दोश्रो किड्स ट्राईयाथलन: रेहा र नासिरलाई स्वर्ण

काठमाडौं,असार ४ । द व्रिटिष स्कुलकी रेहा प्रधान र जोन डेवीका नासिर याहया हुसेन “दोश्रो किड्स ट्राईयाथलन च्याम्पियनसिपमा” शनिबार स्वर्ण प्राप्त गर्न सफल भएका छन् ।

स्विम, वाईक, रन भन्ने मुल नाराका साथ सातदोवाटोस्थित पौडी परिसरमा भएको च्याम्पियनसिपमा छात्रा तर्फ ५० मिटर पौडी, १६ सय मिटर साईक्लिङ्ग र ८०० मिटर दौड रेहाले ११.२७ मिनटमा पुरा गर्दै स्वर्ण प्राप्त गर्न सफल भएकी हुन् । १२.०३ मिनटका साथ जोन डेवीकी डुवाना लमाले रजत र १३.३० मिनटका साथ युलेन्सकी तुसिता शाक्यले कास्य पदक प्राप्त गरे ।

नेपाल ट्राईयाथलन संघको आयोजनामा भएको च्याम्पियनसिपमा छात्र तर्फ उक्त दूरी पुरा गर्न नासिरलाई १०.५१ मिनटको समय लागेको थियो । युलेनसका जेनिस महर्जन ११.०२ मिनटका साथ दोश्रो र एभिएमका ओसिश राई ११.०७ मिनटका साथ तेश्रो स्थानमा रहे ।

स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपमा ७० खेलाडीहरुको सहभागिता रहेको थियो । ओलम्पिक डेको अवसर पारेर आयोजना गरिएको च्याम्पियनसिपका विजयी खेलाडीहरुलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष माननिय आपूर्ति मन्त्री गणेशमान पुन र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पाले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

आइसल्याण्ड भर्सेस हंगेरी,दुवै टीम दोस्रो चरण प्रवेशको ढोका खोज्दै

एजेन्सी,असार ४ ।  युरो २०१६ अन्तर्गत आज बेलुका हुने दोस्रो खेलमा  आइसल्याण्ड र हंगेरी  खेल जित्दै दोस्रो चरण प्रवेश गर्ने दाउमा मैदान उत्रदैछन् ।  बेल्जियमसमूह चरणको पहिलो खेलमा पोर्चुगल जस्तो टीमलाई बराबरीमा रोकेको आइसल्याण्ड र अष्ट्रियालाई पराजित गरेको हंगेरी दोस्रो खेलमा पनि त्यही प्रदर्शनलाई दोहोर्‍याउने तयारीमा छन्। आइसल्याण्डले खेल जिते अन्तिम १६ मा प्रवेश गर्ने करिब पक्का हुनेछ भने हंगेरीले जिते एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउनेछ। यी दुईबीच अहिलेसम्म भएका १० खेलमा हंगेरी ७ मा विजयी भएको छ भने बाँकी ३ खेल आइसल्याण्डले जितेको छ। पछिल्लो पटक सन् २०११ मा बुढापेस्टमा भएको मैत्रीपूर्ण खेलमा हंगेरीले आइसल्याण्डलाई ४–० ले पराजित गरेको थियो।

‘मधेसी समुदायको माग सम्बोधन गर्न सम्भव छ’ अध्यक्ष प्रचण्ड

बिराटनगर, असार ४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मधेशी समुदायको मागलाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउनुभएको छ । प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बिहान बिराटनगर आइपुग्नु भएका अध्यक्ष प्रचण्डले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिनुभएको हो ।

“मधेसी समुदायको मागलाई सम्बोधन गर्न सम्भव छ । यो लगायत देशका सामु देखिएको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो” अध्यक्ष प्रचण्डले भन्नुभयो । राष्ट्रिय सहमतिका लागि सबै दलहरुबीच राष्ट्रिय एकताको खाँचोमा वहाँले जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले निर्वाचनका लागि समेत राष्ट्रिय एकताको आवश्यकता रहेकोमा जोड दिनुभयो । निर्वाचन गर्नुपर्छ भन्नेमा हामी सहमत छौं भन्नुहुँदै अध्यक्ष प्रचण्डले निर्वाचनको कार्यतालिकाबारे भने निर्णय नभएको बताउनुभयो । स्थानीय निकायका संरचना निर्धारण गर्न गठित आयोगले तयार पारेपछि राष्ट्रिय एकताका आधारमा अन्य निर्णय गर्नुपर्ने वहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशका सामु देखिएका जटिल समस्याहरु हल गर्न एउटासँग मिलेर अर्कोलाई पेल्ने सोचले समस्याको हल गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो ।

दोहोरियो दुखद घटना । एसएलसी नतिजामापछि आत्महत्या

४ असार, बैतडी ।
एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन्। उनले भने,‘सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ।’

मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन्।

बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए। उनले भने,‘विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित छ।’

