यसकारण पड्किन्छ ग्यास सिलिन्डर

काठमाडौं,असार ४ । ललितपुर उपमहानगरपालिका वडा नं. १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो। काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भारत मोतीहारीका व्यवसायी विकु पण्डितको उपचारका क्रममा बिहीबार ज्यान गयो ।

उक्त दुर्घटनामा मोतीहारीकै रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशका डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भए । अन्नपूर्णमा समाचार छ । उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले भएका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसअघि पनि विभिन्न समयमा ग्यास सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएका दर्जनौं घटना छन् ।  नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना दोहोरिरहेका छन् ।  यसमा उपभोक्ताको लापरबाही पनि कारक छ।

समयमा ध्यान पुर्याउन नसक्दा सहरिया भान्छाकोठामा खाना पकाउने एकमात्र विकल्प ग्यास सिलिन्डर यतिखेर’सिलिन्डर बम’ मा रूपान्तरित हुँदै गएको छ। सानो असावधानीले कति बेला कसको भान्छाकोठामा सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगी जिम्मेवारी लिन चाहन्छन्, न त राज्य नै कडाइका साथ कारबाही गर्न चाहन्छ। यसले गर्दा यस्तो घटना दिनानुदिन बढ्दो क्रममा छ ।

फागुन १२ गते मन्त्री पुनले प्राविधिक टोलीसहित नौबिसे १ स्थित सिद्धार्थ ग्यास उद्योग, एचपी ग्यास उद्योग र सुगम ग्यास उद्योगको अनुगमन गरेका थिए। अनुगमनका क्रममा मन्त्री पुनले सिद्धार्थ ग्यास उद्योगमा २१ वर्ष पुरानो, कच्याककुचुक परेको र लिक भइरहेको सिलिन्डर फेलापारेका थिए।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अनुगमनका क्रममा अधिकांश उद्योगीले सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण नगर्ने गरेको भेटिएको थियो। उद्योगीका कर्मचारीले सिलिन्डरको भल्ब पूर्ण रूपमा सुरक्षित हुने गरी नकसेको पाइएको थियो। सुरक्षित हुने गरी नकसिएका भल्बबाट ग्यास’लिक’ भएर आगलागी हुने र पड्किने सम्भावना प्रबल हुन्छ ।

सिद्धार्थ उद्योग परिसरमा पुरानो, कच्याककुचुक परेको र गुणस्तरहीन सिलिन्डरमा नयाँ रङरोगन गरेर ग्यास भरी बजारमा पठाइए पनि सरकारले कुनै कारबाही गर्न सकेन। मन्त्री पुनले सिद्धार्थका आठ सय ६ थान सिलिन्डर सिलबन्दी गर्नमात्र निर्देशन दिए। सोही दिन मन्त्री पुनले उक्त स्थानमा रहेको सुगम ग्यास उद्योग परिसरमा पनि अनुगमन गरेका थिए ।

ग्यास भरेर पुनः प्राविधिक परीक्षण गरी प्रयोगका लागि’सुरक्षित’ भएको अवस्थामा मात्र डिलरमार्फत उपभोक्ताको भान्सासम्म सिलिन्डर पुर्याउनुपर्छ

सामान्यतया उपभोक्ताबाट खाली भएर फिर्ता आएको सिलिन्डर उद्योगमा आए पनि गुणस्तरसम्बन्धी परीक्षण गर्नुपर्ने हुन्छ। सिलिन्डरमा भएको लेदो, लिकेज, हाइड्रोस्टेटिक र अन्य प्रकारका प्राविधिक त्रुटिहरूसम्बन्धी परीक्षण गर्नुपर्छ।

