बेलायती सांसदमाथि गोली प्रहार, आक्रमणकारी पक्राउ

असार २, २०७३ 2016-06-16 मा प्रकाशित
Published at 2016-06-16

1248 views

३ असार, एजेन्सी ।
बेलायतमा एक सांसदमाथि गोली प्रहार भएको छ । गम्भिर घाइते सांसदलाई अस्पताल भर्ना गरिएको छ भने गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बेलायती प्रहरी अधिकारीहरुका अनुसार योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट कोस घाइते भएका छन् भने आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएकी छिन् ।

हाल कोसको सर्जरी भइरहेको बताइएको छ । उनी गम्भिर घाइते भएपनि खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका वताईएको छ । ती व्यक्तिको परिचय बेलायती अधिकारीहरुले खुलाएको छैन ।

कुनै आतंकवादी आक्रमण नभएपछि हिंसात्मक समुह वा व्यक्तिले घटना गराएको बेलायती समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
पक्राउ परेका व्यक्ति बेलायती नै भएको र ति पुरुष मुश्लिम अतिवादी संग निकट रहेको कुनै आधार नपाएको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै समाचारहरुमा जनाइएको छ । यद्यपी प्रहरीले भने यस बारेमा थप जानकारी छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.