सिम्बोल नम्बर ०७०२५२० की भण्डारीले डी प्लसमा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् ।
रासस

लोभले विलाप । सस्तोमा सुन किन्न खोज्दा ४० लाख गुम्यो

४ जेठ, काठमाडौं ।
सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो।

यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार भएका हुन्।

सोनीका साथी नवीवनलाई भने प्रहरीले पक्राउ गरेको छ। सोनी भागेपछि नवीनलाई सन्तोष र नीरजले बानेश्वरमा बन्धक बनाएका थिए।

एक व्यक्तिको अपहरण गरी बन्धक बनाइएको सूचनाका आधारमा प्रहरीले बिहीबार बानेश्वरको मागेश्वर मार्गस्थित राम उद्गार यादवको घरमा छापा मारेर चौधरीलाई उद्धार गरेको थियो।

अनुसन्धान गर्दा चौधरीका साथले ४० लाख लिएर भागेपछि उनलाई बन्धक बनाइएको खुलेको हो ।

जापानीले यसरी ठगे नेपालका भूकम्पपीडितलाई

४ असार, काठमाडौं ।
भूकम्पपीडितलाई जापान पठाइदिने सपना देखाएर गठी गर्ने एक जापानीसहित दुईजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले जापानी नागरिक जापान क्योटोका ५५ वर्षीय हिरोसी मोरिकवा र काठमाडौैं लाजिम्पाट बस्ने ५० वर्षीय बज्र गुरुङलाई पक्राउ गरेको हो।

जापानी नागरिक मोरिकवा नेपालमा भूकम्पप्रतिरोधी घर बनाउन सक्रिय थिए ।

तर, सहयोगको आवरणमा उनी गठीधन्दामा सक्रिय रहेको प्रहरीले जनाएको छ। पासोना नामको कम्पनीको नाममा उनीहरुले जापान पठाइदिने भन्दै पैसा लिएका थिए।

प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने भन्दै उनीहरुले भूकम्पपीडितहरुसँग पैसा असुलेको महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए।

प्रतिमहिना तीनदेखि चार लाख रुपैयाँ कमाइ हसने भन्दै गोरखा घर भएका जनकराज ढकालसमेत १२ जनाबाट उनीहरुले ११ लाख ३० हजार रुपैयाँ लिएको खुल्न आएको छ ।

एड्भान्स भन्दै उनीहरुले सो पैसा लिएको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।

लापरवाहीले मान्छेमारे चालकलाई जन्मकैद सजाय

४ असार, काठमाडौं ।

संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन्। कान्तिपुर दैनिकमा समाचार छन्।

संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही ुनेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेजु गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले जन्मकैदको सजाय पाउने उल्लेख छ।

प्रचलित कानुन अनुसार जन्मकैद भन्नाले २० वर्ष जेल सजाय बुझिन्छ। विधेयकमा सजाय परिमार्जन गर्नुपर्नाको कारणमा अपराध संहिता अनुरुपको सजायको व्यवस्था गर्न आवश्यक भएको उल्लेख छ।

पदको विवादमा एमाले कर्मचारीबीच कुटाकुट

४ असार, काठमाडौं ।
आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्ने विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष पुण्य ढकालमाथि हातपात गरेपछि बैठक स्थगित गरिएको थियो।

एक साताअघि सम्पन्न आधिकारिक ट्रृेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन पहिलो हुँदै अत्यधिक स्थानमा विजयी भएको थियो। आधिकारिक ट्रेड युनियनमा जान गुटगत र धेरै आकंक्षी देखिएका कारण बैठकमा कुटाकुट भएको संगठनका एक नेताले बताए।

एमाले निकट संगठनले आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ११ पैतिनिधि पाएको छ। अध्यक्षमा को जाने भन्ने गुटबन्दीका कारण एमाले कर्मचारी संगठनमा विवाद उत्पन्न भएका थियो।

अध्यक्षका लागि पुण्य ढकाल, गणेश बस्याल, लक्ष्मण खड्का र भोला पोखरेलले दाबी गरेपनि ढकाल र पोखरेल नै अग्रस्थानमा देखिएका छन्। ढकाल एमाले अध्यक्ष ओली निकटछ छन् भने पोखरेल बरिष्ठ नेता माधव नेवाल पक्षधर हुन्। गुटगत राजनीतिक हाबी भएपछि कुटाकुटको स्थिति आएको हो ।

हात्ती २८ वर्षपछि काजबाट फिर्ता

४ असार, इटहरी ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि पुरानै घर फिर्ता आएका छन् ।

आरक्षले भदौमा हात्ती फर्काउन वन्यजन्तु विभागलाई पत्र पठाएको थियो। कान्तिपुर दैनिकमा समाचार छ।

चितवनबाट दुईटा ट्रकमा हालेर २४ घण्टाको लामो यात्रापछि दुवै हात्ती कोसी पुगेका हुन्। आरक्षमा शोभाकली, अम्बिकाकली र लक्ष्मीकलीसँगै अब चितवनबाट थपिएका सहित ५ हात्तीको बास हुने भएको छ।