सबै परीक्षण भइसकेपछि उक्त सिलिन्डरमा ग्यास भरेर पुनः प्राविधिक परीक्षण गरी प्रयोगका लागि’सुरक्षित’ भएको अवस्थामा मात्र डिलरमार्फत उपभोक्ताको भान्सासम्म सिलिन्डर पुर्याउनुपर्छ।’तर उद्योगीले कुनै परीक्षण नै नगरी गुणस्तरहीन सिलिन्डरमा ग्यास भरेर सीधै उपभोक्ताको भान्साकोठासम्म पठाइएको पाइएको थियो’, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने।

उनका अनुसार अनुगमनका क्रममा सुगम ब्रान्डको सिलिन्डरमा तीन सय ३० ग्रामसम्म लेदो जमेको भेटिएको थियो।’सामान्यतया एक सय ५० ग्रामसम्म लेदो भेटिन सक्छ’, पुडासैनीले भने,’तर जमेको लेदो मापदण्डभन्दा बढी भेटियो। यो ठूलो लापरबाही हो।’ उनका अनुसार सुगम उद्योगले भरिसकिएको सिलिन्डरलाई पानीको ट्यांकीमा राखी सुरक्षित छ कि छैन भनेर परीक्षण गरेको समेत पाइएन।

युरो कप: स्पेन नकआउट चरणमा, टर्की बाहिरियो

एजेन्सी,असार ४ ।  टर्कीमाथि शानदार जित हात पार्दै  दुई पटकको डिफेन्डिङ च्याम्पियन स्पेनले समूह चरणको एक खेल अघि नै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार विहान भएको एकपक्षीय खेलका स्पेनले टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । यससँगै युरो कप २०१६ मा दुई भन्दा बढी गोल गर्ने पहिलो टिम स्पेन बनेको छ ।

स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । स्पेन जारी युरोकपमा दुई भन्दा धेरै गोल गर्ने पहिलो टिम बनेको छ । ३४ औं मिनेटमा मोराटाले व्यक्तिगत पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । नोलिटोले ३७ औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा नै मोराटाले स्पेनको अग्रता ३–० मा पु¥याए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र स्पेन ३–० ले विजयी भयो ।  टर्कीको भने यो दोस्रो हार हो ।

१५ नक्कली डाक्टर पक्राउ

४ असार, काठमाडौं ।
प्रहरीले १५ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नक्कली प्रमाणपत्र भएको अभियोगमा शुक्रबार विरगञ्ज विराटनगर र चितवनबाट १५ जना चिकत्सकलाई पक्राउ गरको हो ।

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार र निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

शुक्रबारनै विराटनगरमा पनि तीन जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् ।

सिआइभीको विशेष टोलीले शुक्रबार उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेका मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले बताउनु भयो ।

त्यसैगरी चितवनमा पनि तीन जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरीलाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

घुससहित वन अधिकृत पक्राउ, घुस्याहा गाविस सचिव बिरुद्ध मुद्दा

४ असार, काठमाडौं ।
मकवानपुरका  सहायक वन अधिकृत रामकृष्ण कुस्लेलाई १ लाख ८० हजार रुपैँया घुस लिँदै  गरेको अवस्थामा अख्तियारले शुक्रबार पक्राउ गरेको छ ।

अपरान्ह  हेटौँडाको एक लजबाट सहायक वन अधिकृत कुस्लेलाई पक्राउ गरेको हो ।

दोलखा भीमेश्वर नगरपालिका–१ घर भएका कुस्लेले भार्ता बिलौने सामुदायिक वन उपभोक्ता समितिको लिलामी काठ उठाउने क्रममा ठेकेदारसंग एकलाख ८० हजार रुपैँया घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान मध्यमाञ्चल क्षत्रीय कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका भनिएका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिनका लागि पाँच हजार रपैंया घुस लिएकोे पुष्टि भएकाले आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण

४ असार, काठमाडौं ।
भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ ।

सहरी
विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले
३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले
राससलाई जानकारी दिनुभयो ।

थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धादिङमा
मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार,
रसुवामा मन्त्रालयले चार र सेनाले दुई , सिन्धुपाल्चोकमा मन्त्रालय र सेना
दुवैले चार चार , काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई , दोलखामा
मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन,
सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना
दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई , गोरखामा
सेनाले पाँचसामूहिक आवास निर्माण गर्ने कार्यक्रम सुरु भएको छ ।

थ्रीस्टार समूह चरणबाटै बाहिरियो, सुदुरपश्चिम र संकटा क्वाटर फाइनलमा

काठमाडौं, असार ३ । थ्रीस्टार ललित स्मृति यू-१८  फुटबल प्रतियोगिता   समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको खेलमा सुदुरपश्चिम फुटबल क्लवसँग २–१ ले पराजित भएपछि थ्री स्टार क्लव समूह चरणबाटै बाहिरिएको छ । खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा थ्री स्टार बाहिरिने पहिलो टोली बन्न पुग्यो ।

अन्तिम समयमा कप्तान कमल देउबाले गोल गरेपछि सुदुरपश्चिम पहिलो खेलमा जित हात पर्दै अर्को चरणमा प्रवेश गर्ने पहिलो टिम पनि बन्यो  ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा सरस्वति क्लव र मोरङ फुटबल क्लव २–२ को बराबरीमा रोकिए । खेलमा दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मोरङ अंक बाँड्न बाध्य भयो ।  सरस्वतिका क्षितिज खड्काले दुई गोल गरेर खेल बराबरी गरे । खेलको छैटौं मिनेटमा सचिनराज बस्नेतले मोरङका लागि सुरुवाती अग्रता दिलाए पनि ३१ औं मिनेटमा क्षितिज खड्काले बराबरी गोल फर्काए ।  विदुर रिजालले ६५ औं मिनेटमा मोरङलाई दोश्रो पटक अग्रता दिलाएको भएपनि त्यो अग्रता ८० मिनेटभन्दा अघि बढ्न सकेन ।

IRLC directs DoFE not to renew licenses to cheater manpower agencies

The meeting of the International Relations and Labour Committee (IRLC) of the Legislature Parliament today directed the Ministry of Labour and Employment and the Department of Foreign Employment (DoFE) to keep details of and take action against those manpower agencies accused of cheating on foreign employment aspirants and migrant workers through various ways.

The committee meeting also directed the concerned authority not to renew licenses of the manpower agencies in question after formulating clear policy and standards for regulating such manpower agencies.

PM Oli urges NC to cooperate constitution implementation process

Experts in the area of constitution and politics have expressed their deep concerns over the delay of the implementation of the constitution commenting that the leaders were found divided in the critical period of implementing the national charter.

Speaking at an interaction on 'Implementation of Constitution: Challenge and Accountability' organized by the High Level Administration Reforms and Implementation Committee in the capital today, Prime Minister K P Sharma Oli urged the Nepali Congress to cooperate the constitution implementing process as the government has come with detail schedule for the same.

He said that the government was seriously working out to implement the constitution as it was preparing to table the amendment bills required for the implementation of the constitution.

PM Oli directed the Local Bodies Reconstruction Commission to prepare the report as soon as possible.

Similarly, General Administration Minister Rekha Sharma urged the senior leaders of the major parties to be serious for the implementation of the constitution adding that the government was working out in this regard.

CPN (UML) general secretary Ishwar Pokharel said that the issues of the constitution implementation should not be limited on the speech of the leaders.  Likewise, Nepali Congress leader Kamala Panta expressed dissatisfaction on constitution implementation schedule prepared by the government claiming that it was issued without the consent of the opposition Nepali Congress.
CPN (Maoist Centre) leader Dev Gurung suggested strengthening the bureaucracy to implement the constitution.

Chief Secretary Dr Somlal Subedi opined for addressing the financial aspects for federalism, inter-governmental coordination while operating federalism even to end political transition.

Chairman at the High Level Administration Reforms Committee, Kashiraj Dahal, stressed on preparing the Public Administration National Policy to implement the federalism.

