२ असार, काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षदेखि अक्षराङ्कन 'लेटर ग्रेडिङ' पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण एसएलसी परीक्षा सुरु भएको ८३ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।

नियमिततर्फ ९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र १० देखि २० सम्म ‘इ’ मा ११ रहेका छन् ।

यसैगरी एङ्कजाम्टेड तर्फ ९० देखि १०० सम्म ल्याउने ‘ए’ प्लसमा चार जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा आठ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ९४ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा दुई हजार ९४३ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा २९ हजार ७८०, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा ७५ हजार ३४०, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।

यस वर्ष नियमित र आंशिकतर्फ कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ ।

जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।

19.12¡ÆC