अरु तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन्। चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती शात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ।

आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने संरक्षण अधिकृत श्यामकुमार साहले वताए ।

पेनाल्टी सुट आउटमा पेरुलाई पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा

एजेन्सी,असार ४ ।  कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शनिवार बिहान भएको खेलमा पेनाल्टी सुट आउटमा पेरुलाई ४–२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनल प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा पेरुका दुई खेलाडी गोल गर्न चुकेपछि कोलम्बियाले खेल ४–२ ले जित्यो।   पेनाल्टी सुटआउटमा पेरुका मिगुएल एन्जेलको प्रहार कोलम्बियाका गोल रक्षकले उत्कष्ट बचाउ गरे भने क्रिष्टियन अल्बेर्टोको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो।  फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको बिजेतासँग खेल्नेछ।

प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा थरीथरीका मन्त्री

काठमाडौं,असार ४ । संविधानअनुसार शपथग्रहण गरेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सत्तारुढ दल राप्रपा नेपाल सोही संविधानको भावनाविपरीतका गतिविधिमा क्रियाशील छ।

सत्तारुढ राप्रपा नेपालले संविधानको धारा ४ र २६ को प्रतिकूल हुने गरी हिन्दूराष्ट्र निर्माण अभियान चलाएको छ । धारा ४ मा धर्मनिरपेक्षताबारे उल्लेख छ। धारा २६ मा भनिएको छ, ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ।’

नयाँ पत्रिका दैनिकमा समाचार छ।

गणतन्त्रका उपप्रधानमन्त्रीमा राजतन्त्रको धङधङी

उपप्रधानमन्त्री कमल थापाले राजतन्त्रको वकालत गर्दै आएका छन् । उनले पूर्वमुमाबडामहारानी रत्ना शाह बिहीबार अस्पताल भर्ना भएपछि ‘श्री ५’ कै सम्बोधनमा ट्विट गरेर स्वास्थ्य लाभको कामना गरे। उनको ट्विटमा भनिएको छ, ‘श्री ५ मुमाबडामहारानी रत्नाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

संविधानमा व्यवस्था भएको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा राप्रपा नेपालले देशव्यापी अभियान थालेको छ । राप्रपा नेपालले हिन्दूधर्म र राजतन्त्रको पक्षमा जनमत बनाउने अभियान चलाएको हो। फागुनदेखि सुरु भएको अभियान आगामी कात्तिकसम्म चल्ने सो पार्टीले जनाएको छ।

अर्का उपप्रधानमन्त्री संघीयता खारेज गर्नुपर्ने आन्दोलनमा छन्

उपप्रधानमन्त्री तथा गरिबी निवारण एवं सहकारीमन्त्री चित्रबहादुर केसी संघीयताको विरोधमा छन्। उनी नेतृत्वको राष्ट्रिय जनमोर्चाले २ देखि १९ असारसम्म संघीयताको खारेजी, नागरिकता ऐन खारेजीलगायतका माग राखेर गाउँस्तरमा सभा तथा भित्तेलेखन गर्दै छ। २० असारदेखि मसान्तसम्म जिल्लास्तरीय सभा, २ साउनदेखि मसान्तसम्म देशका प्रमुख सहर र सदरमुकाममा अन्तक्रिया गर्ने जनमोर्चाको कार्यक्रम छ।

दल नभएका पनि मन्त्री

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल निर्वाचन आयोगले खारेज गरिसकेको छ । २३ फागुन ०७२ मा निर्वाचन आयोगले सो दल खारेज गरेको हो। दलविहीन भए पनि सिंह मन्त्री नै छन् । दल खारेज भएपछि मन्त्री र सांसद रहिरहनु संविधानविपरीत हुन्छ।

मनपरी गर्ने अनलाइन जुनसुकै बेला पनि बन्द हुनसक्ने

काठमाडौं,असार ४ । पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल फेडरेशन अफ जर्नालिस्ट (आइएफजे) ले नयाँ निर्देशिकामार्फत् नेपाल सरकारले अनलाइन मिडियामाथि अंकुश लगाएर प्रेस स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै चासो देखाएको छ । आइएफजेले उक्त निर्देशिका तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । सरकारद्वारा तिनदिन अघि ल्याइएको उक्त निर्देशिकामा मनपरी गर्ने अनलाइनलाई सूचना विभागले जुनसुकै बेला बन्द गर्ने सम्मको प्रावधान राखिएको छ ।

‘सरकारले आफूअनुकुल समाचार अनलाइन बन्द गर्नसक्ने भन्ने प्रावधान प्रेस स्वतन्त्रता र अनलाइनको स्वतन्त्रसँग सम्बन्धितस्थापित मान्यता विपरीत छ’ आइएफजेले भनेको छ । आइएफजेले अनलाइन सरोकारवालाहरुसँग छलफल गर्न समेत सरकारलाई भनेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web