Govt under directive for provision to channel remittance through banking

The government and the Ministry of Labour and Employment are under instructions for adjusting a provision to adopt the banking system to remit the money earned by Nepali migrant workers when reaching labour agreements with foreign destination countries or renewing such agreements.

The International Relations and Labour Committee under the Legislature-Parliament today directed the government, Finance Ministry and Nepal Rastra Bank (NRB) for introducing a policy for government's mandatory payment of related commission and necessary fees charged when Nepali migrant workers remit money to Nepal through the banking channel.

The directive also calls for stringent measures against organizations or individuals found to be involved in brining remittance money through illegal channel known as the 'Hundi service'.

The Committee has also pressed for withholding the renewal of permit letters for manpower companies that have not complied with the decision taken two years ago demanding submission of details related to its work and activities.

के हो मेरो पहिचान ? -अनिता यादव

कसैले तपाईंलाई मर्सिया, भैयाँ, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू, काले, धोती, भेले आदि भनेर रंगभेद र दुव्र्यवहार गर्छ भने त्यो तपाईंको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छेको संकीर्ण सोचाइ र कमजोरी हो। कुनै जमानामा हाम्रै देश नेपालमा मनु मखु, मस्या ख:, अर्थात् 'मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो।

आज आएर यही देशमा मधिसे मूलका डा. रामवरण यादव प्रथम राष्ट्रपति बने, भोलि जो कुनै पनि राष्ट्रपति बन्न सक्छ। म मधेसमा जन्मेँ। कालो छु, कसैको नाक थेप्चो छ, कसैको नाक चुच्चो छ, कसैको आँखा चिम्सो छ, कसैले ट ट गरेर बोल्छ।

कालो वर्ण, चुच्चे नाक, थेप्चो नाक, चिम्सो आँखा त प्लास्टिक सर्जरी गरेर परिवर्तन होला तर तपाईंको विचार, सोच र शैलीलाई के गर्ने ? नेपालमा अहिले एक सय २५ भन्दा धेरै जनजाति छन् भने करिब एक सय १० भन्दा बढी भाषाभाषी छन्। अनेकतामा एकता र एकतामा अनेकता नै नेपालीको विशेषता हो।

हाम्रो देश बहुसंस्कृतिको धनी देश मानिन्छ जसको मि श्रणले नेपाली संस्कृति बनेको छ। पहिचानका लागि लड्ने हो भने म त मिथिलावासी हुँ। सबै तराईवासी मिथिला होइनन्। आधाभन्दा बढी मिथिलावासी इन्डियामा छन्। अब भन्नुहोस् म मेरो पहिचानको लागि नेपालसँग लडुँ वा इन्डियासँग लडुँ ?

पहिचानकै लागि संघर्ष गर्ने हो भने त मेरो पहिचान मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन। त्यसैले भाषा, संस्कृति, रहनसहन, धर्म, सामाजिक सम्बन्धलाई राजनीतिक रंग दिन हुँदैन।

जातीय विभेदी मानसिकताको अशोभनीय चिन्तनलाई चाँडोभन्दा चाँडो अन्त गरौं नत्र यसले विनाश निम्त्याउँछ, सामाजिक द्वन्द्व बढाउँछ, देश शक्तिहीन बनाउँछ। केही निहित स्वार्थका लागि देश तथा जनताको बली नचढाऊ। नेपाली भन्न सिक्नुभन्दा स्वाभिमानी नेपाली बन्न सिकौं। अब हामीले हिँड्ने बाटो लामो छ, उकालो छ, अप्ठ्यारो छ, अत्यासलाग्दो छ तर हामी सबै मिलेर हिँड्ने हो भने एक दिन गन्तव्यमा पुग्न अवश्य सफल भइन्छ।

अन्तर्राष्ट्रिय जगत्मा हाम्रो पहिचान नेपालीभन्दा अरू केही हुन सक्दैन। हो, अरू पहिचान भए पनि त्यसको औचित्य हुँदैन, विभाजनको बीउ रोपेर देशमा अस्थिरता निम्त्याउने काम नगरौं नेपाली पहिचानबाहेक अरु निहुँ खोज्नेहरूलाई राजनैतिक मसलामात्र हो। अहिले भएकै सिंगो पहिचान संरक्षण गर्न सकिएको छैन भने अब बन्ने बाइसेचौबीसे पहिचान संरक्षण कसरी हुन्छ होला ?

