३ असार, काठमाडौं ।
लगातार आठौं पटक सुमेघ ट्राभल्सले ड्रयागन एयरको उत्कृट ट्राभल एजेन्ट पुरस्कार जितेको छ ।

बिहीबार साँझ काठमाडौंमा आयोजित एक समारोहमा सुमेघ ट्राभलका प्रमुख मेघ केसीले पुरस्कार ग्रहण गर्नुभयो ।

चिनियाँ ऐयरलाईन्स कम्पनी ड्रयागन एयरलाइन्सले प्रत्येक बर्ष आफ्नो टिकट बढी बेच्ने कम्पनीलाई यो पुरस्कार दिंदै आएको छ ।

प्यासेन्जर तर्फको पुरस्कार सुमेघले पाउँदा प्यासेन्जर्स तर्फको अन्य पुरस्कारहरु क्रमस ओशो ओल्र्ड ट्राभल्स, मेघाबाईट ट्राभल्स एण्ड टुर्स, गोरखा भिजन ट्राभल्स एण्ड टुर्स र सेरेन ट्राभल्सले पाए ।

बिजनेश क्लासतर्फको उत्कृष्ट एजेन्ट जया ट्राभल्स एण्ड टुर्सले पायो भने एति होलिडेजले धेरै रेभिन्यु तर्फको उत्कृट एजेन्ट पुरस्कार थापेको छ ।
कार्गो तर्फ लिजेन्ड कार्गोले उत्कृट एजेन्टको पुरस्कार हात पारेको छ ।

काठमाडौं,असार ३ । रियो ओलम्पिक– २०१६ मा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाडी निशा रावल शुक्रबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकी छन् । ब्राजिलको रियो द जेनेरियोमा अगष्ट ५ देखि २१ तारिखसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जा हो लिसंगै कोरिया प्रस्थान गरेकी हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा चीनको होहोटमा जुन २० देखि २६ तारिखसम्म सञ्चालन हुने क्योरोगी तथा पुम्सेको विभिन्न निर्णायक रिफ्रेसर कोर्षमा सहभागी हुने तेक्वान्दो टोलीलाई पनि बिदाइ गरिएको थियो । कोर्षमा टार्जन सुब्बा, नवीनकुमार श्रेष्ठ, हीराबहादुर थापा, मीन न्यौपाने, नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, दीपक विष्ट, दिनेश श्रेष्ठ, भीमलाल श्रेष्ठ, अर्जुनभक्त राई, अर्जुन केसी, विश्वराज राई, कविराज नेगी लामा तथा मीनु कार्की सहभागी हुने छन् ।

काठमाडौं,असार ३ । नेपाल एपिएफ क्लबले प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला तथा पुरुष दुवै तर्फ टिम च्याम्पियन भएको छ । एपिएफले महिलातर्फ १७ र पुरुषतर्फ १९ अंक हासिल ग¥यो । प्रतियोगितामा अधिकांश पदक आफ्नो पोल्टामा हाल्न सफल एपिएफका जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते । अर्को कास्य शिवपुरी उ.मा.बि.का ओमकार सिंहले हात पारे । महिला व्यक्तिगतमा कास्कीकी राखी शर्माले एपिएफकी सुकुमाया घिसिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा एपिएफका जानुका स्याङताङ्ग र तुलसा बुढाथोकी रहे ।

इपीकै पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । त्रिभुवन आर्मीले रजतमा चित्त बुझायो भने शिवपुरी उ.मा.बि.ले कास्य प्राप्त ग¥यो । महिलातर्फ एपिएफले शिवपुरीलाई पछाडि पार्दै स्वर्ण आफ्नो कब्जामा लियो । त्रिभुवन आर्मीले कास्य पायो । दुई दिने च्याम्पियनसिपको फ्वाईल पुरुष ब्यक्तिगततर्फ काँडाघारी फेन्सिङ्ग क्लबले सेनालाई पराजित गर्दै स्वर्णमा कब्जा जमायो । तेश्रो स्थानमा एपिएफका गणेश थापा र धापासीका अमित भण्डारी रहे ।

यस्तै महिला ब्यक्तिगततर्फ त्रिभुवन आर्मीकी रमाकुमारी सिंहले स्वर्ण प्राप्त गरिन् । एपिएफकी उर्मिला माझीले रजत तथा आर्मीकी सुमित्रा भण्डारी र एपिएफकी मन्दिरा थापाले कास्य पाए ।

