कुराँस च्याम्पियनसिप शनिबार

असार २, २०७३ मा प्रकाशित | 906 views

काठमाडौं,असार २ ।  ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ५–५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने कुराँस संघका अध्यक्ष डानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने महासचिव ध्रुवराज न्यौपानेले बताए ।

आयोजकका अनुसार करिब ४ लाख ७० हजार रुपैयाँ खर्च हुने प्रतियोगिताका खेलहरु धापासीस्थित मेरी गोल्ड हेल्थ क्लबमा हुने छ । ओभरसिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता हुने लागेको हो ।

प्रतियोगिताअघि खेल विधि बारे एकदिने प्रशिक्षण पनि हुने छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय कुराँस संघका निर्णायकको पनि उपस्थिति रहने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जेठ २५ गतेको निर्णानुसार दानबहादुर घिसिङको अध्यक्षतामा नेपाल कुराँस संघ राखेपमा १६० औं संघका रुपमा दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web