शान्ति र समृद्धिको लागि जनताले लडे, मतदान गरे, संविधान पनि ल्याए तर पनि रगतको खोलो अझै बगिरहेको छ। मानवीय सम्बन्ध नै सबैभन्दा ठूलो सम्बन्ध हो जसको सुन्दरता हामीले देशबाट, राजनीतिबाट, सामाजिक संघसंगठन र व्यक्तिव्यक्तिबाट सद्भाव, सम्मान, स्थान बनाउँदै शान्ति र समृद्धितर्फ लाग्नु पर्दछ।

म यादवको छोरी हुँ। जातभात अनि रहनसहनको कुरामा मैले पनि थुप्रै दुव्र्यवहार भोगेको र सहेको छु तर मलाई मेरो देशसँग, सरकारसँग, धर्मसँग कुनै गुनासो छैन। गुनासो त केवल हाम्रो समाजको सोचसँग छ, व्यवहारसँग छ। मैले जहिले पनि देशले मलाई के दियोभन्दा पनि मैले देशलाई के दिए भन्ने कुरामा ध्यान दिएको छु। जब दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोण बदलिन्छ तबमात्र दुनियाँले हामीलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ।

राष्ट्र, राष्ट्रियता, स्वाभिमानको लागि लड्ने हिजो पनि गलत थिएनन्,
आज पनि गलत छैनन् र भोलि पनि गलत हुँदैनन् ! गलत त त्यो हुन्छ जस्ले देश र समाजको हितविपरीत काम गर्दछ। खै के गर्ने नेपालमा राजनीतिक लाभको लागि आफ्नो स्वाभिमान बेच्नेहरू धरै छन्।

गरिबले एक छाक भात खान पाउन, स्वच्छ हावामा सास फेर्न पाउन, पिउन योग्य पानी पिउन पाउन, हरेक नागरिक स्वस्थ होऊन्जस्ता जीवन चलाउन आधारभूत आवश्यकताबाट हामी अझै पनि वञ्चित छौं। असल नेतृत्वले देशको भाग्य निर्धारण गर्छ तर यहाँ बनाउनेभन्दा बिगार्नेको भीड छ, आकाशपाताल जोड्न सपना बाँड्ने र बालुवाको महल बनाउनेको भीड छ। बीचमा घुन पिसिएझैं पिसिएका छन् गरिबदु:खी नेपाली जनता।

नकारात्मक विचार भएको मान्छेहरू संसारको सबै ठाउँमा हुन्छन् नेपालमा पनि धेरै छन् तर दुर्भाग्य खाली नकारात्मक विचार भएको मान्छेको मात्र हालिमुहाली छ। मेरो काम त लेख्दै जान्छु, लेखेकोलाई व्यवहारमा उत्रार्दै जान्छु, सायद मैले लेखेको र गरेका कामले एउटा नौलो सकारात्मक बहस सुरु होला र एक दिन समाजमा नकारात्मक विचारमा कमी पक्कै आउनेछ। आशा छ यो परिवर्तन हाम्रै पालोमा हुनेछ।

दु:ख त मलाई तब लाग्छ जब म देशमा केही गर्नको लागि बाँच्नेभन्दा बाँच्नको लागि केही गर्नेहरूको भीड बढिरहेको देख्छु। म र मजस्ता थुप्रै नेपालीहरू अँध्यारोबीचमा पनि केही आशालाग्दो भविष्यको खोजीमा छौं।