फ्वाईल तर्फको पुरुष टिम ईभेन्ट्सम आर्मीले बाजी मा¥यो । दोश्रो स्थानमा एपिएफ र तेश्रो स्थानमा कास्की फेन्सिङ्ग संघ रह्यो । महिलातर्फ एपिएफले आर्मीलाई पछिपार्दै स्वर्ण जित्यो । शिवपुरी उ.मा.बि.ले कास्यमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सदस्य निलेन्द्र राजश्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं,असार ३ । अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी देवीका खड्कालाई हराइन् ।

ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर, ८१ केजीमुनि सन्तोष सुनुवार तथा ९० केजीमुनि श्रीराम मकाजुले पहिलो स्थान हात पारे । फाइनलमा उमेशले पामका सुदेश दोङ, सन्तोषले प्रहरीका राजबहादुर चन्द तथा श्रीरामले नेपाल आर्मी क्लबका रमेशबहादुर चन्दको चुनौती समाप्त पारे । विजेतात्रय प्रहरीका हुन् ।

विजेतालाई आयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।

दुईदिने प्रतियोगितामा ५४ पुरुषले ५ तथा ३८ महिलाले ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । अन्तिम दिन शनिबार ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।

काठमाडौं,असार ३ । सीसीआरसी ‘ए’ र माया ‘बी’तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित आयोजक साइपाल एकेडेमीको कोर्टमा सीसीआरसी ‘ए’ ले लर्ड बुद्धलाई १५–२ तथा युनिग्लोबलाई १२–३ ले पराजित ग¥यो । माया ‘बी’ ले सानलाई ७–२ तथा मल्पीलाई ९–७ ले हरायो । सीसीआरसी र माया दुवैको ‘सी’ टिम पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।ब्वाइजमै एनएचवाइसी, गोल्फुटार, स्पोर्ट्स जोन र साम्बोट्टा क्वाटरफाइनलमा पुगेका छन्

नेपालगन्ज,असार ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार सस्तो लोक प्रियता कमाउन लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जान लागेका देउवाले नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाए ।

मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिनुभएको छ । पार्टी सभापति देउवा आज नेपालगन्जमै बस्नुहुनेछ । नेपाली काँग्रेस जुम्लाका सभापति स्वर्गीय मानव सेजुवालको शालिक अनावरण गर्न त्यसतर्फ जान लागेका हुन्। काँग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट पारेका छन् ।

काठमाडौं,असार ३ । सन् २०१७ मा हुने एएफसी कपका लागि हुने प्लेअफको ड्र सार्वजनिक भएको छ । प्लेअफ खेल्न थ्रीस्टार आगामी अगस्टमा मंगोलिया जाने भएको छ । शुक्रबार बिहान एएफसी हेडक्वाटार मलेसियामा भएको ड्र मा थ्री स्टार समूह बी मा परेको छ । समूह बी को आयोजना मंगोलियाले गर्नेछ। समूहमा मंगोलियाको एर्चिम एफसी र कम्बोडियाको नगवर्ल्ड एफसी रहेको छ। कुल ९ राष्ट्रका लिग च्याम्पियनले खेल्ने प्लेअफमा थ्रीस्टारले समूह चरणमा अन्य दुई क्लबसँग खेल्नेछ।

तीन समूहमा विभाजन गरिएको प्लेअफको समूह ए मा किर्गिस्तानको डोर्डोइ, मकाउको कासा वेनफिका र गुआमको रोभर्स एफसी रहेका छन्। यस्तै समूह सी मा भुटानको एफसी टर्टोन्स, बंगलादेशको शेख रसेल क्रिरा चाक्रा लिमिटेड रहेका छन्। प्रत्येक समूहको शीर्ष स्थानमा रहने टीममात्र प्लेअफमा छनोट हुनेछ। थ्री स्टारले समूह बी को पहिलो खेलमा आगामी अगस्ट २१ मा एर्चिम एफसी तथा अगस्ट २३ मा नगवर्ल्ड एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

३ असार, टोकियो ।
नेपाल पैसा पठाउनको लागि जापानमा भरपर्दो रेमिट्यान्सको रुपमा परिचित स्पिड मनी ट्रान्सफर 'जेनिथ रेमिट' ले जापानको नागोयाबाट पनि कारोबार सुरु गरेको छ ।

बिहिबारबाट औपचारिक सेवा थालेको जेनिथ रेमिट्यान्सको सेवा सुभारम्भ मुगल प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रमबिच भएको हो ।

