गतेभित्र आमनिर्वाचन सम्पन्न भएपछि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन गरिने योजनामा उल्लेख छ ।

बैठकले सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई बढुवा गरेको छ भने मन्त्रिपरिषद्को २०७३ वैशाख ७ को निर्णयमा हेरफेर गर्दै आजको बैठकले रुसी महासङ्घका राजदूत सिफारिस हुनुभएका निरञ्जन थापालाई म्यान्मार र म्यान्मारका लागि सिफारिस हुनुभएका ऋषिराम घिमिरेलाई रुसी महासङ्घको राजदूत हुने गरी निर्णय गरेको छ ।

मासी प्रत्यारोपण 'बोन म्यारो ट्रान्सप्लान्ट' गराउने अत्याधुनिक उपकरण आगामी छ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा जडान गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी, आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन अतिरिक्त दस्तुर पनि तोकिएको छ । यसमा आवेदन प्राप्त भएको २४ घन्टाभित्र सेवा पाउन रु १५ हजार, दुई दिनभित्रका लागि रु १२ हजार, तीन दिनभित्रका लागि रु १० हजार रकम तोकिएको मन्त्री राईले बताउनुभयो । दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

काठमाडौं,असार २ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र शिवपुरी फेन्सिङ्ग क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपको ईपी स्पर्धामा पुरुष टिम ईभेन्ट्समा फाईनल प्रवेश गरेका छन् ।

नेपाल फेन्सिङ्ग संघद्वारा आयोजित प्रतियोगितामा एपिएफले नेपाली सेनको टिमलाई र शिवपुरीले पेन्टाथलन फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपको महिला तर्फ ईपी टिम ईभेन्ट्समा एपिएफले शिवपुरी फेन्सिङ्ग क्लबलाई पराजित गर्दै फाइनलमा सेनाको टिम संग उपाधीको लागि भिड्ने भएको छ । सेनाले कास्की फेन्सिङ्ग संघलाई पराजित गर्दै फाईनलमा स्थान बनाएको थियो ।

दुई दिन सम्म संचालन हुने प्रतियोगिताको ईपी पुरुष व्यक्तिगत स्पर्धामा एपिएफका सुकीराम तामाङ्ग, जङ्गा गिरी, राम बहादुर शाही र धापासीका ओमकार सिंह अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

दुई बर्ष अगी गठन भएको नेपाल फेन्सिङ्ग संघले एशियन प्रतियोगिता लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनुका साथै उच्च नतिजा हात पार्न सफल भई सकेको संघका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी गराए ।

नेपली सेना, एपिएफ, धापासी, पेन्टाथलन फेन्सिङ्ग क्लब, शिवपुरी फेन्सिङ्ग क्लब, कास्की फेन्सिङ्ग संघका गरि ४५ पुरुष र ३५ महिला खेलाडीहरुले सहभागिता जनाएको च्याम्पियनसिपको बिहिबार एक समारोह विच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पाले खेलाडीहरुलाई खेल सामाग्री प्रदान गर्दै उद्घाटन गरेका थिए ।

काठमाडौं,असार २ । ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ५–५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने कुराँस संघका अध्यक्ष डानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने महासचिव ध्रुवराज न्यौपानेले बताए ।

आयोजकका अनुसार करिब ४ लाख ७० हजार रुपैयाँ खर्च हुने प्रतियोगिताका खेलहरु धापासीस्थित मेरी गोल्ड हेल्थ क्लबमा हुने छ । ओभरसिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता हुने लागेको हो ।

प्रतियोगिताअघि खेल विधि बारे एकदिने प्रशिक्षण पनि हुने छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय कुराँस संघका निर्णायकको पनि उपस्थिति रहने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जेठ २५ गतेको निर्णानुसार दानबहादुर घिसिङको अध्यक्षतामा नेपाल कुराँस संघ राखेपमा १६० औं संघका रुपमा दर्ता भएको थियो ।