राजनीति केवल जितको लागिमात्रै भयो, यो देशमा हार्न कोही चाहन्नन् तर हरेक पल, हरेक दिन हार्नेहरू नेपाली जनतामात्रै रहे। आजकल हरेक क्षेत्रलाई कमाउने धन्दा बनाउनेहरूको भीड छ। दिनप्रतिदिन राजनीतिले व्यापार उद्योगको रूप लिँदैछ आफ्नै पैसामा आफन्तसँग पटकपटक आफैं बेचिएका छौं हामी ।

खै के भनुँ, कसलाई भनु, म र मजस्ता अरू नेपालीहरू आजकल आशावादीबाट रक्षात्मक निराशावादी बन्न पुगेका छौं। विभिन्न तन्त्रका साथै राजतन्त्रको त बिदाइ गरे नेपाली जनताले तर रजौटातन्त्रबाट कहिले मुक्ति पाउने हो ?

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित यो लेख साभार गरिएको हो । लेखक अनिता यादव पूर्व राष्टपति रामवरण यादवकी छोरि हुनुहुन्छ ।

जापान ‘नेपाल डे फेस्टिवल’को सूचना

४ चैत, टोकियो ।
जापानमा यही अगस्ट ६ र ७ तारिखमा हुन लागेको नेपाल डे फेस्टिवलको बारेमा आयोजक समितिले नयाँ सूचना जारी गरेको छ ।

जारी गरिएको नयाँ सुचना अनुसार जुलाई एक तारीखसम्म खानाको स्टलको लागि होकेन बुझाउनु पर्ने भएकोले खानाको स्टल राख्न ईच्छुक तथा बुकिंग गरेकाहरुलाई अग्रिम रकम भुक्तानी गर्न आग्रह गरिएको छ ।

प्रकाशित नयाँ सुचना अनुसार २० तारिख सम्म खानाको स्टल राख्न बुकिंग गरेमा मात्र ३० मान जापानी येन लाग्ने छ ।

यस्तै आफ्नो ब्यानर आफैंले बनाउनुपर्ने छ भने उक्त डिजाइन आफ्नो भएपनि व्यानर आयोजकको डिजाइनमा हुनेछ ।

यस्तै ११ तारिख बाट बुकिगं हुने खानाको स्टलको लागि जुन २५ तारिख सम्म ३२ मान येन शुल्क लाग्ने छ । अर्थात् २ मान थप अतिरिक्त शुल्क लाग्ने छ ।

ब्यापारिक प्रायोजनको लागि भने १० मान येन शुल्क यस अघिकै तोकिएको छ ।

नेपाली बियर तथा अन्य पिय पर्दाथको हकमा बोतलमा बेच्न नपाएपनि कपमा राखेर बेच्न पाइने छ ।

जापान नेपाल डे फेस्टिवल स्टल बुकिङ जुन २५ तारिक सम्म

युरोकप: एडरको उत्कृष्ट गोलले इटली नकआउट चरणमा, स्वीडेन पराजित

एजेन्सी,असार ३ ।  स्वीडेनलाई हराउँदै इटाली युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । एडरको उत्कृष्ट गोलको मदतमा इटलीले स्वीडेनलाई १-० गोल अन्तरले पराजित गरेको हो । जर्जियो चिलिनीले गरेको थ्रोलाई इडरले ८८ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले स्वीडेनका चार खेलाडीले छल्दै हानेको बलले जाली चुमेको थियो ।  प्रि क्वाटर फाइनलमा पुगेको इटालीले आफ्नो पहिलो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो । हारपछि स्वीडेको भने अन्तिम १६ मा पुग्ने संभावना निक्कै कठिन भएको छ ।

स्वीडेनले अन्तिम खेलमा बेल्जियमलाई हराएर मात्र पुग्दैन, इटली र रिपब्लिक अफ आयरल्याण्डमा भर पर्नु पर्नेछ । बराबरी खेलेको अवस्थामा भने इटली र रिपब्लिक अफ आयरल्याण्डको नजितामा भर पर्छ भने हारले बाहिरिनेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web