नेपालीहरुको वाक्लो बस्ती रहेको नागोया शहरमा आफ्नो सेवा विस्तार पछि नेपालीहरुलाई भरपर्दो र सर्वसुलभ रुपमा नेपाल पैसा पठाउन सजिलो हुने जेनिथ रेमिट्यान्सका जापान निर्देशक तथा मार्केटिङ म्यानेजर नविन निउरेले बताउनुभयो ।

सो अवसरमा जेनिथ रेमिटका निर्देशक तथा समाजसेवी दिलु खत्री, अन्तराष्ट्रिय नेपाली साहित्य समाज 'अनेसास' जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका सल्लाहकार डिपी कंडेल, एनआरएनए जापानका सल्लाहकार दिलाराम खरेल, नागोयाका व्यवसायी नरवहादुर थापा, गल्कोट समाज जापानका कोषाध्यक्ष दिपक केसी, गल्कोट समाज नागोयाका रमेश गौतम, एनआरएनए नागोया क्षेत्रीय समितीका अध्यक्ष रामु खरेल लगायतको समेत सहभागिता थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ 'एनआरएनए' को अन्तराष्ट्रिय समन्वय परिषद 'आईसीसी' सदस्य तथा पूर्व एनआरएनए जापानका अध्यक्ष पारस मणि पोखरेल प्रमुख अतिथी रहनुभएको थियो भने एनआरएनए एसिया प्यासिफिक उपसंयोजक गोविन्द श्रेष्ठ 'रोविन्द्र' को पनि उपस्थिति रहेको थियो ।

नागोया शाखाको प्रमुखमा सागर ढकाल रहनुभएको जेनिथ रेमिटका निर्देशकहरुमा दिलु खत्री, शान्त खत्री र नविन निउरे रहनुभएको छ ।

सन् २०१२ देखि जापानबाट नेपालमा पैसा पठाउनका लागि भरपर्दो माध्यमका रुपमा काम गर्दै आएको स्पिड मनी ट्रान्सफर 'जेनिथ रेमिट' जापानमा रहेका नेपालीबिच लोकप्रिय रहेको छ ।

काठमाडौ,असार ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको , राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको अाजको राजधानी दैनिकमा समाचार छ ।

दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिताविपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयाेगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । उनले अक्षम्य अपराधको निष्पक्ष छानविन हुनुपर्ने बताए ।

उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उजुरीमा उल्लेख छ ।

काठमाडौ,असार ३ । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाच्च अदालतमा रिट दर्ता गरेका छन् । न्याय क्षेत्रमा पुर्याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा। सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको मनुस्मृतिमा गत वर्ष विद्याबारिधि गर्ने व्यक्ति भएको आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

उनले न्यायपरिषद्बाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन् । अरु न्यायाधीशको क्रमसंख्या उल्लेख गर्दा उनले गरेको प्रशासनिक कार्यविधि जोडिए पनि आफू न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रुपमा ३० वर्षसम्म पुर्याएको योगदानको उपेक्षा गरिएको उनको भनाइ छ । सिद्दिकीले २०३६ पुसदेखि कानुन व्यवसाय गर्दै आएको थिए । उनले परिषदबाट यस अघिको गणना नगरी क्मसंख्यामा अन्य न्यायाधीशभन्दा पुछारमा नाम राख्ने काम भएकाले यस्तो कार्य रोक्न सर्वोच्चसँग माग गरेका छन् । परिषद्ले भने आफ्नो अभिलेखमा सिद्दिकीको न्याय सेवा प्रवेश मिति २०६६ भदौ २१ गते जनाउँदै आएको छ । ३० वर्षको इतिहासै मेटिने गरी सात वर्षमात्र गण्ना गरिएपछि उनले परिषदसँगचित्त दुखाएका छन् ।

काठमाडौ,असार ३ । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।

संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनीको आजको कारोबार दैनिकले जनाएको छ । राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गनै नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो। सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन् ।

कालिमाटी सुगम ग्यास र ललितपुरमा एचपी ग्यास विस्फोट हुनु भवितव्य हुने भएकाले उद्योगको कुनै गल्ती नरहेको संघको दाबी छ । सरकाले तोकिएको मापदण्डको अधिनमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको जनाएका छन् ।

एजेन्सी,असार ३ । युरो कप फुटबलमा विश्व विजेता जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । खेलमा पोल्याण्डका स्ट्राइकर मिलिकले गोल गर्ने निकै राम्रो मौका खेल फाले । चार यार्ड मात्र टाढा रहेका उनी हेडरका क्रममा गोल गर्न चुकेका थिए । बराबरीसँगै समूह सी मा रहेका यी दुवै टीमको समान चार अंक भएको छ ।